मकवानपुर । मातृभूमि साहित्य समाज मकवानपुरले काेइलीदेवी स्मृति मातृभूमि सम्मान शुलज्ञा राज्यलक्ष्मी शाहलाई प्रदान गरिने भएकाे छ । मातृभूमिले आगामी २४ माघमा सम्मान तथा सांस्कृतिक कार्यक्रमग गर्दै हेटौैडाकी शुलज्ञालाई उक्त सम्मान प्रदान गरिने भएकाे हाे ।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा जन्मनु भएकी नेपाली गीत–सङ्गीत अमर नाम कोइलीदेवी माथेमाको स्मृतिमा मातृभूमिले स्थापना गरेकाे उक्त सम्मानकाे राशी नगद ११ हजार रहेकाे समाजका सचिव किशन पौडेलले जानकारी दिए । उक्त सम्मान हेटौंडा निवासी प्रतिभाशाली गायिका शुलज्ञालाई प्रदान गर्न लागिएकाे उनले बताए ।
शाह हेटौंडा २ स्थित बालजागृति इङ्गलिस माविमा कक्षा ५ मा अध्ययनरत छिन् । साेही अवसरमा कोइलीदेवी माथेमा स्मृति विशेष चर्चा समेत हुने पौडेलले जनाकारी दिए । नेपाली भाषा, साहित्य तथा कलाको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले २०५६ सालमा स्थापना भएको समाजले विविध स्मृति–विशेष कार्यक्रम तथा साहित्यिक गतिविधिहलाई निरन्तरता दिँदै आइरहेको पौडेलले जानकारी दिए ।
समाजले स्थापित एवम् नवोदित प्रतिभाहरूलाई साहित्य, कला तथा सङ्गीतका विविध विधामा पुरस्कार तथा सम्मान समर्पण गर्दै आएको छ ।
काेइली देवीकाे संक्षिप्त परिचयः
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकाकाे चिसापानीमा वि.सं. १९८७ भाद्र शुक्ल ऋषि पञ्चमीका दिन पिता राम बहादुर बस्नेत र माता निलम प्रधानको पहिलो सन्तानका रूपमा कोइली देवीको जन्म भएको हो । उनको न्वारानको नाम राधा राखियो। आमाले बुद्धलक्ष्मीको नाममा उहाँलाई चिनाउनु भयो । काली तथा पातली भएकीले सानी छँदा उनलाई ‘पान्तरी’ भनेर बोलाइन्थ्यो । तर, समयले उहाँलाई फेरि अर्को अमर नाम दियो कोइली। कोइलीको जस्तै मिठो स्वर भएको हुनाले उहाँ कोइली देवीको रूपमा प्रसिद्ध हुनु भो ।

