मकवानपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत मकवानपुर क्षेत्र नम्बर–२ मा महेश बर्तौलाले आफ्नो अग्रता कायमै राखेका छन् ।
यसक्षत्रको २० हजार ४३४ मत गणना हुँदा महेश बर्तौलाको अग्रता कायमै राखेका हुन् । सत्ता गठवन्धनका उम्मेदवार बिरोध खतिवडाले उनलाई पछ्याउँदै छन् ।
एमालेका बर्तौलाले ८ हजार १२१ मत प्राप्त गर्दा एकिृत समाजवादीका उम्मेदवार बिरोध खतिवडाले ७ हजार ८६५ मत प्राप्त गरेका छन् ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले २ हजार ५ सय ५९ मत प्राप्त गरेका छन् ।
यो क्षेत्रमा जम्मा मतदाता १ लाख ५० हजार ५७८ रहेकोमा ८६ हजार ६५२ अर्थात् ५८ प्रतिशत मत खसेको मतको थियो । यो क्षेत्रमा अब ६८ हजार ३६७ अर्थात् ७९ प्रतिशत मत गन्न बाँकी छ ।
मकवानपुर । कतारमा जारी फिफा विश्वकप २०२२ मा अर्जेन्टिना साउदी अरबसँग पराजित भएको छ । मंगलबार समूह ‘सी’ को पहिलो खेलमा उपाधि दावेदार अर्जेन्टिना साउदी अरबसँग २–१ गोलको नतिजामा पराजित भएको हो ।
लुसाइल रंगाशालामा सम्पन्न खेलमा साउदीलाई जित दिलाउन सालेश एन्हेरी र सालिम अल्लावासरीले गोल गरे । अर्जेन्टिनाका लागि मेसीले सान्त्वना गोल गरे । कप्तान लियोना मेसीले खेलको १०औं मिनेटमा गोल गरर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४८औं मिनेटमा साउदीका फरवार्ड सालेश एन्हेरीले साउदीका लागि बराबरी गोल फर्काएका थिए । मिडफिल्डर सालिम अल्लावासरीले खेलको ५३औं मिनेटमा गोल गर्दै साउदीलाई अर्जेज्टिनाविरुद्ध २–१ को अग्रता दिलाए । अलुलावारीले गरेको गोल साउदीको जितका लागि पर्याप्त बन्यो ।
दोस्रो हाफमा अर्जेज्टिनाले गोल गर्ने केहि अवसर सृजना गरेपनि साउदीका किपरले त्यसलाई विफल पारे । जितसँगै साउदीले समूह ‘सी’ मा तीन अंक जोडेको छ । समूह ‘सी’को आजै हुने दोस्रो खेलमा मेक्सिको र पोल्यान्ड राती पौने १० बजे प्रतिस्पर्धा गर्नेछन् ।
काठमाडौं–४ बाट नेपाली काँग्रेसका गगन थापा विजयी भएका छन् । थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराएका हुन् । भट्टराईलाई थापाले ७,४५७ मतान्तरले पराजित गरे । थापाले २१ हजार ३०१ मत पाए भने नेकपा एमालेका उम्मेदवार १३ हजार ८५५ मात्र मत ल्याए । तर औपचारिक घोषणा हुन भने बाँकी छ ।
नेपाली कांग्रेसका महामन्त्री थापाले काठमाण्डाै ४ मा ह्याट्रिक जित हात पारेका हुन् । २०६४ मा थापा समानुपातिक सांसद थिए । २०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए ।
२०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी निकटतम् प्रतिष्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र मिश्रलाई १२५ मतले पराजित गर्दै विजयी भएका हुन्।
सिंहले ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत पाए । यसअघि २०७४को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जितेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४ मत पाएका छन् ।
आइतबार सम्पन्न मतदानमा काठमाडौं–१ मा २७ हजार १८ मत खसेको थियो। निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन बाँकी रहेको बताइएको छ।
मकवानपुर । नेकपा एमालले आमनिर्वाचन २०७९ मा ललितपुरबाट एमालेको विजय सुरुवात गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुरको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेमा उम्मेदवार प्रेम महर्जन विजयी भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार महर्जन १५ हजार ३५ मत प्राप्त गरी विजयी भएका हुन् । कुल सदर मत ५१ हजार तीन सय ५५ मध्ये एमालेका महर्जन १५ हजार २५ मतसहित विजय भएका हुन ।
उनका प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८ हजार ८ सय ८६ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ८ हजार ६ सय ६६ मत प्राप्त गरे ।
साथै, सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का कृष्णलाल महर्जनले ८ हजार २ सय ६४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रघुवरराज थापाले ६ हजार ६ सय ४६ मत प्राप्त गरे ।