मकवानपुर । मकवानपुर प्रहरीले जोर बिजोर प्रणली उल्लङ्घन गर्ने निजी सबारीसाधनलाइ कारवाही गरेकाे छ । जिल्ला प्रशसन कार्यालय मकवानपुर अाजबाट जाेर बिजाेर प्रणाली लागु गर्ने गरी भएकाे निर्णय उल्लङ्घन गर्ने माेटरसाइकल ५५ अटाे ७ म्याजिक ५ र मयुरी १ लाइ कारवाही गरिएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
यसै गरी बैशाख १३ गते बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी उपरीक्षक समेतको चेकिङ टोलिले माक्स नलगाउने २३ जनालाई १ सयका दरले जरीवाना गरीएको नि. प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए ।
मकवानपुर । मकवानपुरमा आइतबार थप २३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । आइतबार गरिएको ५४ जनाको स्वाब पीसीआर परीक्षणमा २१ जनामा र ९ जनाको एन्टीजेन परिक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पुष्टि हुनेमा १९ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् भने भीमफेदी र मकवानपु्रगढी गाउँपालिकाका १/१ जना रहेका छन् । जसमा १ जना एम्बुलेन्स चालक समेत रहेक छन ।
यस्तो छ रिपोर्ट :

लागुऔषध गाँजा र नाईट्रोभेट सहित ३ जना पक्राउ
Tags: No Comments
मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध गाँजा र नाईट्रोभेट सहित ३ जना पक्राउ गरेकाे छ । मकवानपुर हेटाैडा वडा नं. ९ बस्ने बर्ष २४ को सिद्धार्थ भण्डारीलाइ गाँजा २ किलो ४३५ ग्राम लागुऔषध गाँजा सहित पक्राउ गरिएकाे हाे ।
यस्तै बारा गढिमाई न.पा. १५ बस्ने बर्ष १८ को सोम बहादुर तामाङ र नवलपरासी साबिक बन्जरीया गा.बि.स. वडा नं. १ बस्ने बर्ष २३ को सन्देश तामाङ लागुऔषध नाईट्रोभेट ४ सय ८० ट्याबलेट सहित पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब निरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
सुचनाको आधारमा बैशाख ११ गते ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी निरीक्षक सोरप छिरिङ तामाङको कमाण्डमा खटिएको प्रहरी टोलिले भण्डारीको घर खानतलासी गर्दा लागुऔषध गाँजा २ किलो ४ सय ३५ ग्राम र वन्यजन्तुको अखेटोपार सिङ्ग थान २ र नगद २६ हजार ३ सय ५० सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रवक्ता रिमालले बताए।

यस्तै बैशाख १० गते जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले हेटाैडा १० बसपार्क स्थित सडक खण्डमा संकास्पद रुपमा हिंडिरहेका तामाङद्वयलाई चेकजाँच गर्दा निजहरुको साथबाट लागुऔषध नाईट्रोभेट ४ सय ८० ट्याबलेट सहित पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको रिमालले जानकारी दिए ।
फरार प्रतिवादी पक्राउ
यसैगरी मकवानपुर प्रहरीले १ जना फरार प्रतिवादी पक्राउ गरेकाे छ । जिल्ला अदालत मकवानपुरको २०७२ साल चैत २२ गतेको फैसालाले सार्वजनिक मुद्धामा १ हजार ४ सय ५० जरिवाना भुक्तान गर्न बांकी रहेका फरार हेटाैडा ४ बस्ने धर्मेन्द्र खेम्कालाई पक्राउ गरेकाे छ ।
प्रतिवादी खेम्कालाई अाइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट खटिएको टोलीले हेटौडा ४ बाट नियन्त्रणमा लिई जरिवाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई जरिवाना भुक्तान गराईएको प्रवक्ता रिमालले बताए ।
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन सरेको छ । आउँदाे बैशाख १८ गते हुने भनिएको निर्वाचन दोश्रो पटक पनि सरेको हो । गत चैत्र २३ गते तय भएको निर्वाचनलाई मकवानपुर उद्योग वाणिज्य संघले कोभिडको कारण देखाउँदै बैशाख १८ लाई तय गरेको थियो ।
देशभर फैलिरहेको कोभिड–१९ (कोरोना भाईरस) काे प्रकोप थप भयावह हुँदै आएकाे कारण आशन्न निर्वाचन पुनः सरेको हो । नयाँ निर्वाचनको मिति भने मकवानपुर उद्योग वाणिज्य संघको बैठकले तय गर्ने जनाईएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी सहित आसन्न निर्वाचनका उम्मेद्वारहरु, मउवासंघ कार्यसमितिको बैठकमा निर्वाचनको नयाँ मितिको विषयमा छलफल हुँदा असारभित्र अनकुलता हेरेर निर्वाचन गर्न प्रशासनले सुझाव दिईएको बताईएको छ ।
मकवानपुर । प्रेस संगठन नेपाल मकवानपुरले जिल्ला सचिवालय समिति गठन गरेको छ । नेकपा (माओवादी केन्द्र) मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिनको विशेष उपस्थिति तथा प्रेस संगठन मकवानपुरकी संयोजक अञ्जली थापाको अध्यक्षतामा हेटौंडामा शनिबार बसेको बैठकले ११ सदस्यीय सचिवालय गठन गरेकाे हाे ।
जिल्ला सचिवालय समितिमा संयोजक थापा, सहसंयोजक एमपी शर्मा, सदस्यहरु शुभलक्ष्मी विक, सरला अधिकारी, अशोकसुजन श्रेष्ठ, ईच्छापूर्ण कार्की, रुपा गुरुङ, दिलबहादुर लामा, नवराज वाईबा, रञ्जिता डंगोल, भावना रिजाल रहेका छन् । त्यस्तै, प्रेस संगठनको बैठकले मकवानपुरको निर्वाचन क्षेत्र अनुसार संयोजक पनि तोकेको छ ।
जसअनुसार प्रतिनिधी सभा मकवानपुर १ ‘क’ मा रुपा गुरुङ, ‘ख’मा एमपी शर्मा, मकवानपुर २ ‘क’ मा ईच्छापूर्ण कार्की र ‘ख’मा दिलबहादुर लामालाई चयन गरेको छ । साथै प्रेस संगठन मकवानपुरको बैठकले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले जिल्लाको पत्रकारिता, मिडिया र पत्रकारको विकास र प्रबद्र्धनका लागि गर्नुपर्ने नीति तथा कार्यक्रम तयार गरेको छ ।