मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाकाे देविथानस्थित एक विद्यालयकाे भवन शिलान्यास गरिएकाे छ । राक्सिराङ -९ स्थित खैरानमा रहेको देविथान आधारभूत बिधालयकाे नयाँ भवनको एमाले मुख्य सचेतक महेश बर्तौलाले शिलान्यास गरेका हुन् ।
खैरान स्थित सलेनीमा रहेको विद्यालयकाे नयाँ बन्न लागेको भवनको शुक्रबार मकवानपुरका प्रतिनिधि सभा सांसद तथा एमाले मुख्य सचेतक महेश बर्तौलाले शिलान्यास गरेका हुन । भवनको शिलान्यास गर्दै सचेतक बर्तौलाले भवन निर्माण सप्पन्न भएपछी बालबालिकाले भवन अभावले गर्दा कठिन परिस्थितिका बिच अध्ययन गर्नुपर्ने बाध्यता नरहने बताए । ‘विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारको निम्ति आफू निरन्तर लाग्नेछु’ उनले भने ।
बिद्यालयको नयाँ भवन संघीय सरकार अन्तर्गत शहरी बिकास मन्त्रालयको १ करोड लागतमा सघन शहरी तथा निर्माण आयोजना चितवन मार्फत निर्माण हुनेछ । अहिले विद्यालयमा १ देखि कक्षा ५ सम्म पठनपाठन हुँदै आएको भएपनि कक्षा कोठाको अभावले गर्दा सबै बिद्यार्थीहरु एउटै कक्षा कोठामा अध्ययन गर्नुपर्ने बाध्यता रहदै आएको छ ।

