म महिला हुँ
म गृहिणी हुँ
मेरो काम-
पकाउने
खाने
सुत्ने
यस्तै लाग्छ तिमीलाई
या तिमीजस्तै कैयौँ पुरुषहरूलाई
होइन ?
मेरो गोत्र छिनेऊ
परिचय छिनेऊ
स्वाभिमान ध्वस्त पारेऊ
म सुनाखरी झैँ फुल्नुपर्यो
तिमीमा जेलिएर
तिम्रो रङ उडेपछि
मेरो पनि रङ उड्नुपर्छ
मेरो रङ उडे
तिमी फेरि रङ्गिछौ नयाँ रङमा
हो पनि
तिमी अर्थ जोड्ने
म खर्च गर्ने
तिमी योजना बनाउने
म कार्यान्वयन गर्ने भो,
मेरा कामहरू गन्नु पर्दैन तिमीले।
तिम्रो मोजादेखि लिएर
टोपीसम्मको हिसाब छ मसँग
अँ साँचि
हाम्रा ती दुई फूल पनि हुर्के
तिमीले पत्तै नपाई
मैले मेरो घर अहिलेसम्म भेटिनँ
तिम्रो घरलाई मेरो ठानेँ
दुख
पिँडा
हर्ष
सबै बाडेँ
दायित्व मेरो
अधिकार तिम्रो
र, पनि
सधैँ एउटै प्रश्न सुन्छु तिम्रो
‘दिनभरि के काम छ तेरो!’
असम , भारत

