मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा रहेर राष्ट्रलाई योगदान पुर्याएकाहरुलाई बुधबार शीतल निवासमा आयोजित सुशोभन समारोहमा ४ सय ५२ जनालाई मानपदवीसहित विभूषित गरेकी छन् ।
गत असोज १ गतेको मन्त्रिपरिषदको निर्णयानुसार २०७७ साल असोज ३ गते संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएकामा घोषित विभूषणमध्ये मानपदवी प्राप्त ४ सय ५२ जनालाई वैशाख १ गते विभूषित गरिएको हो ।
मानपदवीतर्फ सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीमा १, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणीमा ३, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीमा ७, सुप्रबल जनसेवाश्री तृतीय श्रेणीमा ८६, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीमा ८, प्रबल जनसेवा श्री चतुर्थ श्रेणीमा २ सय ४२, जनसेवाश्री पञ्चम् श्रेणीमा १ सय ४ तथा अलंकारतर्फ १ सय १४, पदकतर्फ २७ गरी जम्मा ५ सय ९३ जनालाई विभूषण प्रदान गर्ने निर्णय सरकारले गरेको थियो ।

