मकवानपुर । नेकपा एमालले आमनिर्वाचन २०७९ मा ललितपुरबाट एमालेको विजय सुरुवात गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुरको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेमा उम्मेदवार प्रेम महर्जन विजयी भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार महर्जन १५ हजार ३५ मत प्राप्त गरी विजयी भएका हुन् । कुल सदर मत ५१ हजार तीन सय ५५ मध्ये एमालेका महर्जन १५ हजार २५ मतसहित विजय भएका हुन ।
उनका प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८ हजार ८ सय ८६ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ८ हजार ६ सय ६६ मत प्राप्त गरे ।
साथै, सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का कृष्णलाल महर्जनले ८ हजार २ सय ६४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रघुवरराज थापाले ६ हजार ६ सय ४६ मत प्राप्त गरे ।

