राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छिन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभाको बैठक असार १७ गते अपराह्न ४ बजेका लागि बोलाइएको छ।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदकाे सिफारिसमा संविधानको धारा ९३ को उपधारा १ बमोजिम राष्ट्रियभाको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय १८ जना कोरोना संक्रमित निको भएका छन् । उनीहरु देशभरका विभिन्न अस्पताल, अाइसाेलेसन र हाेम अाइसाेलेसनबाट निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
यस्तै, गत २४ घण्टामा २ हजार ४ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २ सय ३५ जनाको पीसीआर परीक्षणबाट १ हजार ५ सय ७७ र ४ हजार ९ सय ९७ जनाको एन्टिजेन परीक्षणमा ८ सय ९७ जना गरी २ हजार ४ सय ७४ जना कोरोना संक्रमित थपिएका हुन्।
यसैगरी पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मकवानपुर । मकवानपुरको पूर्वी क्षेत्रमा रहकाे बकैया गाउँपालिकाले आगामी आथिक वर्ष २०७८/७९ को लागि ६२ करोड ८३ लाख ७८ हजार ७ सय १८ रुपैयाँको बजेट ल्याएको छ ।
विहीवार गाउँपालिकाको सातौ गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले नीति,कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष २०७८/७९ को लागि ६२ करोड ८३ लाख ७८ हजार ७ सय १८ रुपैयाँ ९६ पैसा को बजेट प्रस्तुत गरेकी हुन् ।
उपाध्यक्ष बोलखेका अनुसार नेपाल सरकारबाट प्राप्त समानीकरण अनुदान तथा राजश्व बाँडफाँड,बागमती प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान तथा राजश्व बाँडफाँड, आन्तरिक आय र चालु आवको मौज्दात समेत जम्मा ३३ करोड ७७ लाख ९९ हजार ७ सय १८ रुपैँया ९६ पैसा रकम विनियाेजन विनियोजन गरिएको छ ।
यसैगरि उपाध्यक्ष बोलखे अनुसार गाउँपालिकाको लागि नेपाल सरकारबाट शशर्त अनुदान तर्फ रु २७ करोड ३८ लाख तथा बागमती प्रदेश सरकारबाट शशर्त अनुदान तर्फ रु १ करोड ६७ लाख ७९ हजार रकम गरी जम्मा रु २९ करोड ५ लाख ७९ हजार रकम प्राप्त भएको छ । यसैगरि बागमती प्रदेश सरकारबाट बाट समपुरक अनुदान रु२ करोड ९७ लाख ६४ हजार रकमलाई प्रदेश सरकारसँगको सहकार्यमा योजनाहरु सञ्चालन गरिने उपाध्यक्ष बोलखेले बताईन् ।
मकवानपुर । मकवानपुरकाे उत्तरी क्षेत्रमा रहेकाे थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि ९५ करोड ६४ लाख ३२ हजार रुपैयाको बजेट नवाैं नगरसभा मार्फत सार्वजनिक गरेकाे छ ।
नवौ नगरसभामा उपप्रमुख खड्ग बहादुर गोपालीले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट प्रस्तुत गरेका हुन् । नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि अन्तरिक स्रोत तर्फ ११ करा ८८ लाख ४९ हजार, राजश्व बाडँफाँड तर्फ १६ करोड ५३ लाख ४९ हजारको बजेट पेश गरेको हो ।
त्यस्तै संघीय सरकारबाट अनुदान ५७ करोड ५५ लाख, प्रदेश सरकारबाट अनुदान ९ करोड ६७ लाख ३४ हजार गरि जम्मा ९५ करोड ६४ लाख ३२ हजारको बजेट बाँडफाँड गरिएको उपप्रमुख गोपालीले जानकारी दिए ।
जसमध्ये चालु खर्चतर्फ रु ८ करोड ५७ लाख ४५ हजार र पुँजीगत तर्फ ४२ करोड ७५ लाख ८१ हजार, सशर्ततर्फ ३२ करोड ३१ लाख ६ हजार, सामाजिक सरुक्षा तर्फ १२ करोड गरी जम्मा ९५ करोड ६४ लाख ३२ हजार खर्च पेश भएको हो ।
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि ६२ करोड ९२ लाख १७ हजार ५ सय रुपैयाको बजेट ल्याएको छ । गाउँपालिकाकाे सातौं गाउँसभामा उपाध्यक्ष हर्कमाया रुम्बाको आदेशमा गाउँसभा सदस्य टिका प्रसाद दाहालले आर्थिक वर्ष २०७८/ ७९ को लागि नीति तथा कार्यक्रम प्रस्तुत कार्यान्वयनका लागि बजेट प्रस्तुत गरेका हुन ।
गाउँपालिकालाइ आर्थिक वर्ष २०७८/०७९ को लागि संघीय सरकार र प्रदेश सरकारको गरी वित्तिय समानिकरण अनुदान ११ करोड ३८ लाख ६७ हजार प्राप्त हुने प्रस्तुत बजेटमा उल्लेख गरिएकाे छ । त्यस्तै संघीय सरकार राजश्व बाँडफाँडका विभिन्न शीर्षकबाट १७ करोड ५५ लाख ५० हजार ५ सय प्राप्त हुने अनुमान गरिएको छ । अन्तरिक स्रोत तर्फ ८८ लाख रकम प्राप्त हुने अनुमान गरिएको दाहालले बताए । संघीय सरकारको सर्शत अनुदानका विभिन्न शीर्षकमा गरी २२ करोड ४७ लाख र संघीय र प्रदेशको समपुरक बजेट ३ करोड९३ लाख रहेको जानकारी दिए । संघीय सरकारले विशेष अनुदानको रुपमा ६ करोड ७० लाख प्राप्त हुने अनुमान गरिएको दाहालले बताए ।