मकवानपुर । मकवानपुरमा बुुुधबारबाट सुुुुरु भएको कोरोना विरूद्धकाे भेरोसेल खोप १ हजार ४ सय ४७ जनालाई लगाईएको छ । जिल्लाको लागि आएको ६ हजार ५ सय डोज खोप मध्ये बुधबार उक्त सख्यामा खाेप लगाइएकाे जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएकाे हाे ।
जिल्लाको बकैया गाउँपालिका बाहेक सबै स्थानीय तहले बुधबारबाट खोप लगाउने कार्यक्रम सुरु गरेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।
उनका अनुसार ६२ वर्ष देखि ६४ वर्ष उमेर समूहका हेटौंडा उपमहानगरपालिका भित्रका ९ सय २३ जनाले खोप लगाएका छन् । बकैया गाँउपालिका बाहेक अरू ८ स्थानीय तहका ५ सय २४ जनाले समेत गरी १ हजार ४ सय ४७ जनाले चिनबाट प्राप्त भेराेसेल खाेपकाे पहिलो डोज लगाएका हुन् । बकैया गाउँपालिकाले भने आजबाट खोप लगाउने तयारी गरेको निरीक्षक घिमिरेले बताए ।
कुन स्थानीय तहलाई कति भेरोसेल खोप ?
जिल्लामा आएको ६ हजार ५ सय डोज मध्ये हेटौंडा उपमहानगरपालिको लागि २७ सय डोज पठाईएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
त्यसैगरी थाहा नगरपालिकालाई ६ सय ८५,मनहरी गाउँपालिकालाई ५ सय ३९, बकैया गाउँपालिकालाई ४ सय ८६, बामगती गाउँपालिकालाई ४ सय ३४,मकवानपुगढी गाउँपालिकालाई ३ सय ९३, भीमफेदी गाउँपालिकालाई ३ सय ९३, कैलाश गाउँपालिकालाई ३ सय ७८, राक्सिराङ गाउँपालिकालाई २ सय, इन्द्रसरोबर गाउँपालिकालाई १ सय ९२ डाेज खोप पठाईएको कार्यलयले जनाएको छ ।
यसअघि जिल्लामा भारतबाट आएको कोभि शिल्ड २१ हजार ४ सय ३ जनाले पहिलो डोज र ६ हजार २ सय ४१ जनाले दोस्रो डोज खोप लगाएका छन् ।
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशमा क्रियाशील पत्रकारलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बुधबार प्रदेशका सबै जिल्ला स्वास्थ्य कार्यलयलाई परिपत्र गर्दै पहिलो डोजकाे खोप लगाउन छुटेका पत्रकारहरुलाई खोपका लागि आग्रह गरेको हो।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले जेठ २४ गते पत्रकारकाे लागि खाेपकाे व्यवस्था गरिदिन पत्र मार्फत अनुराेध गरेकाे थियाे । महासंघकाे पत्र प्राप्त भए पछी बागमती प्रदेशभित्र कार्यरत सञ्चारकर्मीलाई खोप लगाइदिने व्यवस्था मिलाइदिन सबै स्वास्थ्य कार्यालयलाइ सहजिकरणकाे लागि पत्र पठाइएकाे मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा पुरुषोतम सेढाइले बताए।
‘अग्रपंतिमा रहेर काम गरिरहेका धेरै सञ्चारकर्मीहरूले कोभिड विरुद्धको खोप लगाउन छुटेको गुनासो आएकाले खोप लगाउने व्यवस्था मिलाइदिनु आग्रह गर्दछु’, उनले भनेका छन्।

मकवानपुर । नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले नेकपा माधव नेपाल पक्षले अघि सारेको ” वृहत कम्युनिष्ट एकता ” के कसरी सम्भव छ ? भनेर प्रश्न गरेका छन् । उनले जनता जागरुप भैसकेको भन्दै जनतामा भ्रम सृजना गरेर झुठको खेती नर्गन बुधबार सामाजिक सञ्जाल फेसबुकमा नेपाल समूहलाई सुझाव समेत दिएका छन् ।
उनले माधव नेपालले अघि सारेको ‘बृहत कम्युनिष्ट एकता’ आफ्नै पार्टी फुटाएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रपञ्च भएको शंकेत गरेका छन् । उनले सञ्जालमा लेख्दै प्रश्न गरेका छन दिनहुँ बुढानिलकण्ठ, सानेपा कांग्रेस पार्टी कार्यालय धाएर, एमाले विरुद्ध अप्राकृतिक गठबन्धन गरेर बृहत कम्युनिष्ट एकता संभव छ ?
उनले माधव नेपाल एण्ड कम्पनी भन्दै चुनाव फेस गर्न समेत अनुरोध गरेका छन् ।

मकवानपुर । मकवानपुरमा थप १ सय ७७ जना काेराेना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा होम आइसोलेसनबाट १ सय ७२ जना र संस्थागत आइसोलेसनबाट ५ जना गरी १ सय ७७ जना कोरोना संक्रमणमुक्त भएकाे स्वास्थ्य कार्यलय मकवानपुरले जनाएकाे छ । यो संगै जिल्लामा हालसम्म कोरोना जित्नेको संख्या ७ हजार ६ सय ४२ पुगेको छ ।
यस्तै जिल्लामा सक्रिय संक्रमित मध्य हाल १ हजार ६ सय ९९ जना घर रहेका र १ सय १५ जना आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यसैगरी मकवानपुर थप ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय २४ जनामा पीसीआर र एन्टीजेन विधिबाट परीक्षण गर्दा ८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलयले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ९ हजार ५ सय ७९ जना पुगेको कार्यलयले जनाएको छ ।