मकवानपुर । मकवानपुरगढीको पर्यटकीय स्थलको प्रचारप्रसारमा सहयोग पुग्ने गरी संगीतकार चेतन सापकोटाले म्युजिक भिडियो ‘घुम्न जाउँ मकवानपुरगढी’ ल्याएका छन् । मकवानपुरगढी गाउँपालिकामा रहेका पर्यटकीय स्थलमा छाँयाङ्कन गरिएको गीतले मकवानपुरगढीमा रहेका पर्यटकीय स्थलको सुन्दरता र ऐतिहासिक पक्षको वर्णन गरेको छ ।
‘‘सहिदले रगत बगाएको, पूर्खाले विरता देखाएको ठाउँ…’ भन्दै गीतमा मकवानपुरगढी दरबार, ढुङ्गे गढी, रुद्र वाटिका, सालक पार्क, मनकामना मन्दिर, विजय पार्क, ऋषेश्वर, रानि डाँडा, सामरी, मक्रान्चुली, सुकौरा, बुढीचौर, पदमार्ग, फुटसललगायतका स्थानको बयान गरिएको छ ।

