मकवानपुर । मकवानपुरका स्थानीय सरकारको सहयोगमा स्थानीय तह शहिद स्मृति फुटबल प्रतियोगिता फागुन २७ गते देखि चैत ७ गते सम्म हेटाैडामा हुने भएकाे छ ।
साेममबार प्रतियाेगिता सम्बन्धमा जानकारी दिन अायाेजित पत्रकार सम्मेलन धेरैजसो तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । आयोजकले प्रतियाेगिताकाे खेल तालिका समेत सार्वजनिक गरेको छ । खेलको कलाकार सिताराम कट्टेल (धुर्मस) र कुन्जना घिमीरे(सुन्तली) ले उद्घाटन् गर्ने तयारी गरिएको बताइएकाे छ ।
मकवानपुर जिल्ला फुटबल संघले पत्रकार सम्मोलन गरी स्थानीय तह शहिद स्मृती मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता तेस्रो संस्करण फागुन २७ गते देखी शुरु हुने जानकारी दिएको हो । शहीद स्मृति गोल्डकप प्रतियोगिता दश वर्ष अघिबाट हेटौंडामा प्रारम्भ भएको थियाे ।२०६२/०६३ को जनआन्दोलनका शहीदहरुको स्मृतिमा हेटौंडामा पहिलो पटक थालिएको गोल्डकपको याे तेश्रो संस्करण भएको बताइएकाे छ ।

विभिन्न प्रायोजकहरुको नाम राखेर सञ्चालन हुँदै आएको प्रतियोगिताका लागि यस वर्षबाट जिल्लाका १० वटा स्थानीय निकायले सहयोग गरेका छन् । स्थानीय तहको सहयोगबाट प्रतियोगिता सञ्चालनको तयारी थालेको मकवानपुर फुटबल संघले यस वर्षबाट खेललाई ‘स्थानीय तह शहीद स्मृति गोल्डकप’ नामाकरण गरेको प्रतियोगिताका संयोजक प्रताप बिष्टले जानकारी दिए।
प्रतियोगितामा नेपालका ए–डिभिजनका क्लबहरु र विदेशी क्लब समेत गरी सहित १० वटा टोलीको सहभागिता रहने कार्यक्रम संयोजक विष्ठले जानकारी दिए । प्रतियोगिता हेटौंडा उपमहानगरपालिका वडा नंम्बर–१० मा रहेको बनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा हुनेछ ।
प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्ने आयोजकले जनाएकाे छ । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफि सहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोउत्कृष्ट हुने खेलाडी नगद ट्रफिसहित नगद ५० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलमा एकजनालाई म्यान अफ दी म्याचबाट १० हजार पुरस्कृत गरिने भएको छ।
स्थानीय सरकारको आर्थिक सहयोगमा हुने प्रतियोगिताको अनुमानित लागत ९४ लाख ४० हजार ५ सय रहेको संयोजक बिष्टले बताए । यसअघि एन्फा क्यालेन्टर अनुसार प्रतियोगिता गर्न नसकी मिति सार्दा कोरोना भाइरसका कारण प्रतियोगिता स्थगित हुन पुगेको थियो ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा २०६४ सालमा राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो संस्करण आयोजना गरिएको थियो । पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो ।

