मकवानपुर । निर्वाचन आयोगले आचारसंहिता विपरीत मौन अबधिमा मत मागेकोमा ध्यानाकर्षण गराएको छ । केही व्यक्तिले विज्ञप्ति नै निकालेर मत मागेको भन्दै निर्वाचनले आचारसंहिता पालन गर्न ध्यानाकर्षण गरेको हो ।
नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि हुने राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई मतदान गर्न आह्वान गरेका छन ।
बुधबार एक अपिल जारी गर्दै ओलीले सूर्य चिन्ह लिएर उम्मेद्वारी दिएका थापालाई मतदान गर्न पार्टी पंक्तिलाई आह्वान गरेका हुन् । यसै गरि राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत आफ्ना प्रदेश सभा सदस्य र स्थानीय तहका निर्वाचित जनप्रतिनिधि लाई बादलको पक्षमा मतदान गर्न विज्ञप्ति निकालेर भनेको छ । एमाले उम्मेदवार रामबहादुर थापा (बादल)को पक्षमा विज्ञप्ति निकालेर मत मागेको दिन आयोगले ध्यानाकर्षण गराउदै चासो देखाएको हो ।



बागमती प्रदेशको भोलि हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि जेठ ३ गते राति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको छ ।


