मकवानपुर । पर्यटकीय नगर थाहा नगरपालिका आफ्नो क्षेत्रमा आएका पर्यटनकलाई धेरै समय टिकाई राख्न योजना निर्माणमा जुटेको छ ।
पर्यटनलाई आकर्षणसंगै उनीहरूको लागि आवश्यक आधारभूत पुर्वाधारहरूको व्यवस्थापनमा समेत नगरपालिकाले चासो दिन थालेको छ ।
गतबर्ष मकवानपुरको उत्कृष्ट स्थानीय तह घोषित थाहा नगरपालिकालाई आफ्नो पहिचान जोगाउने पनि चुनौती छ । “हामी पर्यटनसंगै आर्थिक सुशासन, शिक्षा, स्वास्थलगायत विकासको पुर्वाधारमा पनि ध्यान दिईरहेका छौ” थाहा नगरका प्रमुख बिष्णु बिष्टले भन्नुभयो ।
हेर्नुस् बिष्टसंगको कुराकानी
दुधको मुल्य प्रतिलिटर कम्तिमा १४ रुपियाँ बढाइने
Tags: No Comments
मकवानपुर । मकवानपुर दुग्ध उत्पादक संघले किसानलाई प्रतिलिटर कम्तिमा १४ रुपियाँका दरले दुधको मुल्य बढाउने तयारी गरेको छ ।
११ हजार दुग्ध उत्पादक किसान आबद्ध रहेको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड मकवानपुरले किसानलाई दुधको मूल्य बढाउने भएको हो । दुधको लागत मुल्य अनुसार हाल प्रति लिटर ३ रुपैयाँ पनि बचत नभएको भन्दै संघले कृषकको लागि आगामी १ गतेबाट दुधको मुल्य बढाउने भएको हो । संघले लामो समयदेखि सरकारलाई दुधको मुल्य बढाउन दबाब दिंदै आएको तर, सरकारले सुनुवाई नगरेपछि आफैंले मुल्य निर्धारण गरेर अघि बढ्न लागेको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कंडेलले बताए । प्रति लिटर कम्तिमा १४ रुपियाँ मुल्य बढाउन सरकारसंग संघलेमाग गर्दै आएको छ ।
“आगामी १ गतेबाट हामी हाम्रा किसानलाई हामीले निर्धारण गरे अनुसारको मुल्य दिन्छौ, हामीबाट दुध किन्ने डेरी उद्योगहरुलाई पनि सोही दर कायम गर्छौ, उहाँहरु राजि भए दुध लैजानु हुन्छ, अन्यथा हामी हाम्रो उत्पादन आफैं व्यवस्थापन गछौं” अध्यक्ष कंडेलले भने । संघले आज एक विज्ञप्ति जारी गर्दै अहिले उठाएको मागबारे सरकारको ध्यानाकर्षण नभएमा आन्दोलनमा उत्रने धम्कि दिएको छ ।
मकवानपुरको संघ अन्तर्गत रहेका ६० वटा प्रारम्भिक दुग्ध उत्पादक सहकारी संस्थाद्वारा दैनिक हाल ११ हजार परिवारको दूध संकलन हुँदै आएको छ । औपचारिक क्षेत्रमा करिव दैनिक ४० हजार लिटर दूध संकलन हुन्छ र दुधबाटै २७ लाखको हाराहारीमा शहरको पूँजी दैनिक गाउँ जान्छ ।
किसानहरुलाई दुधमा आत्मनिर्भर बनाई विदेशमा समेत निर्यात गर्न सक्ने अवस्था रहेकोमा हाल दूधबाट बनेको दुग्धजन्य पदार्थ छुर्पि समेत बाह्य मुलुकमा निर्यात भैरहेकोमा हाल कच्चा दूधको मूल्य बृद्धि नहुँदा समस्या भएको कंडेलले बताए । पशुलाई खुवाउने पराल, दाना चोकर, औषधिलगायतको मूल्य अत्याधिक वृद्धि हुँदा समस्या बढेको उनलेब ताए ।
कृषकहरुले उद्योगबाट समयमा भुक्तानी नपाउनुको कारणले गर्दा फ्लस सिजनमा पनि दूध उत्पादनमा ह्रास आइरहेको उनले बताए ।
“व्यवस्थित एवम सक्षम समाजको स्थापना पशुपालनमा व्यापक सहकारीता ल्याउने हाम्रो मुख्य चाहाना” भन्ने नाराका साथ किसान हितमा आफूहरु लागेको संघका व्यवस्थापक कुमारमणी दाहालले बताए । हाल दुधमा सरकारले तोकेको समर्थन मुल्य ५६ दशमलब ४ रुपियाँ हो । यो दरमा किसानले सहकारी संस्थामा दुध बेच्दा औषत ६० रुपिया प्रतिलिटर पाइरहेका छन् । यो मुल्यमा १४ वा १५ रुपियाँ बृद्धि गर्नुपर्ने माग संघको रहेको व्यवस्थापक दाहालले बताए ।
मकवानपुर । स्वदेशी तरकारी तथा कृषिजन्य उत्पादनलाई प्रोत्साहन गरी विदेशी आयतीत तरकारी तथा कृषि जन्य बस्तुलाई निषेधित गर्न किसानले माग गरेका छन् ।
बिचौलियाको कारण तरकारी उत्पादक किसानले मुल्य नपाउने तर उपभोक्ताले बढी मुल्य तिर्नु परेकोमा बागमती प्रदेशको चितवनका तरकारी किसानले गुनासो गरेका हुन् । उनीहरूले आज प्रदेशको कृषि सहकारी तथा पशुपन्छी मन्त्रालयमा मन्त्री केशव पोखरेललाई ज्ञापनपत्र प्रदान गर्दै यस्तो माग गरेका हुन् ।
प्रदेश सरकारले तरकारी तथा कृषिजन्य वस्तुहरुमा लागत मूल्य भन्दा बजार मुल्य कम गर्ने योजना ल्याएको र आगामी दिनमा किसानलाई प्रोत्साहन प्राप्त हुने कृषि मन्त्री पोखरेलले बताए ।
किसानले सरकारी बीमा संस्थानबाट नै तरकारी तथा कृषिजन्य वस्तू र किसानको स्वतह विमा गर्ने व्यवस्था गरिनुपर्ने, सरकारको माताहतमा रहेको बाँझो जमिनहरुमा खेती गर्ने व्यवस्था गरिनुपर्ने लगायतको माग गरेका हुन् ।
तत्कालिन अवस्थामा रहेको अनुदाननीति खारेज गरि उत्पादन र आधारमा अनुदान दिने नीति ल्याउनु पर्ने, तरकारी तथा कृषि व्यवसायलाई औद्योगिकिरण गर्ने नीति निमार्ण गरी तत्कालै लागू गर्नुपर्ने,
गुणस्तरीय बीउ बिजन, विषाधी र रासायनिक मलको सर्वसुलभ र निर्वादरुपमा किसानको पहूचमा पूग्ने र सरकारी तवरबाट अनुगमन र प्रमाणिकरण गर्ने । व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।
यसैगरी तरकारी बीमा संस्थानबाट नै तरकारी तथा कृषिजन्य वस्तूकी र किसानको स्वतह बीमा गर्ने व्यवस्था हुनुपर्ने, सरकारको माताहतमा रहेको बाझो जमिनहरुमा खेती गर्ने व्यवस्था हुनुपर्ने, कृषि प्राविधिकलाई किसानको बारीमा नै उपलब्ध हुने व्यवस्था हुनुपर्नेमा किसानले माग गरेका छन् ।
मकवानपुर । गाँस, बास, कपास र शिक्षा स्वास्थ्य आधारभूत आवश्यकता पूरा गर्न संविधानले निर्दिष्ट गरेका लक्ष्य प्राप्तिका लागि आवश्यक कदम चाल्नु पर्ने बागमती प्रदेश प्रमुख यादमचन्द्र शर्माले बताएका छन् ।
शर्माले आज बागमती प्रदेशको प्रदेश सभामा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।समाजवादको लक्ष्य प्राप्तिका लागि उद्योग–धन्दाको स्थापना, विकास र रोजगारी सिर्जना गरी समृद्ध प्रदेश निर्माणमा मन, वचन र कर्मले अनवरत लागिपर्नु प्रदेश सरकारको दायित्व भएको उनले बताए ।
“तपाईहरु एउटा यस्तो प्रदेशको गरिमामय सदनमा विधि निर्माताको हैसियतले उपस्थित हुनुहुन्छ, जुन प्रदेशमा लोकतान्त्रिक गणतन्त्र नेपालको संघीय राजधानी रहेको छ, जसलाई मेची–कालीदेखि हिमाल तराईसम्मका जनताको केन्द्र मानिन्छ र जहाँ विश्व सम्पदा सूचीका कैयौं महत्वपूर्ण स्थानहरु रहेका छन्” उनले भने ।
उनले लोकतान्त्रिक संविधानले गरेको व्यवस्था बमोजिम प्रदेशसभा सदस्यहरुको दोस्रो निर्वाचन पश्चात बनेको प्रदेशसभामा निर्वाचित भएर आएका सांसदहरूप्रति बधाई दिए ।
सम्बोधनको पुर्ण पाठ :
सर्व प्रथमतः म यो लोकतान्त्रिक संविधानले गरेको व्यवस्था बमोजिम प्रदेशसभा सदस्यहरुको दोस्रो निर्वाचन पश्चात बनेको यो गरिमामय प्रदेशसभामा निर्वाचित भएर आउनु भएका सम्पूर्ण सांसदहरूप्रति बधाई ज्ञापन गर्न चाहन्छु । तपाईहरु एउटा यस्तो प्रदेशको गरिमामय सदनमा विधि निर्माताको हैसियतले उपस्थित हुनुहुन्छ, जुन प्रदेशमा लोकतान्त्रिक गणतन्त्र नेपालको संघीय राजधानी रहेको छ, जसलाई मेची–कालीदेखि हिमाल तराईसम्मका जनताको केन्द्र मानिन्छ र जहाँ विश्व सम्पदा सूचीका कैयौं महत्वपूर्ण स्थानहरु रहेका छन् । यो गरिमामय सदनमा माननीय सांसदज्यूहरुका माझमा आफूलाई पाउँदा मैले गौरवबोध गरिरहेको छु ।
हाम्रो प्रदेश पाँचहजार वर्ष यताका कला–कौसल, सभ्यता र संस्कृतिका कारण गौरवमय छ । भूगोल र जनसंख्याका दृष्टिले पनि हाम्रो प्रदेश अत्यन्तै महत्वपूर्ण विविधतामा आधारित सहिष्णुताको जगमा विकास र पुस्तान्तरण हुँदै आएको विषयमा सबै माननीय ज्युहरु भलीभाँति जानकार हुनुहुन्छ । अब सिंगो प्रदेशको अग्रगतिका योजना तर्जुमा गर्न तथा समाज र समयको उद्बोधनलाई मनन गर्दै आवश्यक निति, नियम र कानूनको निर्माण एवं परिपालना, छुवाछुत, महिला हिंसा, मानव बेचविखन र लागुऔषधको ओसार–पसारजस्ता विकृति विसंगतिहरुको अन्त्य गर्न दृढ संकल्पका साथ राष्ट्रप्रति जिम्मेवार रही जनताको पक्षमा अविष्मरणीय काम गर्न यो प्रदेशसभा सफल र सक्षम रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।
बागमती प्रदेशसभाको पहिलो कार्यकालमा मुल विधेयकका साथै संशोधन विधेयक, सालबसाली आर्थिक विधेयक र विनियोजन विधेयक समेत गरी जम्मा ७० वटा विधेयकहरु पारित भएका छन् । यस प्रदेशसभाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ तुल्याउन, कर्मचारी प्रशासनलाई प्रभावकारी बनाउन र सेवाग्राहीहरुलाई सर्वसुलभ सेवा उपलब्ध गराउँन आवश्यक पर्ने जनमुखी कानूनहरु निर्माण गरी प्रदेशसभाको सान्दर्भिकतालाई पुष्टी गर्ने नै छ भन्नेमा म विश्वस्त छु ।
गाँस, बास, कपास र शिक्षा–स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्न संविधानले निर्दिष्ट गरेका लक्ष्य प्राप्तिका लागि आवश्यक कदम चाल्नु छ र समाजवादको लक्ष्य प्राप्तिका लागि उद्योग–धन्दाको स्थापना, विकास र रोजगारी सिर्जना गरी समृद्ध प्रदेश निर्माणमा मन, वचन र कर्मले अनवरत लागिपर्नु पनि हाम्रै दायित्वभित्र पर्दछ । जनजीविकाका आधारभूत आवश्यकता पूरा गर्ने सवालमा यदि विगतमा कहीँ कतै कमी–कमजोरी भए–रहेका छन् भने तिनबाट शिक्षा लिँदै नयाँ आयामहरु निर्माण गर्न समय सापेक्ष रुपान्तरणका लागि दृढतापूर्वक अघि बढ्न सक्नुपर्छ । अब टुटेका जीवकोषप्रति विलाप गर्न छाडेर नयाँ कोष निर्माणको समुचित प्रबन्ध गर्नुपर्छ ।
माननीय सदस्यहरू, उत्पादनलाई जनजीविकाको सूत्रमा बाँधी औद्योगिकीकरणसंग जोड्नु हाम्रो प्राथमिकतामा पर्नुपर्छ । हाइड्रोजन प्लान्ट स्थापना गरी उर्जाको क्षेत्रमा वृहत परिवर्तन ल्याउने सम्भावना यो प्रदेशले बोकेको छ । वनहरुको संरक्षण र सदुपयोग गरी हेटौडा वरिपरिका सम्भावित क्षेत्रहरुमा मरिच खेती र नदि किनाराका भिराला पाखाहरुमा चिउरी, केरा, आँप, कटहर, भूँइकटहर, लिची, एभोकाडो जस्ता फलफूल लगाई हाम्रो खानपान शैली परिवर्तन गर्न, अन्न उबार्न र विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।
परम्परागत निर्वाहमुखि कृषि प्रणालीलाई आधुनिक व्यवसायीक कृषि प्रणालीमा रुपान्तरण गर्ने वातावरण निर्माण गरी कृषिक्षेत्रमा आत्मनिर्भर हुने गरी योजना तर्जुमा गर्न विलम्ब गर्नुहुदैन । किसानहरुले उत्पादन गरेको फसलहरुको बजार सुनिश्चित गर्ने,उन्नत किसिमका मल,बिउ–विजन र प्रविधी उपलब्ध गराउने लगायतका किसानमैत्री नीति तर्जुमा गरी बिक्री नभएर सडकमा फसल फ्याँक्नुपर्ने कहालीलाग्दो अवस्थाबाट मूक्त भई निर्धक्कतापूर्वक कृषकले सकेजती उत्पादन गर्ने र सरकारले बजार व्यवस्थापन गरिदिनुपर्छ ।
बजेट निर्माण र विनियोजन प्रणालीमा हिजो र आजबीच तात्विक अन्तर नभएको गुनासो सम्बोधन हुनुपर्छ । हामीले बजेट विनियोजन गर्दा ठूला ठूला जलविद्युत आयोजनाहरु, नमूना कृषि फार्महरु, प्राविधिक शिक्षालयहरु र उद्योगहरुको स्थापना गर्नेतर्फ लक्षित गर्न सक्यौं भनेमात्र रोजगारीका अवसरहरु सृजना हुनेछन्, उत्पादनमा वृद्घि हुनेछ, निर्यात् बढ्नेछ र समग्र देशको अर्थतन्त्रमा देखिएको संकट सामना गर्न मद्दत पुग्नेछ । उत्पादनमा तीब्रता दिँदै जैविक इन्धन आयातमा कटौती गर्ने, चुला चौकाहरुमा विद्युतीय उपकरण जडान गरी सुलभ बिजुली उलपब्ध गराएर ग्यासोलाइनको सट्टा विद्युत उपयोग गर्ने, सिंचाई सुलभताका लागि हर सम्भव प्रयत्न गरी कृषि उत्पादन बढाउने कार्यका लागि नीति र योजना बनाउने जिम्मेवारी पनि प्रदेशसभाकै काँधमा छ ।
प्रदेश सरकारप्रति जनताको आशा र भरोसामा कुनै किसिमको कमी आउन दिनुहुदैन। जनताहरुको आशा एवं विश्वासलाई व्यवहारमा मुर्त रुप दिनका लागि जनमुखी सरकारको अवधारणा अनुरूप प्रदेश सरकारका नीति,कार्यक्रम,बजेट लगायतका विषयमा जनताको हित र न्यायका पक्षमा केन्द्रित रहन प्रदेशसभा सधैं सचेत र क्रियाशील हुन आवश्यक छ ।
सभामुख महोदय, राज्यको महत्वपूर्ण पदमा पुगेका व्यक्तिको सुझबुझपूर्ण र इमान्दार प्रयासले सिङ्गो देशले नै काँचुली फेरेको धेरै देशहरुको उदाहरण हाम्रो सामु छन् । त्यसैले अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ? भन्ने उक्तिलाइ आत्मसात् गर्दै समुन्नत प्रदेश निर्माण गर्ने महाअभियानको थालनी गरी आ–आफ्नो ठाउँबाट दृढ इच्छा शक्तिका साथ इमान्दारीतापूर्वक लागि परौं । हाम्रो सामु चुनौतीका पहाडहरु छन् भने सम्भावनाको क्षितिज पनि खुल्ला छ ।
उपर्युक्त विषयहरुको समुचित सम्बोधन नभई संघीयता सुदृढ हुन सक्दैन र राजनीतिक, आर्थिक एवम् सामाजिक रुपान्तरण हुँदैन । हामीले तय गरेको जिन्दगीको यात्रामा थुप्रै घुम्ती र मोडहरु तथा उतार – चडावहरु थिए । हाम्रो जीवनगाथा बहुआयामिक छ र अनमोल छ । तर अझै पनि हाम्रो जीवनगाथाको अन्तिम पन्ना पल्टाउन बाँकी छ । हामी भयंकर जंगलको यात्रामा हुँदा पनि हाम्रो यात्रा प्यारो थियो, गन्तव्य निश्चि थियो, हामीले जनतासंग प्रतिबद्घता व्यक्त गरेका छौं की निदाउँनु अघि मिलौको दूरी पार गर्नेछौं । अन्त्यमा,यो प्रदेशसभाको कार्यकाल पूर्ण सफल होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।
धन्यवाद ।
मकवानपुर । मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १९ मा बिद्युत सर्ट भएर आगोलाग्दा कुखुरा र खोर नष्ट भएको छ ।
हेटौंडा १९ गुम्बाचोक निवासी जय बहादुर गोलेले संञ्चालन गर्दै आएको जस्ताको छानो भएको कुखुराको फर्ममा अचानक विद्युत लाईन सट भई आगलागी हुदा घटना भएको हो ।
आगोले कुखुराको फर्म पुर्णरुपमा जलेर नष्ट हुदा फार्ममा रहेको ८ सय वटा कुखुराको चल्ला, १५ बोरा दाना नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले बताए ।
आगलागीबाट मानविय क्षेति भने नभएको प्रहरीले जनाएको छ । कुखुरा नष्टहुदा पाच लाख २० हजार बाराबरको क्षेती भएको कार्कीले बताए ।