मकवानपुर। नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको मिडिया सम्मेलन तथा पाँचौँ साधारणसभा ‘हेटौँडा घोषणापत्र–२०८३’ जारी गर्दै सम्पन्न भएको छ। सम्मेलन तथा साधारणसभाले पत्रकारिता क्षेत्रका समसामयिक चुनौती, प्रेस स्वतन्त्रता, सञ्चारमाध्यमको प्रवर्द्धन तथा सञ्चारकर्मीको पेशागत सुरक्षासम्बन्धी १२ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो।
यस्तो छ घोषणा पत्र
१.पूर्ण प्रेस स्वतन्त्रता अक्षुर्ण राख्दै लोकतन्त्र, मानव अधिकार, पत्रकाको पेशागत हित, सामाजिक उत्तरदायित्वको मिडिया सम्मेलन तथा साधारण सभा सम्मान गर्दछ ।
२. सरकारद्वारा संबिधानले दिएको मौलिक हक तथा संघीयताको मर्म खुल्ला अर्थ नीति विपरित हुने गरी नीजि सञ्चारमाध्यहरू माथि गरेको विभेदकारी विज्ञापन नीति सम्बन्धि विभेदकारी निर्णय र परिपत्र फिर्ता लिई स्वतन्त्र मिडियाहरुको प्रवद्र्धनको नीति लिन संघिय सरकार सँग जोडदार माग गर्दछौं ।
३.पत्रकारहरुलाई निर्वाध रुपमा सूचनामा पहुँच पुग्ने वातावरण निर्माण गरी, समाचार लेखेकै आधारमा पत्रकारहरुलाई विद्युतिय कारोवार ऐन अन्तर्गत फौजदारी अभियोग लगाउने, पत्रकार माथि भैरहेको अप्रत्यक्ष रुपको धम्कि, धरपकड, निगरानी जस्ता कृयाकलापको अन्त्य गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।
४.साना लगानीका मिडिया प्रवद्र्वन र मिडियालाई उद्योगका रूपमा विकास गर्न आबश्यक बातावरण बनाउन यो साधारण सभा तथा भेला सरकार तथा सरोकार वाला पक्ष सँग जोडदार माग गर्दछ ।
५.सञ्चारकर्मीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अबद्ध गराई पेशागत सुरक्षाको वातावण निर्माण गर्न यो भेला तीनवटै तहका सरकार सँग जोडदार माग गर्दछ ।
६.संघ,प्रदेश र स्थानीय सरकाको अधिकार क्षेत्र संबिधानमा स्प्रष्ट रहेको सन्दर्भमा प्रदेश र स्थानीय सरकारलाई हस्तक्षेप गर्दै संबिधान र कानून विपरित परिपत्र गर्ने कार्य तत्काल रोक्न यो साधारण सभा एबं मिडिया सम्मेलन संघीय सरकारसँग जोडदार माग गर्दछ ।
७.सञ्चार गृहहरूमा हुने लैङ्गिक,अल्पसंख्यक र शारिरीक सक्षमताको आधारको सकरात्मक विभेद को आधारमा सहभागि गराउने बातावरणका लागि आबश्यक नीति निर्माण लिई कार्यान्वयन गर्न यो साधारण सभा तथा मिडिया सम्मेलन सरकारसँग जोडदार माग गर्दछ ।
८.बागमती प्रदेशको राजधानीका रुपमा रहेको मकवानपुर जिल्लालाई पर्यटकिय नगरीका रुपमा विकास गरी, प्रदेश सरकार सञ्चालनका लागि आबश्यक स्थायी पूर्वाधार निर्माण गर्न संघीय र प्रदेश सरकारसँग यो सम्मेलन माग गर्दछ ।
९.सरकारले सुशासन प्रर्दनका लागि गरिरहेको काम प्रति समर्थन र ऐक्यवद्धता जनाउदै निरंकुसताको बाटो बाट नभई लोकतान्त्रिक विधि र मार्ग बाट सुशासन प्रवद्र्वन गर्न यो साधारण सभा तथा मिडिया सम्मेलन जोडदार माग गर्दछ ।
१०.बन्द रहेको हेटौडा कपडा उद्योग र रुग्ण रहेको हेटौडा सिमेन्ट कारखाना लगाएतका बागमती प्रदेश भित्र रहेका उद्योगधन्दा,कलकाराखानाहरू सञ्चालन गरी रोजगारीको अबसर सृजना गर्न यो भेला जोडदा माग गर्दछ ।
११. बागमती प्रदेश भित्र रहेका विभिन्न जिल्ला शाखाका नेपाल पत्रकार महासंघको नाममा भोगाधिकार प्राप्त गरी आबश्यक संरचना निर्माण भएका जिल्ला शाखाका भवनहरुलाई भोगाधिकार कायम राख्न यो सम्मेलन जोडदार माग गर्दछ ।
१२. स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यमहरूलाई वितरण गर्न /गराउन प्रदेश भरका स्थानीय तहहरुलाई यो भेला अनुरोध गर्दछ ।

