मकवानपुर । बागमती गाँउपालिका खेलकुद विकास समितिकाे आयाेजनामा मकवानपुरको बागमतीमा जारी चौथो बागमती गोल्डकप अन्तरगत विहीबार भएको खेलमा थ्रीस्टार क्लब सशस्त्र प्रहरीकाे एपीएफलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।
विहीबार १९ गते भएको खेलमा थ्रीस्टार क्लबले २-० गाेल अन्तरले एपीएफलाई पराजित गरेको हो । फापरवारी स्थित जनता माविको खेल मैदानमा भएको खेलको पहिलो हाफ बराबरी भएको थियो । खेलमा दोस्रो हाफमा थ्री स्टार ललितपुरका जर्सि नम्बर ७ का दिपेश घलेले खेलको ४० औँ गोल गरेका थिए । एपिएफले धेरै अवसर पाए पनि सदुपयोग भने गर्न सकेन् ।

खेलका ४२ औं मिनेटमा पुनः दिपेशले गरेको गोल नै थ्रीस्टारको लागि निर्णायक गोल बन्न पुग्यो ।खेलमा उत्कृष्ट प्रदर्शन गरेका थ्री स्टार क्लबकाम दिपेश घले म्यान अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिता अन्तरगत चैत २० गते शुक्रबार अफ्रिकन रुट् एसोसिएसन, क्याम्रुन र जाबलाखेल युथ क्लब बीच पहिलाे सेमिफाइनलकाे खेल हुने छ भने चैत २१ गते दाेस्राे सेमिफाइनल खेल थ्रीस्टार क्लब र बागमती युवा क्लब बीच हुने आयाेजकले जनाएकाे छ ।

खेलकुद स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि भन्ने नाराका साथ संचालित प्रतियोगिताको फाइनल खेल चैत्र २३ गते हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख, द्वितीय हुनेलाई ४ लाख, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार, बिधागत उत्कृष्ट खेलाडीलाई प्रतिखेलडी १०/१० हजार, म्यान अफ दि म्याचलाई प्रती खेलाडी ५/५ हजार प्रदान गरिने छ ।
प्रतियाेगितामा बागमती खेलकुद विकास समिति, नव जनजागृती युवा क्लब सिमरा, थ्रि स्टार क्लब, मकवानपुर–११, एपीएफ क्लब, हिमालयन शेर्पा क्लब, जाउलाखेल युथ क्लब, बागमती युवा क्लब सर्लाही, विर्तामोड युनाईटेड र अफ्रिकन रुट् एसोसिएसन, क्याम्रुन सहभागीता जनाएका छन ।
मकवानपुर । मकवानपुर जिल्ला स्तरीय भलिबल प्रतियाेगिता हेटाैडा उपमहानगरपािलका १९ न वडा समितिकाे आयाेजनामा आजबाट हुने भएकाे छ ।
विहीबारदेखि आयोजना हुने प्रतियोगितामा मकवानपुर जिल्लाका ८ वटा टिमको सहभागिता रहनेछ । आयोजक १९ नम्बर वडा साथै हेटौंडा उपमहानगरपालिकाका २, ९, ११ र १७ नम्बर वडाको टिम सहित ५, थाहा नगरपालिका, बकैया र मकवानपुरगढी गााँउपालिकाको १/१ महिला भलिबल टिम प्रतियोगितामा सहभागी हुने १९ नम्बर वडा कार्यालयका सचिव बसन्तकुमार सिटौलाले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुबै टिमलाई सान्त्वनास्वरुप नगद ५–५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
हेटौंडा–१९ नेवारपानीस्थित शहरी स्वास्थ्य केन्द्र अगाडिको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले गर्नुहुने वडा अध्यक्ष नरनाथ सुवेदीले जानकारी दिए ।
यस्तै १९ नम्बर वडाले टोल विकास संस्थास्तरीय पुरुष भलिबल प्रतियोगिता पनि आयोजना गर्ने भएको छ । प्रतियागितामा १९ नम्बर वडाका १४ टिमको सहभागिता रहने बताइएको छ । टोल विकास संस्थास्तरीय भलिबल प्रतियोगितामा प्रथम हुने टिमले १५ हजार रुपैयाँ, दोस्रो हुने टिमले १० हजार रुपैयाँ र सेमिफाइनलमा पराजित हुने टिमलाई सान्त्वनास्वरुप नगद दुई हजार पाँच सय रुपैयाँ दिइने वडा सचिव सिटौलाले बताए ।
मकवानपुर । मकवानपुरको बागमतीमा जारी चौथो बागमती गोल्डकप अन्तरगत बुधबार भएको खेलमा जावलाखेल युवा क्लब नवजागृती युबा क्लबलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।
बुधबार १८ गते भएको खेलमा जावलाखेलले ४-१ गाेल अन्तरले नव जनजागृति युवा क्लब सिमरालाई पराजित गरेको गरेको हो । फापरवारी स्थित जनता माविको खेल मैदानमा भएको खेलको पहिलो हाफमा जावलाखेलका जर्सी नम्बर ७ का फेडे फफनाले ७,३७ र ४५ औं मिनेटमा ३ गोल गरेका थिए ।
खेलको पहिलो हाफको इन्जुरी समय सदुपयोग गर्दै नव जनजागृती युवा क्लबका जर्सी ७ का सौरभ तामाङले १ औं गोल फर्काएका थिए । सो गोल नै अन्तिम गोल हुन पुग्यो । दोस्रो हाफको ७५ औं मिनेटमा पुन : जर्सी नम्बर ७ का फेडे फफनाले चौथो गोल गर्दै टिमलाई सानदार जित निकाले ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका जावलाखेलका फेडे फफनाले म्यान अफ दी म्याच घोषित भए। उनले ५ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिता अन्तरगत चैत १९ विहीवार थ्री स्टार क्लब ललितपुर र एपीएफ क्लब काठमाडौ बीच हुने आयोजकले जनाएको छ ।

खेलकुद स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि भन्ने नाराका साथ संचालित प्रतियोगिताको फाइनल खेल चैत्र २३ गते हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख, द्वितीय हुनेलाई ४ लाख, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार, बिधागत उत्कृष्ट खेलाडीलाई प्रतिखेलडी १०/१० हजार, म्यान अफ दि म्याचलाई प्रती खेलाडी ५/५ हजार प्रदान गरिने छ ।
प्रतियाेगितामा बागमती खेलकुद विकास समिति, नव जनजागृती युवा क्लब सिमरा, थ्रि स्टार क्लब, मकवानपुर–११, एपीएफ क्लब, हिमालयन शेर्पा क्लब, जाउलाखेल युथ क्लब, बागमती युवा क्लब सर्लाही, विर्तामोड युनाईटेड र अफ्रिकन रुट् एसोसिएसन, क्याम्रुन सहभागीता जनाएका छन ।
मकवानपुर । मकवानपुर प्रहरीले ६० ट्याब्लेट नाईट्रोभेट सहित २ जना पक्राउ गरेकाे छ । प्रहरी चौकी लेवट मकवानपुरबाट खटिएको गस्ती टोलिले चैत १७ गते हेटाैडा ३ तिनताप्केबाट उनीहरुलाइ पक्राउ गरिएकाे हाे ।
हेटाैडा ३ पुर्व पश्चिम लोकमार्ग सडक खण्डबाट शंकास्पद रुपमा हिंडिरहेका हेटाैडा ३ बस्ने बर्ष १८ को सुशिल बर्तौला र बिराटनगर ४ बस्ने बर्ष २१ को रविन कार्की लाई चेकजाँच गर्दा उक्त परिमाणकाे नाईट्रोभेट ट्याब्लेट फेला परेकाेले पक्राउ गरी अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
मकवानपुर । मकवानपुरमा थप १ जनामा काेराेना भाइरस संक्रमण पुष्टी भएकाे छ । हेटौंडामा चैत १६ गते १० जनाको स्वाब परीक्षण गरेकाेमा हेटाैडाका १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे ।
काराेना पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर १९ का ५३ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।मकवानपुरमा हालसम्म ३ हजार ८ सय ९३ जनामा संक्रमण पुष्टि भएकामा ३ हजार ८ सय ५८ जना संक्रमण मुक्त भईसकेको जनस्वास्थ्य कार्यलयले जनाएको छ ।
थप १ जना सहित हेटौंडा उपमहानगरपालिकामा ३ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।मकवानपुरमा कोरोना संकमणको कारण हालसम्म ३२ जनाको मृत्यु भईसकेको छ । मृत्यु हुनेमा २६ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यसैगरि थाहा नपालिकाका र मनहरी गाउँपालिकाका २/२ रहेका छन् भने बागमती र बकैया गाउँपालिकाका १/१ जना रहेको छन् ।