मकवानपुर । नेपाल स्वास्थ्य सेवाका पारामेडिक्स र नर्सिङ समूहतर्फका गरी २ सय ७४ जनाकाे स्तरवृद्धि भएकाे छ । स्वास्थ्य सेवा विभागले उनीहरू कार्यसम्पादन मुल्याङ्कनको आधारमा स्तरवृद्धि गरेको हाे । विभागले पारामेडिक्स तथा नर्सिङतर्फका स्वास्थ्यकर्मीको स्तरवृद्धि भएको जानकारी दिएकाे छ ।
विभागले २०७७ साल असार र पुषा महिनामा स्तरवृद्धीका लागि फाइल दर्ता प्राप्त कागजातहरूका आधारमा पारामेडिक्स तथा नर्सिङतर्फका स्वास्थ्यकर्मीको स्तरवृद्धि गरेको जनाएकाे छ । पारामेडिक्स समूह तर्फ सहायक चौथो तहका १ सय १३ जनाको पाचौं तहमा स्तरवृद्धि भएकाे छ भने पाँचौ तहबाट १ सय ७ जनालाई छठौं तहमा स्तरबृद्धि गरेको विभागले जनाएको छ । नर्सिङ समूह तर्फका पाचौं तहका ५४ जनाको छैठौं तहका स्तरबृद्धि विभागले गरेको हो ।

