मकवानपुर । नवनियुक्त जनस्वास्थ्यकर्मीलाई नेपाल जनस्वास्थ्य संघ बागमती प्रदेश समितिले स्वागत गरेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त भएका जनस्वास्थ्य अधिकृत र उपप्राध्यापक/सह प्राध्यापक जनस्वास्थ्यविज्ञलाई विहीबार स्वागत गरिएको हो ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालय बागमती प्रदेश निर्देशक महेश्वर श्रेष्ठ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान डिन प्राध्यापक डा दुर्गा खडका, जनस्वास्थ्य संघ केन्द्रिय समिति अध्यक्ष बसन्त अधिकारी, स्वास्थ्य मन्त्रालय बागमती प्रदेश योजना अनुगमन तथा जनस्वास्थ्य महाशाखा प्रमुख दिपक प्रसाद तिवारी,स्वास्थ्य मन्त्रालय मन्त्रालय बागमती प्रदेश अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा. खगेश्वर गेलाल लगायतले नवनियुक्त जनस्वास्थ्य अधिकृत तथा उपप्राध्यापक/सह प्राध्यापकहरुलाई बधाई तथा शुभकामना दिर्दै सफल कार्यकालको कामना गरेका थिए ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काको प्रमुख आतिथ्यता एवं जनस्वास्थ्य संघ बागमती प्रदेश समितिका अध्यक्ष प्राध्यापक डाक्टर किशोर अधिकारीको सभाध्यक्षतामा भएकाे स्वागत कार्यक्रममा जनस्वास्थ्य प्रशासक कृष्ण बहादुर मिजारले स्वागत गरेको थिए । कार्यक्रममा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय, नवनियुक्त जनस्वास्थ्यकर्मीहरु लगायत जनस्वास्थ्य संघ बागमती प्रदेश समितिका पदाधिकारीहरुको उपस्थिती थियो ।

