मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा कुटपिटबाट १ जना महिलाको मृत्यु भएको छ । मनहरी ५ डिल्लीपुरकी ५० वर्षीय सन्तमाया चेपाङको कुटपिटबाट मृत्युु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
मनहरी ५ डिल्लिपुरका डिलबहादुर चेपाङको कान्छी श्रीमती सन्तमायालाई डिल बहादुरको जेठि श्रीमतीको छोरा २६ वर्षीय ईन्द्रबहादुर चेपाङले कार्तिक २७ गते कुटपिट गरी गम्भीर घाईते बनाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार कुटपिटबाट गम्भीर घाइते भएकी सन्तमायाको उपचार चितवनस्थित भरतपुर अस्पताल भइरहेकोमा उपचारको क्रममा मंसिर ५ गते दिउँसो मृत्यु भएको हो ।
कुटपिटमा संलग्न इन्द्रबहादुरलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रण लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

