सिमसार (साना साना पोखरी) व्यवस्थापनः सुनाचुरी सामुदायिक वन र सिस्नेरी पाखा सामुदायिक वनमा बनाइएका साना पोखरी (सिमसार) l केही पोखरी समुहले आफ्नै खर्चमा र डिभिजन वन कार्यालयकाे सहयोगमा निर्माण र व्यवस्थापन गरिएका छन् l देश्ब्यापी रुपमा चुरे तथा भावर क्षेत्रमा साना साना हजारौ रिचार्ज पोखरी बनाइ व्यस्थापन गर्न सकिन्छ । तस्विरः सहीखबर

मकवानपुर । सरकारले भदौ २८ गते विहीबार सार्वजनिक बिदा दिएको छ । प्रतिनिधि सभा सांसद एवम् नेकपा एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा बिदा दिइएको हो ।
मंगलबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी विहीबार बिदा हुने जानकारी दिएको छ । नेम्बाङकाे मंगलबार विहान ह्रदयघातकाे कारण निधन भएकाे थियो ।

मकवानपुर । नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष सुवास नेम्वाङको निधनपछी एमाले मकवानपुरले पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने भएको छ ।
एमाले केन्द्रिय कार्यालयमा आज श्रद्धाञ्जली कार्यक्रम राखिने र जिल्ला पार्टी कार्यालयमा शोक पुस्तिका राखिने तयारी भएको बताइएको छ । अन्य कार्यक्रम बारे नेतृत्वसंग छलफल भइरहेको जिल्ला सचिब नवीन सिग्देलले बताए ।
नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको बिहान १ बजे हृदयघातको कारण निधन भएको थियो।
हृदयघातपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो तर चिकित्सकहरुले उनको निधन भएको घोषणा गरेका थिए ।
पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।
उनी जनआन्दोलन ०६२– ०६३ सँगै पुनस्थापित संसदका सभामुख बनेका थिए । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए । चारपल्ट सभामुख बन्दा उनी सधैं सर्वसम्मत भएका थिए ।
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राति १ बजे हृदयघातको कारण निधन भएको छ ।
हृदयघातपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो तर चिकित्सकहरुले उनको निधन भएको घोषणा गरेका थिए ।
पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।
इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०३३ सालमा राजद्रोह मुद्दामा उनी केही समय जेल परेका थिए ।
२०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए ।
२०५६ को निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डययन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेर चर्चामा आएका थिए ।
उनी जनआन्दोलन ०६२– ०६३ सँगै पुनस्थापित संसदका सभामुख बनेका थिए । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए । चारपल्ट सभामुख बन्दा उनी सधैं सर्वसम्मत भएका थिए ।
सुवास नेम्वाङको शव श्रद्धाञ्जलीका आज पार्टी कार्यालयमा राखिने
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शव आज २६ गते नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ ।
मकवानपुर । मकवानपुरका महिला साहित्यकारहरूको संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले हेटौँडा उपमहानगरपालिका वडा नम्बर २, चौकीटोलमा रहेको ओम वृद्धाश्रममा विभिन्न खाद्यान्न सामाग्री सहयोग गरेको छ ।
हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीजकाे अवसरमा आँचलले वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको हो ।
आँचल मकवानपुरकी अध्यक्ष भावना सापकोटाले आश्रममा रहेका वृद्धवृद्धालाई बिहानकाे खाजा दूध, पाउरोटीका साथै दाल, चामल, नुन, तेल, तरकारी, गेडागुडीलगायत विभिन्न खाधन्नका साथै सरसफाईका लागि आवश्यक पर्ने साबुन, सर्फ मन्जन जस्ता सामान सहयोग गरेको जानकारी दिइन् ।
कार्यक्रममा आँचल साहित्य कला पुञ्ज मकवानपुरका कार्यसमिति सदस्य एवम् आँचलका आजीवन सदस्यहरू, ओम वृद्धाश्रमकाे सञ्चालकहरूकाे उपस्थिति रहेकाे थियाे ।
आँचलले हरेक वर्ष फरक फरक किसिमको सिर्जनात्मक तथा सचेतनामूलक तीज कार्यक्रम गर्दै आइरहेकाे छ ।