मकवानपुर । मकवानपुरकाे हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कुलको क्याप्टेनमा रोजन मैनाली निर्वाचित भएका छन् ।
शुक्रबार भएकाे निर्वाचनबाट ३९६ मतसहित कक्षा ९ का मैनाली स्कूल क्याप्टेनमा निर्वाचित भएका हुन् । यसैगरी स्कुलको भाइस क्याप्टेनमा कक्षा ९ कै दिपिका लम्साल ३१० मतसहित निर्वाचित भईन् । क्याप्टेन र भाइस क्याप्टेनमा ४/४ जनाको उम्मेदवारी दिएका थिए ।
यस्तै रातो सदनको क्याप्टेनमा कक्षा ९ का प्रतिक ढकाल ८५ मतसहित विजयी हुँदा भाइस क्याप्टेनमा कक्षा ८ की अनुज्ञा विडारी ६३ मतसहित विजयी भईन् । पहेंलो सदनको क्याप्टेनमा ९ कक्षाका अमिष दाहाल (९४ मत) र भाइस क्याप्टेनमा ८ कक्षाकी समृद्धि केसी (७३ मत) निर्वाचित भएका छन् । हरियो सदनको क्याप्टेन र भाइस क्याप्टेनमा ८ कक्षाका अस्मिता थिङ (८७ मत) र प्रियांशु थिङ (७७ मत) चयन भए । यसैगरी निलो सदनको क्याप्टेन र भाइस क्याप्टेनमा ९ कक्षाका सहर्ष गौतम (७४ मत) र दिपिक्षा न्यौपाने (७९ मत) निर्वाचित भएका छन् ।
यस्तै वातावरण क्लबको क्याप्टेनमा ९ कक्षाका आर्यन खड्का (२६८) र भाइस क्याप्टेनमा ८ कक्षाकी सौरभी हुमागाई (२१०), साहित्य क्लबको क्याप्टेनमा ९ कक्षाका गन्तव्य राज पौडेल (३९६ मत) र भाइस क्याप्टेनमा ८ कक्षाकी सदीक्षा हुमागाई (३७३ मत) निर्वाचित भए । फाइन आर्ट क्लबको क्याप्टेनमा ७ कक्षाकी श्रेयशी गौतम (३७३ मत), भाइस क्याप्टेनमा ७ कक्षाकै अञ्जनप्रसाद यादव (२५२ मत), खेलकुद क्लबमा ७ कक्षाका साइमन उप्रेती (२५१ मत) र भाइस क्याप्टेनमा ९ कक्षाका सुवास्टिन महत (३०१ मत) निर्वाचित भएका छन् ।

शुक्रबार बिहान ७ बजेबाट दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको निर्वाचनमा ४ कक्षादेखि १० कक्षासम्मका ७ सय ५८ जना विद्यार्थीले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत उमेश अर्यालले जानकारी दिए । निर्वाचनमा कक्षा ६ देखि ९ कक्षासम्मका विद्यार्थी उम्मेदवार हुन पाउने व्यवस्था गरिएको थियाे ।
विद्यालयका विविध क्रियाकलापमा विद्यार्थीको सहभागिता तथा विद्यार्थीमा नेतृत्व विकास, प्रजातान्त्रिक अभ्यासको अवगत गराउने उद्देश्यले बालजागृतिले २०७४ सालदेखि निर्वाचनको अभ्यास गराउँदै आएको प्रिन्सिपल विनोद सुवेदीले जानकारी दिए ।

