मकवानपुर । नेपाली महिला समाज पोर्चुगलको अध्यक्षमा माया पौडेल खराल चयन भएकी छन् ।जेठ ९ गते (मे २३) भएकाे प्रथम अधिवेशनबाट जुझारु महिला खरालको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएकाे छ।
लिस्बनका लागि अवैतनिक नेपाली महाबाणिज्यदूत मकरबहादुर हमालको प्रमुख आतिथ्यतामा भर्चुअल रूपमा सम्पन्न समाजको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो। अधिवेशनले महिला समाज पोर्चुगलको ३ जना उपाध्यक्षमा सरिता शर्मा र दीपा लिम्बू (एक स्थान पछि पदपूर्ति गरिने), महासचिवमा शान्ति अर्याल अधिकारी, सचिवमा रेनु परियार र देवी घिमिरे, कोषाध्यक्षमा शोभा गिरी, सह-कोषाध्यक्षमा संगिता थापा मगर चयन भएका छन्।

त्यस्तै अधिवेशबाट सदस्यहरुमा अप्सरा बर्तौला, इन्दिरा परियार, सुमित्रा दिवाली, इन्दिरा बस्याल, सीता कडेंल सापकोटा, शान्ता ढुंगाना, रिता ढकाल ,आशा रिजाल, मनिशा दुलाल, शशी शेर्पा, रबिना भाट चयन भएकाे निर्वाचित महासचिव शान्ति अर्याल अधिकारीले बताइन् ।
यसैगरी संस्थाको प्रमुख संरक्षकमा लिस्बनका लागि अवैतनिक नेपाली महाबाणिज्यदूत मकरबहादुर हमाल, संरक्षकमा निवर्तमान अध्यक्ष निर्मला ढकाल र सल्लाहकारहरुमा निवर्तमान कोषाध्यक्ष सुशीला थापा र गीता राना रहेको महासचिव अधिकारीले जनाकारी दिइन् । सुशीला थापाको संयोजकत्वमा गीता राना र निमलामु शेपा रहेको निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिको घोषणा गरेकाे हाे ।

सन् 2019 march 23 मा स्थापना भएकाे महिला समाजले विदेशमा नेपाली कला, संस्कृति, साहित्य, पर्यटनको प्रबर्द्धन र संरक्षण गर्दै प्रचारप्रसार गर्ने, पोर्चुगलमा रहेका सम्पुर्ण नेपाली वा नेपाली मुलका महिलाहरुमा एकता, सद्भाव र समन्वय कायम गरी साझा हितकालागि काम गर्ने, महिलाकालागि महिला ( Women for women) भन्ने भावनाकासाथ महिलाहरुमा परेका समस्या र पीरमार्का समाधान र निराकरण गर्न पहल र प्रयास गर्ने, लैङ्गिक विभेद, सामाजिक आर्थिक असमानता, महिला हिंसा, यौन शोषण तथा कुनैपनि खालको अन्यायका विरुद्ध ससक्तरूपमा आवाज उठाउने, महिला जागरण र सशक्तीकरणकालागि अभियान संचालन गर्ने, महिलाहरुमा भएका अनुभव, सीप, कला, ज्ञान, दक्षतालाई आदानप्रदान गर्ने उदेश्यले समाज गठन गरिएकाे महासचिव अर्याल अधिकारी बताउँछिन् ।
यस्तै पोर्चुगल र अन्य देश तथा ठाउँका महिला हकहितका पक्षमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंग सम्बन्ध बिस्तार र सहयोग आदानप्रदान गर्ने, सीपमूलक तालिम प्रारम्भिक स्वास्थ्य शिविर नियम बमोजिम संचालन गर्ने, सामाजिकरूपमा कठिनाइ भोगिरहेका र किनारामा पारिएका महिलाहरुलाई सहयोग र उद्दार गर्ने, पोर्चुगल, नेपाल र विश्वव्यापीरूपमा हुने महिला अभियान र सशक्तीकरण आन्दोलनलाई नैतिक, भौतिक,आर्थिक सहयोग समर्थन र एक्यवद्धता जनाउने, असाहाय महिला, बालबालिका बृद्दबृद्दा र पिचाडिएको वर्ग समुदायलाई सक्दो सहयोग पुर्याउने लगायतका समाजका उदेश्यकाे रहेकाे छ ।

उद्घाटन कार्यक्रममा एनआरएनए आइसिसीका सहकोषाध्यक्ष लोक दाहाल, पोर्चुगलका नेपाली पर्यटनदूत रमेश गुरुङ एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरे, वरिष्ठ कानुनविद् राजेन्द्र शर्मा, अधिवक्ता शारदा पौडेल, नेपाल पोर्चुगिस नागरिक महिला अगुवा, जुन्ता फर्गेसियाका प्रतिनिधिहरु लगायत पोर्चुगलस्थित विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधि, पत्रकार, व्यवसायी लगायत नेपाली समुदायका दर्जनौं व्यक्तिहरूकाे आतिथ्यता रहेकाे थियाे ।
समाज स्थापनाकालदेखि संस्थालाइ महत्त्वपूर्ण सहयोग पुर्याउने गैरआवासीय नेपाली सङ्घ (एनआरएन) केन्द्रीय सहकोषाध्यक्ष लोकप्रसाद दाहाल, वरिष्ठ कानुनविद् राजेन्द्र शर्मा, अधिवक्ता शारदा पौडेल, पोर्चुगलमा पहिले नेपाली प्रचालीका इन्दिरा ब्यञ्जनकार श्रेष्ठ, सौन्दर्यकर्मी मीरा कार्की, मनोज भट्टराई र अनु क्षेत्रीलाई सम्मान समेत गरिएकाे गरेको थियो। सो अवसरमा विभिन्न महानुभावहरुलाइ सम्मान समेत गरिएको महासचिव शान्ति अर्याल अधिकारीले जानकारी दिइन् ।
समाजकी तत्कालीन अध्यक्ष निर्मला ढकालको अध्यक्षमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य तत्कालीन उपाध्यक्ष माया खरेल र संचालन तत्कालीन महासचिव सरिता शर्माले गरेकी थिइन्।

