- प्रकाश खतविडा
यो बर्ष हामी २५ नोभेम्बर देखि १० नोभेम्बर २०२० सम्म तदनुसार बिसं २०७७ सालको मंसिर १० देखि २५ सम्म १६ दिने अभियानको रुपमा लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति, समाज र सबैको ऐक्यबद्धता भन्ने राष्ट्रिय नाराका साथ मनाईरहेका छौं ।
शारीरिक वा मानसिक क्षति वा पिडा पु-याउने उद्धेश्यले कुटपिट गर्ने, रुखो र निर्मम व्यबहार गर्ने, हकार्ने, गालि गर्ने, निन्दा गर्ने, बेईज्जती गरेर आत्म सम्मानमा चोट पु¥याउने कार्य नै हिंसा हो । हिंसा हुनको लागि काटमार, घाउचोट, अंगभंग, नै हुनु पर्छ भन्ने छैन । मनसिक रुपमा वा सामाजिक मर्यादामा आधात पर्ने काम भयो भने त्यो पनि हिंसा नै हुन्छ । लैङ्गिकतामा आधारित हिंसा भनेको के हो त भने बृहत अर्थमा “सामाजिक तथा निजी स्थानमा महिलालाई गरिने शारिरीक, मानसिक, यौनिक क्षति वा दबाबका साथै उनीहरुको स्वतन्त्रतामा रोक लाग्ने लाग्न सक्ने सम्भावना भएका कुनै पनि कार्यलाई लैङ्गिकतामा आधारित हिंसा भनिन्छ” ।
हामी दिनहु जसो रेडियो, छापा र समुदायमा महिला हिंसाका घटनाहरु सुन्ने र देख्ने गरिरहेका हुन्छौं । यदाकदा हामि हाम्रो घरपरिबारमा पनि यस्ता घटना बाट मर्माहत हुन पुग्दछौ । यो सबैमा परिरहेको समस्या हो ।
लैङ्गिकतामा आधारित हिंसा कानुनी अपराध हो । यो समस्या हाम्रो समाजमा प्रसस्त मात्रामा पाईने समस्या भएपनि यसलाई केबल पारिवारिक सदस्यहरुका बिचको सामान्य विवादको रुपमा मात्र लिईन्छ । अझ स्पष्ट रुपमा भन्नु पर्दा जनसमुदाय वा समाजका जिम्मेवार पक्षबाट नै निराकरणका पाईला चाल्नु पर्नेमा यस प्रकारको हिंसालाई समस्याको रुपमा नहेरि केबल व्यक्तिगत र पारिवारिक चासोको विषयको रुपमा हेरिन्छ ।
लैङ्गिकतामा आधारित हिंसाले महिलाको स्वास्थ्यमा गम्भिर असर पर्ने हुदा यसको बिरुद्धमा सबै क्षेत्रका मानिसहरु खासगरि पुरुष वर्गको सहभागिता आवश्यक ठानिएको छ । लैङ्गिकतामा आधारित हिंसा मानब अधिकारको उल्लंघन तथा एक अपराधिक कार्य हो भन्ने सबैले बुझन जरुरी छ ।
लैङ्गिकतामा आधारित हिंसाका लागि गरिबि, अशिक्षा, कुरिति, कुसस्कार, पितृसत्तात्मक सोच, असमानता र सामाजिक न्यायको अभाब नै कारक तत्वको रुपमा रहेको पाईएको छ । हाम्रो समाजमा प्रशस्त लैंंगिक बिभेद छ । यसको तितो अनुभुति बाट हामी सबै प्रताडित छौ ।
यस्ता थुप्रै थुप्रै कथा ब्यथाहरु छन् जसलाई पार लगाउन पुरुषको चेतनाको स्तर बृद्धि गर्नुका साथै सार्थक सहभागिता आबश्यक देखिन्छ ।
नेपाल कैयौ अन्तराष्ट्रिय मानब अधिकारको दस्ताबेजको पक्ष राष्ट्र हो । जसमध्ये महिला अधिकार महासन्धि को पनि पक्ष राष्ट्र हो । राष्ट्रिय स्तरमा पनि विभिन्न दस्ताबेज मार्फत लै·िकतामा आधारित हिंसा अन्त्यका लागि प्रतिबद्धता जाहेर गरेको छ । ससस्त्र संधर्षको नाममा महिला र बालिकाले कुनै पनि हिंसाको सिकार बन्न नपरोस भन्नाका खातिर राष्ट्र संघ सुरक्षा परिषदको १३२५ र १८२० प्रस्ताबलाई नेपाल सरकारले पूर्ण पालनाको प्रतिबद्धता समेत गरेको अबस्था छ ।
नेपाल भित्र पनि लैङ्गिकतामा आधारित हिंसा अन्त्यका लागि कानुनी प्राबधान छ । नेपालको संबिधान २०७२ को धारा ३८ महिलाको अधिकारमा भएको ब्यबस्था र घरेलु हिंसा (कसुर तथा सजाय) ऐन २०६६मा भएको कानुनी ब्यबस्था राम्रो छ तर कायान्वयन को पक्ष फितलो छ । यसो हुनुमा हाम्रो कृयाशिलताको पक्ष र पुरुष बर्गलाई कत्तिको सार्थक सहभागिता गर्न सकियो भन्ने पनि रहन्छ ।
लैङ्गिकतामा आधारित हिंसा अन्त्यका लागि मेन ईगेज एलायन्स पनि नेपालमा कृयाशिल छ । यो एलायन्स २००७ मा गठन भएको हो ।
लैङ्गिक हिंसा अन्त्य,लैङ्गिक समानताको स्थापना तथा समाजमा बिधामान नकारात्मक पुरुषत्वको रुपान्तरणमा भुमिका खेल्ने ध्येयका साथ कृयाशिल ब्यक्ति तथा संगठन हरुको साझा संजाल हो । यसको गठन भएपछि विभिन्न महिला हिसां विरुद्ध कृयाशिल पुरुष र युवालगायतका ब्यक्ति र सस्थाहरु एकिकृत भई महिला हिसां बिरुद्धको अभियानमा एक जुट हुन सकेका छन् । सेतो रिबन अभियान, महिला हिसां बिरुद्धको १६ दिने अभियान तथा अकुपाई बालुबाटार जस्ता लैङ्गिक हिसां बिरुद्धको अभियानमा महिलासंगै पुरुष तथा युबाहरु हातेमालो गर्ने क्रम बढिरहेको छ । पुरुष तथा युबाहरुलाई हिसां बिरुद्ध उभ्याउन तथा उनिहरुको सकारात्मक भुमिका अभिवृद्धि गराउन यो संजाल उपलब्धि मुलक देखिएको छ । सन् २०१० लाई महिला हिसां बिरुद्धको हिसां अन्त्यको बर्ष घोषणा गर्ने नेपाल सरकारको निर्णयका लागि पनि यो एलायन्सले महत्वपुर्ण भुमिका निर्बाह गरेको थियो ।
नेपाल सरकारको लैङ्गिक हिंसा अन्त्य सम्बन्धि राष्ट्रिय कार्ययोजनालाई सफल बनाउन मेन ईंगेज एलायन्सले महत्वपुर्ण कार्यहरु गर्दै पनि आईरहेको छ । एलायन्सले गर्ने कार्यहरु यस प्रकार छन् :
१. महिला तथा किशोरिहरु बिरुद्धको हिसां अन्त्य गर्ने,
२. यौनिक अल्पसंख्यकका अधिकारका लागि बकालत,
३. पुरुष तथा युबा हरुको बिचमा हुने हिसां न्युनिकरण
४. बाल यौन शोषण, यौन दुव्र्यबहार, तथा मानब बेचबिखनको रोकथाम र नियन्त्रण
५. लैङ्गिक हिसांलाई प्रश्रय दिने निनिहरुको परिवर्तन
६. मातृ तथा बाल स्वास्थ्मा बाबु तथा हेरचाहकर्ताको रुपमा पुरुषको
सकारात्मक भुमिकाको प्रवद्र्धन । जस्ता कार्यहरु मेन ईगेज एलायन्सले गर्ने
गरेको छ । यो सस्थालाई सबैको समन्वय र सहयोगको खाचो रहेको छ ।
एलायन्सले बिभिन्न तह र तप्कामा रहेका पुरुष तथा युवाहरुलाई महिला हिसां विरुद्धको पुनित अभियानमा कृयाशिलता हुन आग्रह समेत गरेको पाईन्छ । मकवानपुरको हकमा मानब अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको संजालमा महिला र पुरुषको संयुक्त प्रयासले महिला हिंसा विरुद्धको अभियान सञ्चालन र अन्य महिला हिंसा न्युनिकरण गर्ने सवालमा कृयाशिल रहेको पाईन्छ ।
महिला हिंसा गर्नु भनेको महिला मानव अधिकार उल्लघंनको विषय मात्र नभएर समग्र मानव अधिकारको गम्भीर उल्लघंन पनि हो । हामिले हाम्रो मानव सभ्यतालाई जोगाउने हो भने यस्ता हिसांको अन्त्यका लागि कृयाशिल हुनु पर्ने हुन्छ ।
३० नोभेम्बरको महिला हिसां बिरुद्धको १६ दिने अभियानमा महत्वपुर्ण अर्थ रहेको छ । महिला बिरुद्ध हुने सबै प्रकारको हिसां अन्त्य गर्न हामी सक्छौ अभियान विश्वब्यापी अभियान हो । नेपाल, बंगलादेश, पाकिस्थान, श्रीलंका, अफगानिस्थान, भारत, केन्या, कंगो, क्यानाडा, नेदरल्याण्ड, तान्जेनिया, इण्डोनेशिया, नाईजेरिया, युगाण्डा, बुरुण्डी आदि १५ बटा देश बाट ३० नोभेम्बर लाई सन् २०११ देखि महिला हिसां विरुद्ध अन्र्तराष्ट्रिय दिवसको रुपमा मनाउन शुरु गरेको पाईन्छ । यहि महिला हिसां विरुद्ध अन्र्तराष्ट्रिय दिवसका अवसरमा हामि मेन ईगेज एलायन्स निम्न सन्देश दिन चाहन्छौ ।
१. लैङ्गिकताको आधारमा गरिने हिसां अमानविय तथा दण्डनिय अपराध हो ।
२. लैङ्गिक हिसां विरुद्धको कानुनको प्रभावकारी कार्यान्वयनका लागि पुरुष तथा युवाको सकारात्मक भूमिका अपरिहार्य हुन्छ ।
३. लैङ्गिक हिसांको घटना भए गरेको थाहा भएमा त्यस बारेमा सम्बन्धित निकायमा यथासक्य छिटोउजुरी गर्नु वा उजुरी गर्न पीडितलाई आवश्यक सहयोग पु¥याउनु प्रत्येक व्यक्तिको कर्तव्य हो ।
४.लैङ्गिक हिसांका घटनामा संलग्नलाई फौजदारी जबाफदेहिताबाट उम्काउने प्रयास गर्नु वा पीडित लाई न्याय खोज्नबाट हतोत्साहित गर्नु आफैमा गैर कानुनि कार्य हो । सो गर्न गराउन हुदैन ।
५. लैङ्गिक हिसां अन्त्यका लागि कानुन हुनु मात्रै पर्याप्त हुदैन, अन्य चेतनामुलक समाजिक अभियान पनि सँगसँगै लानु पर्दछ ।
यो अभियान भनेको पुरुष वर्गलाई सचेत र जागृत गराई महिला हिंसाको अन्त्य गर्नु पनि हो । काम गर्दा यदाकदा तितो अनुभुति पनि रहेको छ । जसमा महिला हिंसा विरुद्धको कुराकानि १६ दिनमात्र गर्ने तर अरु बेला खासै कुरा नउठने, कार्यक्रम दातृ निकाय मुखि सञ्चालन हुने, महिला हिसां विरुद्धको अमियानमा संलग्न केहि व्यक्तिहरु नै महिला हिंसा गर्न पछि नपर्ने, कतिपय सामाजिक अभियन्ताको नाममा कार्यगर्ने व्यक्तिहरुलाई आफ्नो घरको हिंसा सामान्य लाग्ने गरेको, जस्ता घटनाले सकारात्मक सामाजिक रुपान्तरण ढिलो हुने गरेको अनुभुति भएको छ । पुरुषलाई लक्षित गरि समुहमा महिला अधिकार र महिला हिंसाका बारेमा सचेतना जागृत गर्न नसक्नु चुनौतिको रुपमा लिन सकिन्छ ।
महिला हिंसा गर्नु भनेको महिला मानव अधिकार उल्लघंनको विषय मात्र नभएर समग्र मानव अधिकारको गम्भीर उल्लघंन पनि हो । हामीले हाम्रो मानव सभ्यतालाई जोगाउने हो भने यस्ता हिसांको अन्त्यका लागि कृयाशिल हुनु पर्ने हुन्छ । जागौ र आजैदेखि आ–आफनो क्षेत्रमा भईरहेको लैङ्गिक हिंसा विरुद्ध प्रतिकार गर्दे आफुले लैङ्गिक हिंसा नगर्ने र नसहने प्रवद्धता गर्दै भित्री भावले सबैमा सचेतना जागृत गराउने कार्यमा अग्रणी भूमिका निर्वाह गर्न आग्रह गर्दछौ । लैङ्गिक हिंसामा परेकालाई मानविय सहयोग उपलब्ध गराई मनोसामाजिक समस्या हुनबाट जोगाउनु हामी सबैको परम कर्तव्य हो ।लैङ्गिक हिसां अन्त्य गर्न संभव छ, हामी सक्छौ भन्ने मुल्य र मान्यताका आधारमा हामि हाम्रो कार्यक्षेत्रमा कृयाशिल छौ । धन्यवाद ।
लेखक बाल कल्याण समाज मकवानपुर अध्यक्ष हुन् ।

