मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा भएकाे कार दुर्घटनामा मृत्यु हुनेकाे संख्या ३ पुगेकाे छ ।
हेटौंडा-भैसे-भीमफेदी- काठमाडौँ सडकखण्डको भीमफेदी ६ जुरिखेतमा कार सडकबाट २५० मिटर तल खसेको थियो । उक्त दुर्घटनामा एक बालिका सहित २ जनाको मृत्यु भएको थियाे । उपचारकाे क्रममा थप एक पुरुषकाे समेत मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएको छ ।
काठमाडौबाट हेटौडातर्फ आउदै गरेको बा ६ च ९३७९ नम्बरको कार बुधबार अपरान्ह अनियन्त्रित भई सडकबाट २५० मिटर तल खस्दा ५ जना घाइतेकाेमा ३ जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । घाइते मध्ये मृत्यु भएकामा ३/४ महिनाकी शिशु र २ जना पुरुष रहेकाे प्रहरीले जनाएकाे छ ।
घटनास्थलबाट इलाका प्रहरी कार्यालय भिमफेदीको टोलीले घाईतेको उद्धारगरी उपचारका लागि हेटौंडा ल्याइएकाे थियो । प्रहरीका अनुसार घाइते २ जना महिलाकाे हेटौडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ। घाईते र मृतकको पहिचान भने हालसम्म हुन नसकेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा कार सडकबाट खस्दा २ जनाको मृत्यु भएको छ ।
हेटौंडा-भैसे-भीमफेदी- काठमाडौँ सडकखण्डको भीमफेदी ६ जुरिखेतमा कार सडकबाट २५० मिटर तल खसेको थियो । उक्त दुर्घटनामा एक बालिका सहित २ जनाको मृत्यु भएको छ मकवानपुर प्रहरीले जनाएको छ ।
काठमाडौबाट हेटौडातर्फ आउदै गरेको बा ६ च ९३७९ नम्बरको कार बुधबार अपरान्ह अनियन्त्रित भई सडकबाट २५० मिटर तल खस्दा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । घाइते ५ जना मध्ये एक बालक र एक पुरुषको उपचारको क्रममा हेटौंडामा ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरीका अनुसार घाइते अन्य २ महिला र १ पुरुष रहेकोमा उनीहरुको हेटौडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ। घाईते र मृतकको पहिचान भने हालसम्म हुन नसकेको प्रहरीले जनाएको छ ।
मकवानपुर । आज जेठ १५ गते गणतन्त्र दिवस संघीय, प्रदेश र स्थानीय सरकार तथा संघ सस्थाहरुले देशैभर विविध कार्यक्रम गरी मनाइदैछ ।
पहिलो संविधानसभाकाे चुनाव २०६४ सालमा भइ निर्वाचित प्रतिनिधिहरुले २०६५ जेठ १५ गतेका दिन राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा गरेकाे दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।
मंलबार १६ औं गणतन्त्र दिवस मनाइदैछ । दिवसकाे अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । सैनिक यस वर्ष जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरूमा दीपावलीलगायत कार्यक्रमहरू गरेर गणतन्त्र दिवस मनाउने निर्णय सरकारले गरेको छ ।
वि.सं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादी समझदारी भएको थियो । २०६२ मंसिरमा १२ बुँदे समझदारीपछि २०६२ फागुनदेखि आन्दोलन सुरु भएकाे थियाे । दाेस्राे जनआन्दाेलन पश्चात तत्कालिन राजाबाट संसद पुनर्स्थापना भएसँगै २०६३ जेठ ४ गते बसेको पुनर्स्थापित संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्यो ।
प्रदेश प्रमुख शर्माले दिए शुभकामना
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मनाइँदै गरिएको १६ औं गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई एवं दिदीबहिनीहरुमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले शुभकामना सन्देशमा भनेका छन् ‘गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात, अज्ञात अमर शहीदहरूप्रति भावपूर्ण श्रद्दाञ्जली अर्पण गर्दै बेपत्ता, घाईते तथा अपाङ्ग योद्धाहरुमा उच्च सम्मान प्रकट गर्दछु ।’
‘नेपाली जनताका प्रतिनिधिमार्फत २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट हाम्रो देश नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुक घोषित भएको हो’ शर्माले सन्देश मार्फत भनेका छन् ‘सार्वभौमसत्ता पूर्ण रुपमा जनतामा निहित रही जननिर्वाचित प्रतिनिधिबाट शासन र सरकार सञ्चालन हुने उत्कृष्ट प्रणाली शुभारम्भ भएको यो ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन हरेक वर्ष आजका दिन हामीले यो दिवस मनाउँदै आएका छौं ।’
जनताका प्रतिनिधिमार्फत निर्मित हाम्रो सविधानमा व्यवस्था गरिएको मौलिक हकसम्बन्धी व्यवस्था, संघीय शासन प्रणाली, धर्मनिरपेक्षता, समावेशी/समानुपातिक प्रणाली, सामाजिक न्यायजस्ता प्रावधानले समाजवादको दिशामा अगाडी बढ्न मार्गप्रशस्त गरेको छ । यो हाम्रो देश नेपाल र हामी सम्पूर्ण नेपालीका लागि अत्यन्त सुखद् र गौरवको विषय हो शुभकामना सन्देशमा उल्लेख छ ।
शर्माले सन्देशमा भनेका छन् हामीले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामार्फत मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणसहितको सभ्य, सुसंस्कृत र समुन्नत समाज निर्माण हुनेमा विश्वस्त छु । संवैधानिक रुपमा हामीले पाएका हक-अधिकारहरुको प्रभावकारी कार्यान्वयन गर्दै राष्ट्र निर्माणको महाअभियानमा लामबद्द हुन यो दिवसले हामी सबैलाई अभिप्रेरित गरोस् भन्दै पुनः शुभकामना व्यक्त गर्दछु ।
स्वास्थ्य मन्त्री श्रेष्ठले दिए गणतन्त्र दिवसकाे शुभकामना
बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले गणतन्त्र दिवस २०८१ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपालीलाई बधाईका साथै तथा शुभकामना दिएका छन् । मन्त्री श्रेष्ठले शुभकामना सन्देश मार्फत गणतन्त्र स्थापनाका लागि भएका जनआन्दोलन एवं विभिन्न संघर्षहरुमा प्राण उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली समेत अर्पण गरेका छन् ।
‘नेपाली जनताको ठूलो संघर्ष, बलिदान र त्यागबाट आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा निर्माण भएको संविधानले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रताको लक्ष्य राखेको शुभकामना विज्ञप्तिमा उल्लेख छ। संघीयताले दूरदराजका गाउँहरूमा राज्यबाट प्रदान गरिने सेवा सुविधा तथा शासन प्रशासनको प्रभावकारिता र पहुँच सुनिश्चित गरेको मन्त्री श्रेष्ठले उल्लेख गरेका छन्।
संघीयताले समाजका हरेक तप्काका मानिसलाई सम्मानित जीवन दिने, राज्यको सेवा सुविधामा सहज पहुँच दिलाउने र निणर्य प्रक्रियामा सबैको सहभागिताको सुनिश्चितता गर्ने उद्देश्य बोकेको उनकाे सन्देशमा उल्लेख छ । संघीयतालाई सफल बनाउन सबै राजनीतिक दल लगायत सबै समुदायको महत्त्वपूणर् भूमिका रहने समेत उनको भनाई छ ।
“गणतन्त्र दिवसले सबैलाई राष्ट्रिय सहमतिका आधारमा समृद्ध नेपाल सुखी नेपालीको कार्यभार पूरा गर्न प्रेरणा प्रदान गरोस भन्ने विश्वास लिएको छु” मन्त्री श्रेष्ठले शुभकामना सन्देश मार्फत भनेका छन् ।
हाजिरी जवाफमा विष्णुज्याेतिकाे बाल समूह प्रथम
Tags: No Comments
मकवानपुर । मकवानपुरकेा हेटाैडा उपमहानगरपालिका वडा नम्बर १२ मा भएकाे हाजिरी जवाफमा विष्णु ज्याेति आधारभूत विद्यालयकाे बाल समूह प्रथम भएकाे छ ।
वडा बाल समूह संजाल गठन भएकाे एक वर्ष भएकाेमा हेटौडा १२ नम्बर वडाकाे आयोजनामा हाजिरी जवाफ प्रतियाेगिता भएकाे हाे । वडा बाल समूह संजालकाे समन्वयमा वडास्तरीय आधारभूत तह (कक्षा ८ सम्म) का बाल समूह बिचमा भएकाे हाजिरीजवाफमा विष्णु ज्येातिका मानिव मोक्तान ,विवेक रीमाल र दिया पाण्डेकाे समूहले प्रथम स्थान प्राप्त गरेकाे हाे ।
यसैगरी बुद्व माविका सिखा विक, रिदम थीङ र विविका राईकाे समूहले द्वितीय भएकाे छ । यस्तै सन राइज बाेर्डिङ स्कुलका रिजन बल, मिन्ल श्रेष्ठ र नितेन मोक्तानकाे समूहले तृतीय स्थान हासिल गर्दा प्रतिभा आधारभूत विद्यालयका शंकर विक, चाहाना घिसिङ र सानिया योम्जनकाे समूहले सान्त्वना हासिल गरेका छन् ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा म्याजिकको ठक्करबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा १२ बनस्पति बस्ने श्याम बहादुर बिक रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
शनिबार बेलुका हेटौंडा उपमहानगरपालिका ३ तिनताप्के स्थित पुर्व पश्चिम सडक खण्डमा हेटौंडा १९ नेवारपानीबाट हेटौंडा ३ लेवटतर्फ आउदै गरेको ना १ ज ७५६० नम्बरको म्याजिकले जिल्ला मकवानपुर हेटौंडा १२ बनस्पति बस्ने अन्दाजी ५०/५५ वर्षीय श्यामबहादुरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
म्याजिकको ठक्करबाट घाईते भएका उनको उपचारको लागि हेटौडा अस्पताल ल्याइएकोमा डाक्टले मृत घोषण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार म्याजिक चालक हेटौंडा ३ बसामाडी बस्ने २२ वर्षीय अनुज लामा र म्याजिक प्रहरी चौकी लेवटको नियन्त्रणमा रहेको छ ।