मकवानपुर । शहीद दिवसको अवसरमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शहीद सम्मानका लागि छुट्टै नीति तर्जुमा गरिने समेत बताएका छन्। शहीद दिवसका उपलक्ष्यमा शहीद स्मारक विकास समितिद्वारा शुक्रबार स्मारक परिसरमा भएको कार्यक्रममा बोल्दै शहीदका सपना साकार पार्न प्रमुख दलले आपसी वादविवाद होइन, जनता र राष्ट्रप्रति जवाफदेही हुनुपर्ने अवस्था आएको बताए ।
बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईं र मुख्यमन्त्री पौडेलले अमर शहीद स्मारकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली अर्पण समेत गरेका थिए । कार्यक्रममा बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले शहीदले गरेको त्यागलाई उच्च सम्मान गर्नुपर्ने बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, समितिका उपाध्यक्ष रामेश्वर रानाले मन्तव्य व्यक्त गरे ।
हेटांैंडा उपमहानगरपालिका–११ स्थित थानाभ¥याङबाट निस्केको ¥यालीले शहीद स्मारक पुगी शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको थियो । कार्यक्रममा विभिन्न दलहका नेता एवं सुरक्षा निकायका उच्च पदस्थ अधिकृतले अमर शहीदको स्मारकमा पुष्पगुच्छा अर्पण गरे । सोही अवसरमा नेपाली सेनाको एक टुकडीले सम्मान अर्पण गरेको थियो ।






