मकवानपुर । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकाे साना तथा साना तथा मझौला उद्योग तथा हस्ताकला विषयगत समितिको विज्ञमा हेटाैडाका अर्जुन चौलागाई मनाेनयन भएका छन् ।
नेपाली कांग्रेसको विधान, २०७ (संशोधन सहित) को ३६ (१) (ङ) अनुसार नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा भद्रा भण्डारी संयोजक रहनु भएको उक्त समितिको विज्ञका रुपमा चौलागाईलाई नियुक्त गरिएकाे हाे ।
२०७७ फागुन १ गतेकाे नियुक्ती पत्रमा भनिएकाे छ ‘प्रतिष्ठान प्रमुख, कार्यकारी निर्देशक, नीति निर्देशक तथा विषय संयोजकको समन्वयमा रही सम्बन्धित विषयमा पार्टीको नीति निर्माणमा सहयोग पु–याउनु हुनेछ भन्ने विश्वासका साथ नियुक्त हुनु भएकोमा बधाई छ ।’
शिक्षण पेशाबाट निवृत्त चाैलागाई हाल हेटाैडा उपमहानगरपालिका वडा नम्बर ६ काे निर्वाचित वडा अध्यक्ष हुन् । उनले नेपाली काँग्रेस सम्बन्ध अन्य सघ संस्थामा समेत रही यस अघी कार्य गरिसकेका छन् ।


