मकवानपुर । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन भिमफेदी गाउँपालिका अध्यक्षमा मधुसुधन पुडासैनी चयन भएका छन् । पालिकाकाे संगठनकाे तेस्रो अधिवेशनले पुडासैनिकाे नेतृत्वमा कार्यसमिति चयन गरेकाे हाे ।
शनिबार भएकाे अधिवेशनबाट उपाध्यक्षमा अनिशा डोटेल र सूर्य ब.तितुङ, सचिवमा राजेन्द्र ढकाल, कोषाध्यक्षमा जीत बहादुर कार्की सहसचिवमा राधिका आचार्य सहकोषाध्यक्षमा रोजिता रोक्कालाई चयन गरेकाे छ । यसैगरी सदस्यहरूमा उमेश थिङ,मीन बहादुर रजान मगर, सुनीता थापा, भवानी सापकोटा, सुदर्शन पुडासैनी, मीना गुरुङ, शिवकुमार आचार्य, पुष्प अधिकारी, मानबहादुर नेगी, मन्जु सापकोटा, कोसेली रुम्बा, सुस्मिता बर्तौला, मेनु तामाङ, रमेश बल, निर्मला धिताल, पूजा चौधरी र अनिता वाइबा चयन भएका छन् ।
यसैगरी संगठनका पालिकाका ९ वटा वडा मध्ये ८ वटा वडाकाे अध्यक्षहरू चयन गरिएकाे छ । ४ नम्बर वडाकाे अध्यक्ष चयन हुन् बाँकी रहेकाे छ । वडा अध्यक्षहरुमा मञ्जु गुरुङ, शान्ति राना, सरस्वती तामाङ, शर्मिला अधिकारी, निर्मला राजथला, रामलाल बज्यु, सोमबहादुर भ्लोन र गौरी कँडेल चयन भएका छन् ।
कार्यक्रममा भिमफेदी गाउँपालिका सङ्गठन सचिव मधुसुधन पुडासैनीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । यसैगरी कोषाध्यक्ष आइपी दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अधिवेशन कार्यक्रममा स्थायी शिक्षक, निवृत्त शिक्षक तथा बढुवा भएका शिक्षकहरूलाई सम्मान समेत गरिएकाे प्रचार विभाग प्रमुख डीबी बर्तौलाले जानकारी दिए ।
यसैगरी नेपाल राष्ट्रिय शिक्षक संगठन बकैया गाउँपालिका समितिको तेस्रो अधिवेशनले छवि राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार बकैयाको हात्तीसुँडेमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा राई चयन भएका हुन् ।संगठनको महिला उपाध्यक्षमा तिलकुमारी गुरूङ, उपाध्यक्षमा दीपक दुलाल, सचिवमा हीरालाल जिम्बा, सहसचिवमा बालकुमार दहाल, कोषाध्यक्षमा मधुसूदन हुमागाईं र सहकोषाध्यक्षमा नानीमैयाँ बजगाईं चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा देव लामा, पवनसिंह घलान, प्रकाश थापा मगर, राजकुमार तिमल्सिना, लोकेन्द्र घलान, विद्या भण्डारी, हरिशरण न्यौपाने, भवानी तिमल्सिना न्यौपाने, प्रमिला तिमल्सिना, सुनिता भोम्जन र सविना ढकाल चयन भएका छन् ।
यसैबीच, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले शिक्षकले सामाजिक चेतना विस्तारमा ठूलो योगदान दिएकाे बताए । ‘लोकतन्त्र स्थापना तथा परिवर्तनका निम्ति शिक्षककाे अमुल्य त्याग रहेकाे छ’ उनले भने ‘समाजमा केही नै भएको छैन भन्ने भाष्य तोड्नु पर्ने र शैक्षिक गतिविधिमा निरन्तर लाग्दै शैक्षिक उन्नयनतर्फ क्रियाशील हुनु पर्छ ।’
सदैव शैक्षिक गतिविधिमा साथ दिने तथा शैक्षिक सुधारमा पालिका सकारात्मक रहेको उनले बताए । अध्यक्ष लामाले गरिबका छोराछोरीलाई विश्व प्रतिस्पर्धात्मक रूपमा अगाडि बढ्ने शिक्षा प्रदान गर्न र आआफ्नो विषयमा उत्कृष्ट नतिजा ल्याउन मिहिनेत गर्न आग्रह गर्दै नयाँ कार्यसमितिलाई शुभकामना समेत दिए ।
कार्यक्रमका शिक्षक सङ्गठन जिल्ला समिति मकवानपुरका अध्यक्ष श्रीराम दाहालले पालिकामा सङ्गठनको गतिविधिलाई तीब्र रुपमा अगाडि बढाउनु पर्ने बताए । उनले सदस्यता नवीकरण,शैक्षिक तथा रचनात्मक कार्यक्रममा जोड दिनु पर्ने,शिक्षक महासंघ गठनतर्फ ध्यान केन्द्रित हुनु पर्ने र शिक्षकका वास्तविक समस्यामा केन्द्रित हुँदै समाधान गर्न एकताबद्ध हुनु पर्ने जानकारी दिए । दाहालले शिक्षकहित साकोसमा समेत आबद्ध हुन अनुरोध समेत गरे ।
राष्ट्रिय शिक्षक सङ्गठन भिमफेदीका का.वा. अध्यक्ष अनीता डिम्डुङको सभाध्यक्ष तथा पालिका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यतामा कृष्ण मावि भैसेमा भएकाे अधिवेशनमा जिल्ला समिति अध्यक्ष श्रीराम दाहाल, उपाध्यक्ष कृष्ण पौडेल, सह कोषाध्यक्ष सविता लामिछाने, सचिवालय सदस्य तथा भिमफेदीका उत्प्रेरक डीबी बर्तौला, जिल्ला सदस्य तथा भिमफेदी इन्चार्ज अन्जित यादव, शिक्षक बचत हित तथा ऋण सहकारीका सचिव कृष्ण पोखरेल र सहकारीका सहकोषाध्यक्ष अमृता भट्ट लगायतको उपस्थिति रहेको थियो।

