मकवानपुर । नेपालमा थप एकैदिन ४ हजार ८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ८ सय ३४ जनाको परीक्षण गर्दा ४ हजार ८ सय ९७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा १३ हजार ८ सय ७९ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ७ सय ७७ जना र ९ सय ५५ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय २३ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा कुल संक्रमितमध्ये हाल ३० हजार २ सय ९ जना सक्रिय संक्रमित छन्। हाल ५४ जना संक्रमित क्वारेन्टा्रइनमा छन्।
त्यस्तै, पछिल्लो २४ घण्टामा ७ सय ७३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

