भीमफेदीबाट २ सय २९ केजी गाँजा बरामद
Tags: No Comments
मकवानपुर । मकवानपुरमा शुक्रबार प्रहरीले भीमफेदीबाट प्रहरीले २ सय २९ केजी गाँजा बरामद गरेको छ । प्रहरीले मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंबर ९ ढुङ्गेन नजिकै खोल्सीमा लुकाई छिपाई राखेको अवस्थामा ९ बोरा गाँजा बरामद गरेको हो ।
९ बोरामा १८ वटा बण्डल बनाएर लुकाएर राखिएको अवस्थामा गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले बताए । गाँजा बरामद गरेपनि प्रहरीले गाँजा ओसार पसारमा संलग्न र कोरोबारीलाई भने पक्राउ गर्न सकेको छैन ।
भारत निकासी गर्न लागिएको गाँजा ओसार पसार गर्ने र कारोबारी समेतको संलग्नता भएपनि ठुलो परिणामको गाँजा मात्र फेला पारेको रानाले जानकारी दिए । गाँजा ओसार पसारमा संलग्नहरुको खोजिकार्य भैरहेको समेत प्रहरीले जानकारी दिएकाे छ ।
चर्को शुल्क विरुद्ध विद्यार्थी
Tags: No Comments
मकवानपुर / कोरोना भाइरसको माहामारीको समयमा वैकल्पिक सिकाइको रुपमा सञ्चालन गरिएको अनलाइन कक्षाको नाममा चर्को शुल्क उठाएको भन्दै मकवानपुरका विद्यार्थी संगठनहरुले आजबाट सुरु हुने गरि आन्दोलन घोषणा गरेका छन् ।
आज विहीबारबाट सुरु हुने गरी मकवानपुरका दुई ठुला विद्यार्थी संगठनहरुल निजी विद्यालय र कलेजको क्रियाकलापको विरोध जनाएका हुन् । अनलाईन कक्षाका नाममा विद्यार्थीहरुसँग चर्को शुल्क असुलेको भन्दै आन्दोलनको घोषणा गरिएको हो । हेटौंडामा सत्तारुढ नेकपा निकट अनेरास्ववियू र नेपाली काँग्रेस निकट नेविसंघले संयुक्त रुपमा केही दिन अगाडि पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका थिए । विद्यार्थी संगठनहरुले सार्वजनिक गरिएको संघर्षका कार्यक्रम अनुसार आज विहीबार विहान ११ बजेदेखि १२ बजेसम्म हेटौंडा उपमहानगरपालिकाको शिक्षा महाशाखा घेराउ गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी भोली असोज १६ गते ११ बजेदेखि १२ बजेसम्म हेटौंडा उपमहानगरपालिकाको गेटमा कालोपट्टि बाधेर धर्ना दिने, असोज १८ गते सम्पुर्ण शैक्षिक संस्थाको लेखा शाखामा ताला लगाउने र असोज १९ गते हेटौंडाको बुद्धचोकमा संर्घषका कार्यक्रमकाबारे प्ले कार्डसहित सचेतनामुलक प्रदर्शन गर्ने लगायतका कार्यक्रम रहेको नेविसंघ मकवानपुर सभापति राजु खतिवडाले जानकारी दिए ।
विद्यार्थी संगठनको मागका बारेमा आइतबार वार्ता गर्ने तयारी भएको छ । यसअघि मंगलबार भएको पहिलो चरणको वार्तामा नागरपालिकाले ल्याएको शुल्क सम्बन्धि प्रस्तावमाथि प्याब्सन समहत नभएपछि आइतरबारको लागि दोस्रो चरणको वार्तामा बस्ने गरी बैठक सकिएको थियो । आइतबार बस्ने बैठकमा आन्दोलनरत विद्यार्थी संगठनहरु, नगरपालिका, प्याब्सन, अभिभावक संघका प्रतिनिधिहरु रहने छन् ।
विद्यार्थी संगठनहरुले गत भदौ २९ गते हेटौंडा उपमहानगरपालिका र जिल्ला शिक्षा समन्वय ईकाइ हेटौंडालाई र असोज ७ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ध्यानाकर्षण पत्र बुझाएका थिए । हालको अवस्थाको मध्यनजर गर्दै पत्र बुझाएता पनि बेवास्ता गरेको भन्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको बताए । संघर्षका कार्यक्रम सार्वजनिक गर्दै अनेरास्ववियू मकवानपुरका संयोजक किशन घिसिङले कुनै पनि शैक्षिक संस्थाले अनलाईन कक्षाको नाममा चर्को शुल्क उठाउनु अवैधानिक भएको बताए । उनले सरकारी नीति विपरित स्कुल तथा कलेजहरुले विद्यार्थी तथा अभिभावकहरुलाई शुल्क तिर्न बाध्य पारेको बताए ।
मकवानपुर / काेराेना संक्रमणकालमा उपभाेग्य वस्तुकाे मूल्य आकाशिएकाे छ । मुल्य बढेपछि हैरान भएका उपभाेक्ताहरूलाई राहत दिने लक्ष्यका साथ सरकारले आज विहीबारबाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने तयारी गरेकाे छ ।
दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर सरकारले विगतमा जस्तै आज विहीबारदेखि सुपथ मूल्य पसल खोल्ने भएको हाे । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो र डिलर तथा घुम्ती सेवामार्फत सुपथ मूल्य पसल सुरु हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
काेराेना संक्रमणकालमा उपभाेक्ताले आवश्यक सामग्रीहरू अनलाइन अर्डरमार्फत पनि सुपथ मूल्य पसलका खरिद गर्न सकिनेछ । सुपथ मूल्य पसलका सामग्री काठमाडाै उपत्यकाका कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुङ्गल, थापाथली, नख्खु, प्रयाग पोखरी, जावलाखेल र भक्तपुरका साथै देशभरका ४९ ठाउँमा खोलिने मन्त्रालयले जनाएको छ । यस्तै दुग्ध विकास संस्थानले पनि आफ्ना सबै कार्यालय र बिक्री केन्द्रबाट सुपथ मूल्यमा दुग्धजन्य वस्तुको बिक्री गर्नेछ ।
यस्तो छ मूल्य र छुट रकम
नुन प्रतिकिलो १८ रुपैयाँका दरले खरिद गर्न सकिनेछ । तर प्रति परिवार चार किलोका दरले मात्रै खरिद गर्न पाइनेछ । यस्तै चिनी प्रतिकिलो ७० रुपैयाँमा खरिद गर्न सकिनेछ । प्रति परिवार चार किलोका दर तोकिएको छ ।
सरकारले चामलमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिएको छ । यस्तै खसी,बोका, च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ, दालमा प्रतिकिलो पाँच रुपैयाँ, सिमीमा प्रतिकिलो १० रुपैयाँ, फापरमा प्रतिकिलो पाँच रुपैयाँ र सेतो केराउमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिइएको मन्त्रालयले जनाएको छ । सुपथ पसल छठ पर्वकाे भाेलिपल्टसम्म सञ्चालन हुने विज्ञप्तिमा भनिएकाे छ ।
हेर्नुहाेस् विज्ञप्ती

मकवानपुर /मकवानपुरको हेटौंडा उपमहानगरपालिका –४, कमलडाँडास्थित नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयले आगामी असोज १५, १६ र १७ गते संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागीता जनाउने भएको छ । हालको कोरोना महामारीको समयमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै विद्यार्थी सिकाइलाई निरन्तरता दिदै आएको विद्यालयले भर्चुअल प्रविधिबाट एम.यू.एनको कार्यक्रममा सहभागी हुने अवसरलाई पनि निकै राम्रो सिकाईको रुपमा लिन पाइने विद्यालयले जनाएको छ ।
एम.यू.एन.को मोडल कार्यक्रममा सहभागी भएर आफ्ना विद्यार्थीहरुले विश्वको गम्भीर समस्याका बारेमा चर्चा परिचर्चाबाट सिकाई आर्जन गर्न सक्ने अपेक्षा गरिएको छ ।
“हामीले छलफलको आधारमा एउटा ठोस् समझदारी निकाल्छौँ, विद्यार्थीहरूमा कुटनीतिक ज्ञान बोध गर्न, नेतृत्व विकास गर्न, सिर्जनातमक क्षमता वृद्धी गराउन नै विद्यालयले यस कार्यक्रमको आयोजना गरेको हो” कार्यक्रमकी महासचिव राधा कुमारी महतोले बताइन् । एम.यू.एनका लागि इकोफिन (इकोनोमिकल एण्ड फाइनेनसियल डेब्लप्मेन्ट काउन्सिल, यू.एन.एस.सी. (युनाइटेड नेसन सेक्युरिटी काउन्सिल), डव्ल्यु.एच.ओ (वल्र्ड हेल्थ अर्गनाइजेसन), यूनेप (युनाइटेड नेसन इन्भाइरोमेन्टल प्रोग्राम) गरेर कूल चारवटा कमिटीहरू रहेका छन् ।
सबै कमिटीका आ–आफ्नै नेतृत्वकर्ता छन् भने पूरा एम.यू.एनको नेतृत्व, नवोदय विद्यालयको कक्षा–१० मा अध्ययनरत छात्रा राधाकुमारी महतोले गरिरहेकी छिन् । कार्यक्रममा सहभागीका रूपमा नवोदय, जी.एस.निकेतन, मकवानपुर मल्टिपल क्याम्पस, चन्द्रोदय मा।वि र अर्किड स्कूल (चितवन) ले सहभागिता जनाउने विद्यालयले जनाएको छ । कार्यक्रममा राम्रा प्रस्तुति दिनेहरूका लागि विद्यालयले अबार्डको व्यवस्था गरेको छ ।