मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयकाका अनुसार १६ हजार ६ सय ५८ पीसीआर परीक्षणबाट ७ हजार ३ सय ८८ र ५ सय १८ एन्टिजेन परीक्षणबाट ६० जनामा काेराेना संक्रमण पुष्टि भएको हो । याेसँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ जना पुगेको मन्त्रालयले जानकारी दिएकाे छ । जसमध्ये ५४ हजार ४१ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ५० हजार १ सय ७२ जना होम आइसोलेसनमा र ३ हजार ८ सय ६९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा काेराेना संक्रमणमुक्त हुनेको संख्या २ हजार २१ जना रहेकाे छ । छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ । याे सँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ६२ पुगेको छ । हाल उपचाररत संक्रमितमध्ये ५ सय ७८ जना आईसीयूमा र १ सय ४२ जना भेन्टिलेटरमा रहेका छन् ।
काठमाडौं उपत्यकामा १ हजार १ सय ८१ जना अस्पतालमा उपचाररत छन् । जसमध्ये १ सय ७१ जना आईसीयूमा र ५६ जना भेन्टिलेटरमा रहेका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
स्वास्थ मन्त्रालयका अनुसार संक्रमितकाे जिल्लागत विवरण
संक्रमितमध्ये बैभन्दा बढी संघीय राजधानी समेत रहेको बागमती प्रदेशमा ४ हजार १ सय ३२ जना छन् भने लुम्बिनी प्रदेशमा १ हजार ५ सय १८ जना संक्रमित थपिएका छन् । पछिल्लाे २४ घण्टामा प्रदेश १ मा ५ सय ८७ जना, गण्डकी प्रदेशमा ५ सय २८ जना, प्रदेश २ मा ३ सय २७ जना, सुदूरपश्चिम प्रदेशमा २ सय ५४ जना कर्णाली प्रदेशमा ५२ जना संक्रमित थपिएका छन् ।
प्रदेश १ को इलाममा ४, उदयपुरमा १२, खोखलढुंगामा २, खोटाङमा ६, झापामा ४८, ताप्लेजुङमा ४, तेह्रथुममा ५, धनकुटामा १०, पाँचथरमा ३, भोजपुरमा ४, मारङमा ३६२, सङ्खुवासभामा १३, सुनसरीमा १ सय १२ र सोलुखुम्बुमा २ जना संक्रमित थपिएकाे छन् । प्रदेश २ को धनुषामा ९७, पर्सामा ९७, बारामा १८, महत्तोरीमा ३०, रौतहटमा १७, सप्तरीमा २१, सर्लाहीमा २० र सिरहामा २७ जना संक्रमित थपिएका छन् ।
त्यस्तै बागमती प्रदेशको काठमाडौंमा २ हजार ९ सय २२, काभ्रेपलाञ्चोकमा १ सय १९, चितवनमा १ सय ७५, दोलखामा २, धादिङमा २५, नुवाकोटमा ३९, भक्तपुरमा २ सय २२, मकवानपुरमा ४४, रसुवामा ४, रामेछापमा १० जना, ललितपुरमा ५ सय २२, सिन्धुपाल्चोकमा ३२ र सिन्धुलीमा १६ जना संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेशको कास्कीमा ३ सय ५५, गोर्खामा ३१, तनहुँमा १८, नवलपरासी पूर्वमा २४, पर्वतमा १४, मुस्ताङमा २, म्याग्दीमा २४, लमजुङमा २० र स्याङ्जामा ३१ जना संक्रमित थपिएका छन् ।त्यसैगरी लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २४, कपिलवस्तुमा १ सय १५, गुल्मीमा १९, दाङमा १ सय २, नवलपरासी पश्चिममा ४२, पाल्पामा ९३, प्युठानमा ८, बर्दियामा ४४, बाँकेमा ४४०, रुकुमपूर्वमा २, रुपन्देहीमा ६ सय १९ र रोल्पामा १० जना संक्रमित थपिएका छन् ।
यस्तै कर्णाली प्रदेशको कालिकोटमा २, जुम्लामा १५, दैलेखमा ५, मुगुमा २, रुकुमपश्चिममा १, सल्यानमा १२, सुर्खेतमा ३ र हुम्लामा २ जना संक्रमित थपिएका छन् । साथै सुदूरपश्चिम प्रदेशको अछाममा ६, कञ्चनपुरमा ६०, कैलालीमा १२७, डडेल्धरामा २६, डोटीमा २, दार्चुलामा ३, बझाङमा १, बाजुरामा १ र बैतडीमा २८ जना संक्रमित थपिएका छन् ।

