मकवानपुर । हेटौडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेकाे एकता टाेल विकास संस्थाकाे अध्यक्षमा यशाेदा लामिछाने चयन भएकी छिन् ।
संस्थाकाे शनिवार भएकाे २४ औं साधारण भेलाबाट लामिछाने सर्वसम्मत अध्यक्षमा चुनिएकी हुन् । त्यसैगरी संस्थाकाे उपाध्यक्ष गिता पाण्डे, सचिव इन्दिरा न्याैपाने, सहसचिव लक्ष्मी सुवेदी र काेषाध्यक्ष प्रतिज्ञा अर्याल चयन भएका छन् । यस्तै सदस्यहरुमा निर्मला पाण्डे, लक्ष्मी देवकाेटा, कल्याणी बस्नेत, ताेत्र कुमारी बस्नेत, सिता प्याकुरेल र शान्ति अर्याल चयन भएका छन् ।
करिब २ सय घरधुरी रहेकाे संस्थाकाे सभामा कल्याणी बस्नेतले सचिवकाे प्रतिवेदन, काेषाध्यक्ष ताेत्रकुमारी बस्नेतले आर्थिक प्रतिवेदन र अध्यक्ष अन्जु अधिकारीले समग्र संस्थाकाे प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाकी अध्यक्ष अन्जु अधिकारीकाे सभाध्यक्षतामा भएकाे कार्यक्रममा हेटाैंडा उपमहानगरपालिका वार्ड २ का अध्यक्ष विष्णुगाेपाल महर्जनकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।
वडा अध्यक्ष महर्जनले टाेल विकास वडाकाे सबै भन्दा नजिकाे सहकार्य गर्ने मन्च भएकाेले यसलाई थप सक्रिय र समाजमा उदाहरणीय कार्य गर्ने संस्थाकाे रुपमा विकास गर्नेतिर अगाडी बढ्न पर्ने बताए । ‘टाेल विकासकाे गतिविधिले नै सिङ्गाे वडाकाे मुहार फेर्न मद्दत पुग्छ’ अध्यक्ष महर्जनले भने । कार्यक्रममा संस्थाका क्षेत्रभित्र रहेका उत्कृष्ट विद्यार्थीसहित जेष्ठ नागरिकलाई प्रमुख अतिथि महर्जनले सम्मान गरेका थिए ।
कार्यक्रममा हेटाेँडा उपमहानगर सामाजिका विकास शाखाकी अधिकृत गोपीनी गाैतम, टाेल विकास नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ, माया पौडेल, ध्रुब पाैडेल, निवर्तमान अध्यक्ष मिना चालिसे लगायतकाकाे उपस्थिति रहेकाे थियाे ।

