मकवानपुर । मकवानपुरकाे हेटौंडा १० टिसीएन चौरमा जारी बृहत् खेलकुद तथा व्यापार महोत्सवमा आज चर्चित गायक प्रमोद खरेल आउने भएका छन् ।
महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती अन्तरगत आज खरेल आउने भएका हुन् । मकवानपुरे दर्शकलाई आफ्नो सांगीतिक प्रस्तुती मार्फत मनोरञ्जन प्रदान गर्न खरेल आउन लागेका हुन् ।
युवा पुस्तामाझ लोकप्रिय गायक खरेलको दर्जनौं चर्चित गीतहरु रहेका छन् । सांगीतिक रियालिटी शो द भ्वाइस अफ नेपालको निर्णायक समेत रहेका खरेलले करिब एक दर्जन आफ्ना चर्चित गीत मकवानपुरे दर्शकमाझ पस्किने आयोजकले जानकारी दिएको छ ।
आज खरेलसंगै गायिका सहिमा श्रेष्ठ, गायक असिमकुमार कटुवाल र जादुगर बलराम सरकारको प्रस्तुती पनि रहने आयाेजकले जनाएकाे छ । मकवानपुरको खेल क्षेत्रको विकासका लागि जिल्ला खेलकुद विकास समितिले औद्याेगिक शान्ति नेपाल संस्थासंगको सहकार्यमा महोत्सव आयोजना गरेको हो । महोत्सवमा दैमिक विभिन्न बिधाको खेलहरु समेत सन्चालन भैरहेको छ ।
मेलामा रमेश प्रसाइँ र कल्पनाको प्रस्तुति, सामान किनमेलमा आकर्षण बढ्दाे
Tags: No Comments
मकवानपुर । मकवानपुरकाे हेटाैडा १० टीसीएन चाैरमा जारी वृहत खेतकुद तथा व्यापार मेलामा आइतबार नेपालमा चर्चित लोक गायक गायिका रमेश प्रसाईं र कल्पना दाहालले आफ्नाे प्रस्तुति दिएका छन् । उनीहरुकाे प्रस्तुतिमा मकवानपुरका दर्शकले नाचेर साथ दिए ।
महोत्सवमा प्रसाईं र दाहालको विशेष लोक दोहारी रहेको थियो । दोहारीसँगै चर्चित गायिका अस्मिता अधिकारीले समेत आफ्ना लोकप्रिय गीतहरु गाएकी थिइन् । उनको गीत लोली मिलाउँदै दर्शकले नाच्दै र गाउँदै गरेका थिए ।
यस्तै जादुगर बलराम सरकारको जादुले समेत सबैको ध्यान खिचेको थियो । महोत्सवमा सोमबार चर्चित गायक प्रमोद खरेल, गायिका सहिमा श्रेष्ठ, गायक असिमराज कटुवाल र जादुगर बलराम सरकारको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा दिनप्रतिदिन दर्शकको उपस्थिती बढ्दो क्रममा रहेको छ । महोत्सवमा खेलकुदका प्रतियोगिताहरु पनि सञ्चालन भैरहेको छ । १७ गतेसम्म सञ्चालन हुनेमा महोत्सवमा राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय गरी १३ वटा विधामा खेल हुने तालिका अनुसार खेल भइरहेकाे छ ।
महोत्सव आयोजक समितिका संयोजक समेत रहेका मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्कीले खेलकुद क्षेत्रको विकासका लागि आयोजित महोत्सवमा उपस्थित हुनका लागि जिल्लाबासीहरुलाई अनुरोध गरेका छन् ।
महोत्सवमा करिब २६० वटा विभिन्न स्टल रहेको छन् । महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटोमोबाइलका साथै बाल उद्यान रहेको छ । महोत्सवबाट खेलकुद विकास समितिलाई प्राप्त हुने रकमबाट वर्षभर खेलकुद प्रतियोगिता आयोजना गर्ने आयोजकले लक्ष्य राखेको छ । महोत्सवबाट मकवानपुर जिल्ला खेलकुद विकास समितिले करिब २५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा जारी बृहत खेलकुद तथा व्यापार महोत्सव अन्तर्गत भएको सेभेन ए साइड महिला फुटबलको उपाधि चितवनले जितेको छ ।
आइतबार भएको फाइनल खेलमा नारायणी कलेज एन्फा मकवानपुरलाई टाइब्रेकरमा हराउँदै चितवनले उपाधि जितेको हो । निर्धारित समय एक/एक गोलको बराबरी भएपछि सिधै टाइब्रेकरमार्फत निर्णय लिइएको थियो ।
टाइब्रेकरमा चितवन २–० ले विजयी भएको हो । चितवनले बीरगञ्जलाई र एन्फा मकवानपुरले बागमती गाउँपालिकालाई हराउँदै फाइनल भिडन्त पक्का गरेको थियो । विजेता चितवनले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने एन्फा मकवानपुरले १० हजार रुपैयाँमै चित्त बुझाउन बाध्य भएको छ ।
आयोजकले सहभागी टिमलाई आउन जान खर्चको समेत व्यवस्था गरेको थियो । विजेता खेलाडीहरुलाई मकवानपुर जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष एवम् हेटौंडा उपमहानगरपालिकाका निवर्तमान मेयर हरिबहादुर महत, खेलकुद विकास समितिका अध्यक्ष भेष खड्की, कार्यालय प्रमुख माधव कोइराला, मकवानपुर जिल्ला फुटबल संघका महासचिव छवि सुवेदी, नारायणी कलेजका प्रमुख रघुनाथ खराल लगायतले पुरस्कार वितरण गरेका हुन् ।
१७ गतेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय गरी १३ वटा विधामा खेल सञ्चालन भैरहेको छ । जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि खेलकुद विकास समितिले औद्योगिक शान्ति नेपाल संस्थासँगको सहकार्यमा हेटौंडाको टिसिएन चौरमा महोत्सव सञ्चालन गरिरहेको हो ।
मकवानपुर । २ हजार ६ सय पुँजीबाट सुरु गरिएकाे सहकारी २५ वर्षकाे अवधिमा ४ कराेड ३६ लाख ९४ हजार २ सय पुँजीमा पुगेकाे छ । मकवानपुरकाे हेटाैडा ७ नागश्वतिमा रहेकाे हेटौडा बचत तथा ऋण सहकारी संस्था लिले आफ्नाे २५ औ वार्षिकी पुरा गर्दै गर्दा । २ हजार १२४ जनालाइ ऋण सुविधा दिन सफल भएकाे छ ।
संस्थामा हाल ३ कराेड ८ लाख ७० हजार जगेडा कोष रहेकाे संस्थाकाे प्रवन्धक राम शरण गौतमले बताए । संस्थामा हाल १७ प्रतिशत तरलता रहेकाे गाैतमले बताए । संस्थाले बार्षिक उत्सवकाे अवसरमा साताव्यापि कार्यक्रमकाे तयारी गरेकाे शुक्रबार आयाेजित पत्रकार सम्मेलनमा जानकारी गराइएकाे थियाे ।
जस अन्तरगत बाल कार्यक्रम तथा वनभोज, रक्तदान कार्यक्रम म्युजिकल चियर, घ्याम्पो फुटाई, सेवाकेन्द्र स्तरीय फुटबल प्रतियोगिता स्लो बाईक / स्कुटर रेस पुरुष तथा महिला दाैड, प्रतियाेगिता फुटबल कार्यक्रम गर्ने तयारी गरेकाे अध्यक्ष इन्द्रबहादुर बस्नेतले बताए । सहकारीमा हाल ६ हजार ९ सय शेयर सदस्य रहेका छन् ।
सहकारीले बार्षिक उत्सवकाे अवसरमा ७९ जनाभन्दा बढि ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गर्दैछ । वार्षिक उत्सवकाे अवसरमा संस्थाका स्थापक अध्यक्ष तथा सदस्यहरू भगवती दाहाल हरिप्रसाद गौतम, मीन प्रसाद गौतम, रामप्रसाद दाहाल, कृष्ण प्रसाद दाहाल, राजिबप्रसाद ढकाल, राम बहादुर गौतम, हरिहर ढकाललगायत २६ लाई सम्मान गरेकाे छ । साथै पुर्व कर्मचारीहरूलाई पनि सम्मान गरिएकाे छ ।
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा मोटर साइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती ८ का ४२ वर्षीय अमर पाख्रिन रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
विहीबार साझ बागमती ८ साततलेमा बागमती प्रदेश ०३-००२ प ३२६५ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुदा पाख्रिन गम्भिर घाईते भएका थिए । उनलाई उपचारको लागि हेटौडा अस्पताल ल्याएकोमा उपचारको क्रममा चिकित्सक मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ ।
मृतकको शव हेटौंडा अस्पतालमै रहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।