मकवानपुर । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर आइतबार बाँडफाँट भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर आइतबार साँझ बाडफाँट गरेकाे हो ।
लघुवित्तको आईपीओमा कुल २७ लाख ९ हजार ८ सय ५५ जना आवेदकबाट ३ अर्ब ३१ करोड ४७ लाख १५ हजार रुपैयाँ बराबरको ३ करोड ३१ लाख ४७ हजार १५० कित्ता शेयरको लागि आवेदन परेको थियो । त्यस मध्ये १ लाख २२ हजार ४४३ जनाको आवेदन रद्द भएका छन् ।
माग भन्दा बढी आवेदन परेकोले धितो निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार योग्य आवेदक मध्ये ४८ हजार ७९० जना भाग्यमानीले मात्रै १० कित्ताका दरले शेयर पाएका छन् ।
लघुवित्तले माघ २१ गते देखि ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । त्यसमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । बाँकी ४ लाख ८७ हजार ९०० कित्ता शेयरमा मात्रै सर्वसाधारणको लागि बाँडफाँड भएको हो ।
हाल लघुवित्तको चुक्ता पूँजी १० करोड ७८ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १६ करोड पुग्नेछ ।
मकवानपुर । नेपाल खेलकुद महासंघ जिल्ला कमिटी मकवानपुरकाे वार्षिक कार्यक्रम तालिका सार्वजनिक भएकाे छ । शनिबार हेटौैंडामा पत्रकार सम्मलेन गरेर महासंघ मकवानपुरका संयोजक सविन लामाले वार्षिक कार्यक्रम तालिका सार्वजनिक गरेका हुन् ।
कार्यक्रम अन्तरगत आगामी फागुन २४ गते नारी दिवसको अवसरमा ५ किलोमिटर महिला दौड प्रतियोगिता गर्ने लामाले जानकारी दिए । महासंघले आगामी चैत १० देखि १२ गतेसम्म राष्ट्रिय बुद्धिचाल प्रतियोगिता, चैत्र १७ गतेदेखि १९ गतेसम्म ७ ‘ए’ साइड फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । चैत्र २४ देखि २६ गतेसम्म अन्तरपालिका स्तरीय भलिवल प्रतियोगिता, चैत्र २९ गते प्लेयर अफ दि इएर घोषणा र पत्रकारलाई सम्मान कार्यक्रम रहेको छ ।
तालिका अनुसार २०७९ साल बैशाख ९ र १० गते जिल्ला स्तरीय तेकवान्दो प्रतियोगिता, सोहि महिनामा राष्ट्रिय शिनक्युकेसिन प्रतियोगिता, जेठ १४ गते ५ किलोमिटर खुल्ला दौड, असार ४ गते साईक्लिङ प्रतियोगिता, श्रावण १२ देखि १४ गते जिल्ला स्तारीय बुद्धिचाल प्रतियोगिता, भदौ महिनामा प्रदेश स्तरीय जुडो प्रतियोगिता, मंसिर १४ गते स्थापना दिवसको कार्यक्रम, पुस महिनामा खुल्ला भलिवल प्रतियोगिता, माघ ८ गते स्वर्गीय विरेन्द्र राई स्मृति मावि स्तारीय हिज्जे प्रतियोगिता कार्यक्र हुने भएको छ ।
कार्यक्रममा नेपाल खेलकुद महासंंघका केन्द्रीय समितिका निवर्तमान उपमहासचिव धरम लामा, निवर्तमान केन्द्रीय सचिव दीपक न्यौपाने, बागमती प्रदेश कमिटीका सचिव जनरल श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । नेकपा माओवादी केन्द्र थाहा नगरपालिका अध्यक्षमा विनोद लामा थिङ निर्वाचित भएका छन् । शनिवार सम्पन्न निर्वाचनमा अर्का उम्मेदवार अरुण रायमाझीलाई पराजित गर्दै थिङ निर्वाचित भएका हुन् ।
थिङले ३१ मत पाउँदा रायमाझीले २८ मत प्राप्त गरेका थिए । ५९ मतदातामा सबैले मतदान गरेका थिए । कार्यसमितिकै सदस्यहरुले मतदान गर्ने गरी शनिवार अध्यक्ष पदको लागि निर्वाचन भएको हो ।
नेकपा विभाजनपछि भएको प्रथम सम्मेलन अन्तरगत माओवादी केन्द्रले थाहा नगरपालिकामा गएको मंसिर ११ गते ५९ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको थियो । अब अन्य पदाधिकारीको छनौट बैठकले गर्ने सहमति भएको छ ।
मकवानपुर । चारदेशीय ट्वान्टी–२० शृंखला अन्तर्गत पहिलो खेलमा नेपालले ओमनलाई ६ विकेटले पराजित गरी शृंखलामा विजयी सुरुवात गरेको छ ।
ओमानको राजधानी मस्कटमा शुक्रबारबाट सुरु प्रतियोगितामा नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको घरेलु टोली ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रनकाे स्कोर बनाएकाे थियाे । जवाफी व्याटिङ गरेको नेपालले २० ओभरमा उक्त लक्ष्य भेटाएकाे हाे ।
ओमानका कप्तान जीसान मक्सूदले सर्वाधिक ४३ रन बनाए । उनले ४१ बलमा ४ चौका र एक छक्काकाे स्काेर बनाएका छन् । यस्तै मोहम्मद नदीमले ३१ रन जोड्दा जतिन्दर सिंहले १३ रनको योगदान गरे ।
यसअघि ओमानको अल अमेरात मैदानमा टस जितेर फिल्डिङ गरेको नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका अविनाशले २६ रन खर्चिएका थिए । यस्तै कमल सिंह ऐरी, आरिफ शेख र कप्तान सन्दीप लामिछानेले समान एक विकेट लिए ।
ओमानविरुद्ध नेपालका सागर ढकाल, विवेक यादवले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् । जीतसँगै नेपाल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले आफ्नो दोस्रो खेलमा शनिबार संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्नेछ । यस्तै नेपालले सोमबार आयरल्यान्डसँग खेल्नेछ ।
नेपालले ओमानसँग टी-२० मा पछिल्लोपटक सन् २०१९ मा खेलेको थियो । उक्त खेलमा ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको थियो ।
आइसिसी पुरुष टी-२० विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ‘ए’ खेल्नुअघि नेपालले चारदेशीय सिरिज खेल्न लागेको हो । ग्लोबल छनोट ‘ए’ मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।
ती आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । त्यसमा समूह एकमा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान छन् भने समूह दुईमा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।
मकवानपुर । नेपाली कांग्रेस मकवानपुर सहित १६ जिल्लाकाे अधिवेशन आउँदाे फागुन १३ गते हुने भएकाे छ । कांग्रेसले अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ ।
यसअघि माघ १५ गतेका लागि तोकेर स्थगित भएका १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने कांग्रेसको केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले निर्णय गरेको हो ।
कांग्रेसको मकवानपुर सहित सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछामकाे जिल्ला अधिवेशन हुन बाँकी छ ।