मकवानपुर । पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय २३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ९३ हजार ३ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । शुक्रबार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ९१ हजार २ रहेको थियो।
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ५ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार १ सय ४४ जनाकाे स्वाब नमुना परीक्षण गर्दा ६ सय ६१ जना महिला र १ हजार १३ जना पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे हो । यससँगै कुल संक्रमितको संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ ।
हाल देशभर २४ हजार ९ जना काेराेनाका संक्रिय संक्रमित रहेका छन् । उनीहरुमध्ये १७ हजार २ सय ६ जना होम आइसोलेसनमा छन् भने ३ सय ३६ जनाको आईसीयू र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।
कहाँ कति थपिए संक्रमित ?
स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा ८ सय ९९ जना काेराेना संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंमा ६ सय ८५ जना, ललितपुरमा १ सय ६५ र भक्तपुरका ४९ जना थपिएका हुन् । यससँगै काठमाडौंमा १० हजार १ सय १, भक्तपुरमा ७ सय ९६ र ललितपुरमा २ हजार १ सय १४ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै कास्कीका ७५, चितवनका ६१, झापा र रुपन्देहीका ५७/५७ जना, काभ्रेका ५६, तनहुँका ४४, कैलालीका ४०, बाँकेका ३९, कपिलवस्तु र नवलपरासीका ३३/३३ जना, नवलपुरका २८, मकवानपुरका २५, पाल्पाका १९, धादिङका १८, बर्दियाका १७, धनुषाका ११, दाङका १०, गोरखाका ९ र नुवाकोटका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै धनकुटा, सिराहा, सिन्धुपाल्चोक, बाग्लुङ, स्याङ्जा र रोल्पाका ७/७ जना, पर्वत, डडेलधुरा र बझाङका ६/६ जना, सुनसरी, बारा र लमजुङका ५/५ जना, इलाम, सर्लाही, रामेछाप, अर्घाखाँची, गुल्मी, दैलेख र सल्यानका ४/४ जना,महोत्तरी, दोलखा, म्याग्दी, प्युठान, अछाम र कञ्चनपुरका ३/३ जना, उदयपुर, सप्तरी र सिन्धुलीका २/२ जना तथा खोटाङ, भोजपुर, सोलुखुम्बु, रुकुम पूर्व, रुकुम पश्चिम, सुर्खेत, बाजुरा र बैतडीका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
हाल मनाङ र मुगुमा १ जना पनि संक्रमित रहेका छैनन् । यस्तै हाल काठमाडौं उपत्यकासहित झापा, मोरङ, सुनसरी, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही र कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।

