मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ३२ जना कोरोना संक्रमित निको भएका छन्। उनीहरु देशभरका विभिन्न अस्पताल तथा आइसाेलेसन सेन्टरबाट निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
यस्तै, गत २४ घण्टाकाे समयमा २ हजार १ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ५ सय ३० जनाको पीसीआर परीक्षणबाट १ हजार ३ सय ५३ र ३ हजार ८ सय ८७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८ सय १६ जना गरी जम्मा २ हजार १ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो।
देशभरा पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मकवानपुर जिल्लामा थप ६८ जना काेराेना संक्रमित निकाे
मकवानपुर जिल्लामा पछिल्लो २४ घण्टामा थप ६८ जना कोरोना संक्रमण निकाे भएका छन् । यो संगै जिल्लामा हालसम्म कोरोना जित्नेको संख्या १० हजार ८ सय १६ पुगेको कार्यलयले जनाएको छ । जिल्लामा हालसम्म कोरोनाबाट १ सय ३२ जनाको मृत्यु भएको छ ।
पछिल्ल्लो २४ घण्टामा १ सय १ जनामा गरिएको पीसीआर परीक्षणबाट २० जना र ३ सय ३८ जनामा गरिएको एन्टीजेन परीक्षणबाट १६ जना गरी थप ३६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यसैगरी पछिल्ल्लो २४ घण्टामा १ सय १ जनामा गरिएको पीसीआर परीक्षणबाट २० जना र ३ सय ३८ जनामा गरिएको एन्टीजेन परीक्षणबाट १६ जना गरी थप ३६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ६ सय ७८ जना रहेका छन् । जसमा ६ सय १७ जना संक्रमित घरमा र ६१ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।
मकवानपुर । मकवानपुर प्रहरीले ११ बर्षपछि वन पैदावार ओसारपसार मुद्दाका फरार प्रतिवादी प्रकाउ गरेको छ ।
मकवानपुर जिल्ला अदालतको २०६७ साल मसिंर १३ गतेको फैसलाले वन पैदावार ओसारपसार मुद्दामा १ वर्ष कैद र ३४ हजार ४ सय १९ जरिवाना तोकिएका मकवानपुर साविक चुरियामाई गा.वि.स. ९ हाल हेटौडा उपमहानगरपालिका १५ का ३९ बर्षिय घिसिङ कान्छा भन्ने सानु कान्छा घिसिङलाई शुक्रबार हेटौंडा १५ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
घिसिङलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईए कैद भुक्तानको लागि कारागार कार्यालय भिमफेदी पठाइएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएकाे छ ।
- राजु क्षत्री अपुरो
मेसिनमा बसेर आफ्नै धूनमा सिलाउँदै थिएँ, विदेशि सहकर्मि मित्र म बसेको बेन्चमा आएर बस्यो। उसको मेसिनमा काम रहेनछ भन्ने बुझ्न मलाई कुनै कठिनाइ भएन ।ऊ हामी भन्दा पुरानो थियो । मोबाईल नहुनेहरूका लागि कल गर्ने सुबिधा दिएपनि ऊ चर्को रकम असुली गर्थ्यो। त्यसको शिकार मपनि थिएँ ।
” यार बन्धु , तिमी यति धेरै लाटो छौ कि कोहीपनि मान्छेले सजिलै उल्लू बनाइदिन सक्छ। मेरो स्वभावसँग परिचित ऊ अन्य दिनको वार्तालापभन्दा आज छुट्टै विषयबस्तु कोट्यायो उसले ।अप्ठ्यारो पर्दा मैले सापट दिएका साथीहरूले पैसा फिर्ता नगरेका, कोही भागेका देखेर उसले यसो भनेको हुनुपर्छ भन्ने अनुमान लगाउँदै सहि थाप्दै भनेँ – “हो बन्धु , म सिधा हुनुको फाइदा धेरैले लिएका छन् ।”उसले भन्यो – ” , यी मलाई हेर त , आजसम्म उल्लू बनाउने कोही माइकालाल पैदा भएको छैन ,न हुनेछ” उसले आफु चतुर भएको कुरामा अहंतामा देखायो ।
“बन्धु , तपाईं यस्तो ह्यान्डसम हुनुहुन्छ तर टाउकोमा आधा कपाल खुइलिएकोले दश वर्ष बूढो देखिनुहुन्छ। हामीसँगै काम गर्ने विदेशी केटीहरू तपाइँलाई बूढो भनेर जिस्काउँछन ,हो कि होइन ?”- खाली समयमा मैले बुझे अनुसारको कुरा दर्शाएँ । “हो बन्धु ,मलाई देखेर प्राय : केटीहरू तर्केको मैले महशुस नगरेको होइन । , केही उपाय नै छैन अनि ?”- निराश भावमा बोल्यो ऊ ।
“बन्धु हाम्रो नेपालमा तिब्बतबाट आयुर्वेदिक औषधि आउँछ । मेरो सालाकोपनि तपाईंको जस्तै थियो । उसले नियमित दवाई खाँदै तेल लगाउदै गरेको , अहिले तालुमा धेरै कपाल पलाएर आएको छ। फोन गरेर बुझिदिउँ त ? “मैले आशा देखाएँ ।”ओहो बन्धु, यदि यस्तो होभने म आधा तलव नै खर्चिन तयार छु ! ला मोबाईल , फोन गरेर बुझ त,” भन्दै मोबाईल हस्तान्तरण गर्यो ।
“के भयो बन्धु त्यो औषधिको ? तिब्बतबाट मगायो त तिम्रो सालाले ?, हप्ता दश दिनको समय तोकिएको हुनाले पुन: स्मरण गरायो उसले ,”खोइ मोबाईल देऊ त म बुझ्छु “भन्दै मोबाईल मागेँ । अलि पर पुगेर केहीबेर कुरा गरिसकेपछि भनेँ – “बन्धु तपाईंको काम हुन सकेनछ । त्यो सामान ओसार्ने मान्छेलाई प्रहरीले समातेछ नि! “उसको अनुहार एकाएक मलिनो भयो ।मैले यसपालापनि पैसा नभएको मौका छोपेर आफ्नी श्रीमतीसँग लामै कुराकानी गरेँ ।
मकवानपुर । बागमती प्रदेशसभाको शनिबार दिउँसाे बस्ने गरी ताेकिएकाे बैठक विशेष कारण जनाउँदै स्थगित गरिएकाे छ । आज शनिबार अपराह्न ३ बजेका लागि तय भएको बैठक स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएकाे छ । भोलि असार २७ गते बिहान ११ः३० बजे पुनः बैठक आह्वान गरिएको छ ।
प्रदेशसभा सचिवालयमा शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसी शनिबारकाे लागि बैठक संचालन गर्ने सहमति भएको भएपनि प्रतिपक्षी दलहरुसंग सरकारको सहमति नभएको कारण बैठक सार्नु परेको बताइएकाे छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ काे लागि प्रस्तुत गरेको विनियोजित बजेटमाथि छलफलकाे क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र विवेकशील साझा दलका नेताहरुले समष्टिगत रुपमा विभिन्न योजना तथा बजेटको बाँडफाँडमा पक्षपात गरिएको भन्दै असार २१ गते देखि संसद् अवरुद्ध गर्दै आएका छन् ।
यसैगरी विधेयकमाथिको छलफलको क्रममा बागमती प्रदेश सरकारले ल्याएको गौरबको योजनामा रहेको भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्न नहुने,विद्युतीय बस सञ्चालन गर्न नहुने तथा प्रदेश सरकार आफैले सञ्चारगृह स्थापना गर्न नहुने सहितका माग राख्दै प्रमुख प्रतिपक्ष दल लगायतले बैठक अबरुद्ध गरेका थिए ।
