काभ्रेको नमोबुद्ध नगरपालिका- १ मा स्वतन्त्र तर्फका अध्यक्ष उम्मेदवार निर्वाचित भएका छन्। १ नम्बर वडाकाे मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार प्रेम लामाले वडा अध्यक्ष जितेका छन्।
नेपाल विद्यार्थी संघ काभ्रेका पुर्व सभापति एवं नमोबुद्ध नगरपालिका- १ को वडा सभापतिसमेत रहेका लामाले नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । स्वतन्त्र उम्मेदवार लामाले ५ सय ५६ मत ल्याएर निर्वाचन जितेका छन्। नेकपा एमालेका उम्मेदवारले ४ सय ४७ मत पाएका छन् भने नेपाली कांग्रेस पार्टीका उम्मेदवारले २ सय ८ मत पाएका छन। वडामा टिम नै स्वतन्त्र उठाएका लामाले दलित महिला र एक पुरुष सदस्य समेत स्वतन्त्रबाट निर्वाचित भएका हुन्। वडा नं १ मा महिला सदस्य र एक पुरुष सदस्य नेकपा एमाले पार्टीका उम्मेदवारले जितेका छन्।
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकामा बिहान ५:४५ बजेसम्मको नतिजा अनुसार एमालेले अग्रता लिएको छ ।
हालसम्म कुल ५००२ मत गणना गर्दा हेटौंडामा एमालेको मेयरका उम्मेदवार अनन्त पौडेलले १४ मतले अग्रता लिएका छन् भने गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार मिना लामाले पौडेललाई पछ्याईरहेकी छिन् । हेटौंडाको मेयरमा एमालेले १५१५ गठबन्धनले १५०१ प्राप्त गरेको छ । राप्रपाका उम्मेदवार दिपकबहादुर सिहले १३८४ प्राप्त गरेका छन् ।
उपमेयरतर्फ भने गठबन्धनको अग्रता कायमै छ । गठबन्धनबाट उम्मेदवार राजेश बानियाँले २२२७ मत पाउँदा एमालेको उपमेयरको उम्मेदवार सुमित्रा काफ्लेले १८०६ मत पाएकी छिन ।
उपमेयरमा राप्रपाले इन्दिरा डल्लाकोटिले ४२१ मत पाएकी छिन् ।
मकवानपुरको कैलाश गाउँपालिकाको वडा नंबर १० मा नेकपा एमालेले वडाध्यक्ष सहित प्यानलमानै जित दर्ता गरेको छ ।
एमालेको तर्फबाट वडाध्यक्षका उम्मेद्वार सुर्यबहादुर ब्लोनले ४३३ मत प्राप्त गर्दा उनका निकट्तम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका जनक लोप्चन ले ४०१ मत प्राप्त गरे । कांग्रेसका उम्मेद्वार सूर्यबहादुर गोलेले भने ३५५ मत प्राप्त गरे । यो सहित एमालेले मकवानपुरमा ४ वटा वडामा जितेको छ ।
मकवानपुरका १०२ वडा मध्ये १४ वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमा पहिलोमाओवादी केन्द्र दोस्रोमा नेपाली कांग्रेस र एमाले तेस्रो स्थानमा रहेका छन् ।
नेपाली काँग्रेस ५, नेकपा माओवादी केन्द्रले ६ र एमालेले ३ वडामा जित हासिल गरेको छ ।
जसमा थाहा नगरपालिका १ मा माओवादी केन्द्रका हेरमान गोपाली, थाहा–२ मा बमबहादुर सिंतान, मनहरी–२ मा राजकुमार पाख्रीन, बकैया–१ मा आशिष तितुङ र भिमफेदी–३ मा प्रीतिलाल तितुङ नेकपा माओवादी केन्द्रको तर्फबाट विजयी हुनु भएको छ । यस्तै बकैया – २ मा पनि माओवादीका उम्मेद्वार विश्वराज स्याङ्गतान वडा अध्यक्षमा विजयी भएका छन ।
मकवानपुरगढी–८ मा कांग्रेसका कुमार घिसिङ, मनहरी–१ मा शिव प्रसाद खनाल, कैलाश–१ मा तेज बहादुर ब्लोन, इन्द्रसरोवर–१, मा सुवास थापा र इन्द्रसरोवर–२, सुमन श्रेष्ठले नेपाली काँग्रेस तर्फबाट जित हासिल भएका छन् ।
यता कैलाश–१० मा एमालेका सुर्य बहादुर ब्लोन र भिमफेदी–२ मा कासिराम बज्यु नेकपा एमालेको तर्फबाट विजयी भएका छन् । भिमफेदी गाउँपालिका ४ एमालेका सागर पाण्डे बिजयी भएका छन्
बकैया गाउँपालिका वडा नम्वर १ को अध्यक्षमा माओवादी केन्द्रका आशिष लामा बिजयी भएका छन् । उनी २ सय ७० मतान्तरसहित विजयी भएका हुन् ।
लामाले ७ सय १६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवारले ४ सय ४६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवारले ३ सय ८ मत प्राप्त गरेका छन् । बकैया-१ मा उनीसहित माओवादीको प्यानल नै विजयी भएको छ ।
