मकवानपुर/राज्यले हरेक नागरिकको स्वास्थ र शिक्षाको सामाजिक सुरक्षाकाे सवालमा राज्य पुर्ण जिम्मेवार हुनुपर्ने बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले बताएका छन् ।
राज्य आफू सक्षम हुँदै नागरिकको सामाजिक सुरक्षाको पाटोमा लाग्नुपर्ने बानियाँले बताए । सामाजिक सुरक्षा कार्यक्रमको वर्तमान अवस्थ चुनौती र अवसर बिषयक प्रदेश स्तरीय छलफल कार्यक्रम हेटौंडामा आयोजना गरिएको कार्यक्रममा बानियाँले यस्तो बताएका हुन् ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलले सरकारले अभिभावकत्वको अनुभुत गर्ने सक्नुपर्ने बताइन् । सामाजिक सुरक्षा क्षेत्रमा गरिएको लगानी र खर्चको सवालमा समिक्षा नगरे समाजबाद उन्मुख बाटोमा लाग्न समस्या हुने उनले बताइन् । ‘सडक बाटो पुल मात्रै विकास हैन, सामाजिक विकासमा पनि लगानी गरौं’ उनले भनिन । गाउँपालिका नगरपालिकाले स्कुलमा खाजा खुवाउने कार्यक्रम राख्दा विद्यार्थीको ड्रप आउट कम भएको सन्दर्भलाई जोड्दै सांसद सिग्देलले भनिन् ‘विगतको कार्यक्रमको समिक्षा गरेन भने लागनीको अर्थ रहदैन ।’ दुई बर्ष पहिले अभिभावकत्व ग्रहण गरेका माननीयहरुको बालबालिकाको अवस्था के छ भन्नेबारे खोजि गर्नुपर्ने उनले बताइन् । यसैगरी बागमती प्रदेश सभा सदस्य सन्तराम चेपाङले प्रदेश सरकार लक्ष्यित वर्गको सुरक्षामा सधै लागि परेको बताए ।

कार्यक्रममा बागमती प्रदेश नीति तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्यामकुमार बस्नेतले बालबालिकाको संरक्षणको कुरा संविधानले नै समेटेकोले प्रदेश सरकारले पनि उच्चप्राथमिकतामा राखेको बताए । बागमती प्रदेश सरकारले गर्ने काममा सरोकारवालाहरुको सल्लाह सुझावलाई मनन गर्ने कार्यवाहक उपाध्यक्ष बस्नेतले बताए । स्थानीय क्षेत्रको स्रोतको संभाव्यता खोजि गर्नमा प्रोत्साहन गरिरहेको उनले बताए । ‘सरकारले गरेन भन्ने मात्रै हैन, बालबालिकाको स्वास्थको लागि अभिभावक आफैंले पनि आफ्नो घरबाट नै पनि सोचबिचार गरौं, प्याकेजको खाजा हैन, घरमा बनाएर खाजा दिने गर्नोस्’ बस्नेतले भने ।

कार्यक्रममा सहभागीहरुले पनि सामाजिक सुरक्षाको क्षेत्रमा लगानी गरिदै आएको लगानी र खर्चको विश्लेषण आवश्यक भएको बताइएको थिए । आर्थिक उपार्जनमा संलग्न हुन नसक्ने समूहको लागि सरकारले गर्दै आएको खर्च र बालबालिकाको लागि गरिदै आएको लगानी बारे गहिरो विश्लेषण आवश्यक भएको बताइएको हो । प्रभाकारी र बिस्तारित सामाजिक सुरक्षाको लागि अब सबै तहका व्यक्तिले सोच्नुपर्ने, बिशेषगरी बालबालिकाको क्षेत्रमा लगानी बढाउन पर्ने, संघीय संरचनामा स्थानीय, प्रदेश तथा संघीय सरकारले समताको आधार आवश्यकता र असर विश्लेषण गरेर बालसंबेदनसिल सामाजिक सुरक्षा कार्यक्रम ल्याइनु पर्ने कार्यपत्र प्रस्तुतकर्ता ज्ञनेन्द्रकुमार श्रेष्ठले बताए । बालबालिकाको क्षेत्रमा लगानी गर्दा राज्यले गरिबी र जोखिमताभित्र बाल जोखिमताको संबेदनशिलतालाई सूक्ष्म रुपमा ध्यान दिनुपर्ने श्रेष्ठले बताए ।
नेपालमा हाल ज्येष्ठ नागरिक, एकल महिला, बिधवा महिला, अपाङ्ग , लोपोन्मुख जातजाति, बालपोषण तथा ज्येष्ठ नागरिक स्वास्थ्योपचार भक्ता जस्ता शिर्षकमा सामाजिक सुरक्षा भक्ता वितरण गरिदै आएको छ । यसको लागि चालू आ.व मा पनि ६७ अर्व ५० करोड विनियोजन गरिएको छ । हाल वितरण हुँदै आएको सामाजिक सुरक्षा तर्फको खर्च तथा लगानीमा हेरफेर गर्नुपर्ने माग सहभागिहरुले गरेका छन् ।
सरकारले ल्याएको सामाजिक सुरक्षाको कार्यक्रममा पुनरावलोकन गर्नुपर्ने, विगतमा भएको लगानिको समिक्षा गर्नुपर्ने जरुरत रहेको सहभागीले बताए । योगदानमा आधारित सामाजिक सुरक्षा र राज्यद्वारा संरक्षणमा आधारित सामाजिक सुरक्षाकोमा समिक्षा गरेर ऐननियम समेत फेरबदल गर्नुपर्ने ट्रेड युनियन बागमती प्रदेश सचिब अर्जुन अर्यालले बताए । बजेट विभिन्न क्षेत्रमा छर्नु भन्दा उमेर हद तोकेर एकमुष्ट रुपमा ठोस कार्यक्रम ल्याउनु पर्ने उनले बताए ।
प्रदेश स्तरीय छलफल कार्यक्रम हेटौंडामा सम्पन्न गर्नको लागि बाल कल्याण समाज मकवानपुरले संयोजन गरेको थियो । बालबालिकाको सवालमा सबै क्षेत्रले सुक्ष्म ढंगले संवेदनशिल भएर कार्यक्रम तथा योजनाहरु बनाउनु पर्ने बाल कल्याण समाजका प्रमुख प्रकाश खतिवडाले बताए ।

