मकवानपुर । मकवानपुर प्रहरीले मोटरसाइकल चोरी गर्ने ३ जनालाई मोटरसाइकल सहित पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले गत माघ ३० गते चेकजाँचको क्रममा चोरी भएको मोटर साइकल सहित चोरी गर्ने पक्राउ गरेका हुन ।
मोटरसाइकल सहित चोरी कार्यमा संलग्न सर्लाही बागमती नगरपालिका १२ बस्ने २० बर्षीय टेक बहादुर गोले, सर्लाही लालबन्दी- १४ बस्ने वर्ष २७ बर्षीय जनक तामाङ र सिन्धुली मरिण गाउँपालिका-८ बस्ने २० बर्षीय निकेस वाईवालाई पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्।
हेटौडा १५ का शेर बहादुर पाख्रिनले बागमती प्रदेश ०३-००२ प ०५१६ नम्बरको मोटरसाईकल हेटौँडा-४ स्थित घर अगाडी पार्कीङ गरी राखेको ठाउँबाट चोरी भएको भनि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिएको निवेदनको आधारमा खोजि कार्य गर्दा उनीहरुलाइ पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
त्यस्तै उक्त मोटरसाइकल चोरीमा संलग्न सिन्धुली मरिण घर भएका सुरज तामाङको खोजतलास कार्य भईरहेको डिएसपी रानाले बताएका छन्। पक्राउ परेकालाई मुद्दा दर्ता गरी आवश्यक कारवाही र अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

