मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ४ मा स्वास्थ्य शिविर हुने भएको छ । ४ नं वडा कार्यालय र नेपाल हृदय रोग निवारण प्रतिष्ठान नेपाल शाखाको आयोजना जेठ ३२ गते स्वास्थ्य शिविर हुने भएको हो ।
मंगलबार हेटौंडामा पत्रकार भेटघाट कार्यक्रम गर्दै ४ नम्बर वडा अध्यक्ष नविन सिग्देलले स्वास्थ्य शिविर हुने जानकारी दिएका हुन । शिविरमा मुटुरोग, ढाड, नसा र फिजिसियन डाक्टरबाट जाँच गरिने उनले बताए। उक्त शिविरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र मकवानपुर सहकारी अस्पतालको प्राविधिक सहयोग रहने बताए ।
शिविरमा नगर टोल विकास समन्वय समिति, मोहन बज्राचार्य शहरी स्वास्थ्य केन्द्र, भुटनदेवि मावि, रोटरी क्लव अफ हेटौडा , सुख समृद्दि बचत तथा ऋण सहकारी संस्थाको सहयोगमा रहने बताइएको छ । हुने उक्त शिविरमा इसिजि, इको, व्लड सुगर लेभल, लिपिड प्रोफाइल, दम रोगिको लागि पिटिएफ, अल्ट्रासाउण्ड तथा १५ दिनसम्म निशुल्क ओैषधि वितरण समेत गरिने सिग्देलले जानकारी दिए ।
स्वास्थ शिविर असार ३२ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हेटौडा ४ स्थित रोयल पार्टी प्यालेसमा हुने उनले जानकारी दिए ।
हेटौडा ४ नम्बर वडाध्यक्ष नवीन सिग्देलको सभाध्यक्षता भएको कार्यक्रममा ह्रादय रोग निवारण प्रतिष्ठानका अध्यक्ष विजय बैद्य तथा शिविर संयोजक निर्मला लामा, वडा सदस्यलगायतको उपस्थिति रहेको थियो ।

