मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा म्याजिकको ठक्करबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा १२ बनस्पति बस्ने श्याम बहादुर बिक रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
शनिबार बेलुका हेटौंडा उपमहानगरपालिका ३ तिनताप्के स्थित पुर्व पश्चिम सडक खण्डमा हेटौंडा १९ नेवारपानीबाट हेटौंडा ३ लेवटतर्फ आउदै गरेको ना १ ज ७५६० नम्बरको म्याजिकले जिल्ला मकवानपुर हेटौंडा १२ बनस्पति बस्ने अन्दाजी ५०/५५ वर्षीय श्यामबहादुरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
म्याजिकको ठक्करबाट घाईते भएका उनको उपचारको लागि हेटौडा अस्पताल ल्याइएकोमा डाक्टले मृत घोषण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार म्याजिक चालक हेटौंडा ३ बसामाडी बस्ने २२ वर्षीय अनुज लामा र म्याजिक प्रहरी चौकी लेवटको नियन्त्रणमा रहेको छ ।

