मकवानपुर/कृतिम बौद्धिकताको कारण आधारभूत मानव अधिकार प्रत्याभुतमा समेत चुनौती सिर्जना भएको बताइएको छ ।
छिटोछरितो कामको लागि भित्र्याइएका प्रविधिले मानवअधिकार प्रत्याभूत गर्नमा समेत चुनौती देखिएको निक्यौल गरिएको हो । प्रविधिसँगै भित्रेका साधनका कारण मानवीय गोपनियताको हक, समानताको हक, सही सूचना प्राप्त गर्ने हक समेत हनन भएको हेटौंडामा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका हुन् ।
इन्सेक बागमती प्रदेश, आई.सी.एन.एल. र सोच नेपालको आयोजनामा भएको कृतिम बौद्धिकता तथा मानव अधिकार बिषयक प्रदेश स्तरीय कार्यशाला गोष्ठीमा यस्तो चर्चा गरिएको हो ।
रोबर्टलगायतको कृतिम सामग्रीको कारण सामाजिक सुरक्षाको पाटो समेत कमजोर बन्दै आएको सहभागीहरुले बताएका हुन् । कृत्रिम बौद्धिकता भिœयाउँदा कहिलेकाँही द्वन्द्वलाई प्रोत्साहन हुने, रोजगारी प्राप्तिमा समस्या हुने जस्ता चुनौति भएको आइ.सी.एन.एल.का नेपाल प्रतिनिधि उत्तम उप्रेतीले बताए ।
प्रविधिको कारण मानिसहरुले परिश्रम गर्न छाडेको र मानवीय सोचाइ तथा परिकल्पनाको रफ्तार समेत कम हुदैं आएको उप्रेतीले बताए । ‘गलत सूचनाले समाजमा गहिरो प्रभाव पार्न थालेको छ’कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उप्रेतिले भने ।

प्रदेश राजधानी हेटौंडामा आयोजना गरिएको कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश संयोजक कृष्ण गौतम, सिविन बाल हेल्प लाइन मकवानपुरका प्रमुख झविन्द्र ज्ञावली, अधिवक्ताहरु मनप्रसाद भट्टराइ, अप्सरा बस्नेत, सञ्चारिका समूह नेपाल, बागमती प्रदेश संयोजक सरिता दाहाल, डेक नेपालका मानबहादुर वाइवा, दलित महिला संघकी मञ्जु बिक, अधिकारकर्मीहरु कमलकुमार बिक, अर्जुन ढकाल, दीपेन्द्र ढकाल, जमुना तितु·लगायतको उपस्थिती थियो ।
कृतिम बौद्धिकता र मानव अधिकार बारे सातै वटा प्रदेशमा छलफल सकिएको र अब संघीय सरकारलाई सुझाव बुझाइने उप्रेतीले बताए ।

