मकवानपुर । बागमती जिल्लाको दोलखा जिल्लामा अझै मतगणना सुरु भएको छैन । मंसिर ४ गते सम्पन्न मतदान प्रक्रिया निष्पक्ष नभएको भन्ने विषयमा विवादपछि यहाँको मतगणना अझै सुरु नभएको हो ।
प्रदेशको अन्य जिल्लाहरुमा मतगणना धमाधम चलिरहदा र केही जिल्लाको केही क्षेत्रमा अन्तिम नतिजा समेत आइसक्दा पनि दोलखा जिल्लामा भने मतगणना नै सुरु हुन सकेको छैन ।
निर्वाचनको दिन दोखला जिल्लाको बैतेश्वर गाउँपालिकाको वडा न १,२, ३, र ६, तामाकोशी जफे गाउँपालिकाको ३, गौरीशंकर गाउँपालिकाको वडा न १ र कालिञ्चोक गाउँपालिकाको वडा न १ मा सक्ता गठबन्धनले बुथ कब्जा गरेको आरोपमा विवाद चुलिदै आएको दोलखाबाट सञ्चारकर्मी बुना घिमिरेले जानकारी दिइन् ।
सत्ता गठकन्धनले बुथ कब्जा गरेर आफ्ना मतदाताहरुलाई मात्र भोट हाल्द दिएको एमालेको आरोप छ । एमालेले यि क्षत्रमा पुन मतदान कार्यक्रम नभइ मतगणना सम्बन्धी सबै कार्यक्रम बहिष्कार गरेको छ ।
आज विहानको लागि बोलाईको सर्वदलीय बैठक समेत एमालले बहिष्कार गरेपछि बैठक बस्न सकेन । यि क्षेत्रमा पुन मतदान हुनुपर्ने माग गर्दै एमालेतर्फमा प्रतिनिधि सभाका उम्मेदवार बालकृष्ण सिवाकोटीले निर्वाचन कै दिन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुन मतदानको माग गर्दै उजुरी दर्ता गराएका थिए ।
तर भोली पल्ट मंसिर ५ गतेसम्म पुन मतदानबारे कुनै निर्णय नआएपछि एमालेबाट प्रदेश सभातर्फमा उम्मेदवारहरु भरतबहादुर केसी र नर बहादुर श्रेष्ठले समेत पुन मतदानको माग गर्दै उजुरी दिएका छन् ।
उनीहरुको उजुरी निर्वाच आयोगको केन्द्रीय कार्यालयमा पुगेको र केन्द्रले जे निर्णय पठाउँछ त्यही गर्ने भन्दै जिल्ला निर्वाचन कार्यालय पर्ख हेरको अवस्थामा रहेको बताइएको छ ।
सत्ता गठबन्धनले बजारको चोकचोकमा मतगणनाको माग गर्दै नाराबाजी गरेपछि स्थिती अशान्त बनेको छ । प्रहरीले सुरक्षा व्यवस्था बलियो बनाएको कारण कुनै घटनाभने हालसम्म भएको छैन । गएराती समेत मतगणनाको माग गर्दै नाराबाजी गरिएको थियो । अहिले पनि सातदोबाटो चोकलगायतमा प्रहरी परिचालन गरिएको र सुरक्षा व्यवस्था चुस्त पारीएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
मकवानपुर । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को हिजो सम्पन्न मतदानको मतगणना सुरू भएको छ ।
मकवानपुर जिल्लाको बागमती गाउँपालिका वडा न ६ झुरझुरेको मतदानस्थलको मतपेटिकाको सिल तोडेर मकवानपुर जिल्लाका प्रमुख निर्वाचन अधिकृत ऋषिराम निरौलाले मतपेटिका खन्याएर गणना सुरू गरिएको हुन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको शिद्धार्थ माध्यमिक बिद्यालयमा मतगणना सुरु भएको हो । दुइ वटा प्रतिनिधीसभा र चार वटा प्रदेशसभाको प्रत्येक तर्फ र समानुपातिक समेत गरि १० वटा कोठामा एकै पटक नतिजा आउनेगरी तयारी थालिएको छ ।
प्रतिनिधीसभाको दुइ क्षेत्रको चार वटा कोठामा र चार वटा प्रदेशसभाको अरु चार वटा कोठामा मतगणना गरिने मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए। यसैगरी प्रदेश तर्फको समानुपातिक र प्रतिनिधि सभा तर्फको समानुपातिकको पनि गणना गरिने छ ।

तारजाली भित्र मतगणना सुरु गरिएको छ । बाहिर भने उम्मेदवारका प्रतिनिधी राखिएको छ ।
आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म जारी मतदान प्रक्रियामा जिल्लाका कुल मतदातामध्ये आधाभन्दा बढीले मतदान गरेका छन् । मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले ५९ प्रतिशत मत खसेको जानकारी दिए । २०७४ को निर्वाचनमा मकवानपुरबाट ६५ प्रतिशत खसेको थियो ।
मकवानपुरमा ३ लाख ७ हजार ३३ मतदाता छन् । जसमा १ लाख ५३ हजार ५ सय २८ पुरुष, १ लाख ४७ हजार २ सय महिला र अन्य ५ जना छन् । तर, कुल मतदाताको आधाले मात्रै मतदान गरेका हुन् ।
यसवर्षका निर्वाचनमा मतदाता संख्या बढेपनि जिल्लामा पाँच वर्षपछि मत दिनेहरु ६ प्रतिशतले घटेका हुन् । आमनिर्वाचन–०७९ मा कुल एक लाख ७८ हजार २ सय ८२ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
जसमध्ये मतदान गर्नेमा पुरुष ९२ हजार ८ सय ७७ जना, महिला ८५ हजार ४ सय जना र अन्य ५ जना रहेका छन् । मकवानपुरको दुई वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी ६९ जना उम्मेदवार प्रतिस्पर्धाको मैदानमा छन् ।
मकवानपुर। बागमती प्रदेशको सबै जिल्लाहरुमा आज प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । गत स्थानीय तहको निर्वाचनमा जस्तो मतदातामा उल्लास नभएकाे तथ्यांकले देखाएको छ ।
बागमती प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशको १३ जिल्लामा औषत ५८ प्रतिशत मात्रै मत खसेको छ । प्रदेश निर्वाचन कार्यालय बागमतीका प्रमुख लुम्बनाथ पोखरेलका अनुसार रामेछाप जिल्लाबाट ५० प्रतिशत, सिन्धुली जिल्लाबाट ५३ प्रतिशत, काभ्रे जिल्लाबाट ६० प्रतिशत, सिन्धुपाल्चोक जिल्लाबाट ५५ प्रतिशत, रसुवा जिल्लाबाट ७४ प्रतिशत,नुवाकोट जिल्लाबाट ५३ प्रतिशत, धादिङ जिल्लाबाट ५० प्रतिशत, चितवन जिल्लाबाट ६१ प्रतिशत, काठमाडौ जिल्लाबाट ६० प्रतिशत, भक्तपुर जिल्लाबाट ७० प्रतिशत, ललितपुर जिल्लाबाट ६१ प्रतिशत, मकवानपुर जिल्लालाबाट ५५ प्रतिशत मत खसेको छ ।
दोलखा जिल्लाबाट तथ्यांक आउन बाँकी रहेको पोखरेलले बताए । बागमतीमा सबै मतदान स्थलहरुमा सुरक्षा व्यवस्था बलियो भएका कारण कहिँ अप्रिय घटना नभएको प्रदेश प्रहरी कार्यालय हेटाैडाले जनाएको छ । प्रदेशको १३ जिल्लाको प्रतिनिधि सभातर्फ मात्रै ३३ निर्वाचन क्षेत्रमा ६ सयभन्दा बढी उम्मेदवारहरू रहेका थिए । प्रदेश निर्वाचन कार्यालय बागमतीका अनुसार यस प्रदेशमा ३४ लाख १२ हजार ८ सय ३९ जना मतदाताहरु रहेका छन् । जसमा अन्य समूदायका २९ जना मतदाताहरु रहेका छन् भने महिला १७ लाख ७ हजार ९ सय ४२ जना रहेका छन् ।
प्रदेशको मकवानपुर जिल्लामा पनि बिहानैदेखि उत्साहजनक रुपमा मतादान भएकाे थियाे । जिल्लाको १६७ मतदान स्थलबाट ३ लाख ७ सय ३३ जनाले मतदाता रहेकोमा ५५ प्रतिशतले मतदान गरेका छन् । मकवानपुर जिल्लाको १९ वटा मतदान स्थललाई अति संवेदनशी र ६० वटालाई संवेदनशील सूचिमा राखिएको थियो,यद्यपि ती क्षेत्रमा पनि शान्ति रूपमा मतदान सकिएको छ ।
सबै मतदानस्थलहरुमा सुरक्षा व्यवस्था बलियो बनाइएको र मतपेटिका संकलनको लागि निर्वाचन निर्देशिका र सुरक्षा योजना अनुसार हेटौंडा २ स्थिति सिद्धार्थ माबिमा ल्याइदैछ । सिद्धार्थ माबिमा मकवानपुरको मतगणनाको लागि ८ वटा कोठामा तारजाली र सिसिभिटी क्यामरा जडान गरि तयारी अवस्थामा राखिएको छ ।
अहिले मकवानपुरसहित प्रदेशका जिल्लाहरुमा सदरमुकाम टाढाका मतदान केन्द्रबाट मतगणनास्थलसम्म वालेट ल्याउने क्रम जारी रहेकाे बताइएकाे छ ।
मकवानपुर। बागमती प्रदेशको मकवानपुर जिल्लामा बिहानैबाट उत्साहजनक रुपमा मतादान भैरहेको छ । जिल्लाको १६७ मतदान स्थलबाट ३ लाख ७ सय ३३ जनाले मतदान गर्ने छन् ।
मकवानपुर जिल्लाको १९ वटा मतदान स्थललाई अति संवेदनशी र ६० वटालाई संवेदनशील सूचिमा राखिएको छ । सबै मतदानस्थलहरुमा सुरक्षा व्यवस्था बलियो बनाइएको दाबि प्रशासनले गरेको छ ।
बागमती प्रदेशको सबै जिल्लाहरुमा विहानै बाट शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । चिसोको कारण लामो लामो लाइन नभए पनि मतदाताहरुको उल्लाषपूर्ण सहभागीता रहेको छ । १३ जिल्लाको ३३ निर्वाचन क्षेत्रमा रहेको बागमतीमा सबै मतदान स्थलहरुमा सुरक्षा व्यवस्था चुस्त पारीएको छ । प्रदेशमा दल र स्वतन्त्र गरी ६ सयभन्दा बढी उम्मेदवारहरु रहेका छन् ।
केही उम्मेदवारहरु बिहान पहिलो चरणमै आफ्नो मतदान सकेर अन्य मतदान स्थलहरुमा मतदाताहरु भेट्न दौडधुपमा लागेका देखिन्छन् भने केहीले आफूले अन्तिम समयमा मतदान गर्ने भन्दै आफ्नो निर्वाचन क्षेत्रको मतदान स्थलहरुमा पुग्न लागिपरेका छन् ।
प्रदेश निर्वाचन कार्यालय बागमतीका अनुसार यस प्रदेशमा ३४ लाख १२ हजार ८ सय ३९ जना मतदाताहरु रहेका छन् । जसमा अन्य समूदायका २९ जना मतदाताहरु रहेका छन् भने महिला १७ लाख ७ हजार ९ सय ४२ जना रहेका छन् ।
मकवानपुर । प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना स्थलमा तयारी सुरू गरिएको छ । मकवानपुरको मतगणनास्थललाई सुरक्षित विश्वासनीय बनाउन तारजाली घेरेर सिसीटिभी क्यामेरा जडान गरिने भएको छ ।
जिल्लाको २ वटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा सिद्धार्थ माध्यमिक बिद्यालयको ८ वटा कोठामा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिदै गरेको हो ।
मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी क्यामेरा जडानको काम हुँदै गरेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा चितवनमा मतपत्र च्यातिएको घटनाले देशभरका प्रायः सबै मतगणनास्थलमा तारजाली र सीसीटीभी जडान गर्ने गरिएको छ ।मतगणनास्थलको सुरक्षामा ध्यान दिने गरि तारजाली र सीसीटीभी जडान गरिएको निरौलाले जानकारी दिए ।
मकवानपुर क्षेत्र नं १ र २ को मतगणना हेटौंडा २ स्थित सिद्धार्थ माध्यामिक बिद्यालयमा गरिने तयारी भएको छ । २ वटै क्षेत्रको लागि ४/४ ठाउँमा मतगणनाका लागि तयारी गरिएको बताइएको छ ।
जिल्लाको क्षेत्र नम्बर १ ‘क’ मा ७७ हजार ९ सय ८९ जना र ‘ख’ मा ७२ हजार १ सय ६६ मतदाता रहेका छन् । यस्तै क्षेत्र नम्बर २ ‘क’ मा ८३ हजार ०९९ र ‘ख’ मा ६७ हजार ४ सय ७९ गरी ३ लाख ७ सय ३३ मतदाता छन् ।
निर्वाचन सुरक्षाका लागि मकवानपुरमा कुल ३ हजार २ सय सुरक्षाकर्मी खटिएका छन् । जसमा म्यादी प्रहरी १ हजार ६ सय ९९, जनपथ प्रहरी १ हजार ६९, सशस्त्र प्रहरी ४ सय र नेपाली सेना खटिएको मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पाण्डेले बताए ।