मकवानपुर । मकवानपुर प्रहरीले राक्सिराङ गाँउपालिकामा लगाइएकाे गाँजा खेती र अफिम खेती नष्ट गरेकाे छ । ३० विगाहामा लगाइएकाे गाँजा खेती र ५ विगाहामा लगाइएकाे अफिम खेती नष्ट गरिएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।

पुष ४ गते शनिवार जिल्ला प्रहरी मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारी र इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक बिनोद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले राक्सिराङ गाँउपालिका वडा नं. ३ र ४ को लावती, लाङती, आले र तर्सिकोट लगायत स्थानहरुमा ३० बिगाहा लागुऔषध गाँजा खेती र ५ बिगाहा लागुऔषध अफिम खेती फडानी गरी नष्ट गरेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए।

