मकवानपुर । विहीबार हेटाैडा उपमहानगरका १५ जनामा काेराेना भाइरस पुष्टि भएकाे छ । हेटाैडाकाे किटजन्यराेग तथा अनुसन्धान केन्द्रमा रहेकाे प्रादेशिक जनस्वास्थ्य प्रयाेगशालामा गरिएकाे परीक्षणमा ८ जना पुरूष र ७ जना महिला सहित १५ जनामा काेराेना भाइरस पुष्टि भएकाे हेटाैडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भाेलानाथ चाैलागाइले जानकारी दिए ।
आज हेटाैडा १ का ३४ वर्षिय पुरूष, हेटाैडा ४ का ३४ र ५९ वर्षिय पुरूष, हेटाैडा ५ का २५ वर्षिय महिला र हेटाैडा ६ का ३८ वर्षिय पुरूषमा संक्रमण पुष्टि भएकाे चाैलागाइले बताए । यसै गरी हेटाैडा ८ का ३७ वर्षिय महिला, हेटाैडा ९ का ४० र ७७ वर्षिय महिलामा पनि काेराना संक्रमण भएकाे छ ।
यस्तै हेटाैडा १० का १६, ४२ र ४५ वर्षिय महिला तथा २२, २६ । ४४ वर्षिय पुरूष र हेटाैडा १५ का ४६ वर्षिय पुरूषमा पनि काेराना भाइरस संक्रमण पुष्टि भएकाे चाैलागाइले जानकारी दिए ।