मकवानपुर । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले मकवानपुरको इन्द्रसरोवर तालको सरसफाई तथा संरक्षण गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् । बर्तौलाले ईन्द्रसरोवर तालबाट १०४ मेघावाट विजुली उत्पादन हुने बताउदै तालको संरक्षण गर्न नसके निकट भविश्यमा नै आयोजना खतरामा पर्न सक्ने उल्लेख गरे ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद बर्तौलाले तालमा ८५ लाख घनमिटर पानी अटाउने क्षमता रहेको उल्लेख गर्दै अहिले तालमा ६२ लाख घनमिटर पानी रहेको र बाँकी करिव २३ लाख घनमिटरमा हिलोमाटो, ढुङ्गा बालुवा थुप्रिएको बताउदै तालको सरसफाई तथा संरक्षण गर्न सरकारलाई ध्यानाकर्षण गराएका हुन ।
साँसद बर्तौलाका अनुसार सरकारले विगत ४ वर्षदेखि देशका १ लाख ५० हजार भन्दा बढी नागरिकहरुले कोरोनाको बीमा गरे त्यसबापत ११ अर्व रकम अझसम्म प्राप्त गर्न नसकेको बताए । ‘यो सरकार माटोको तोर्मा जस्तो भयो सभामुख ज्यू । आईया पनि छैन आत्था पनि छैन्’ बर्तौलाले भने ‘विगत ४ वर्ष देखि यो देशका १ लाख ५० हजार भन्दा बढी नागरिकहरुले कोरोनाको बीमा गरे त्यसबापत ११ अर्व रकम अझसम्म प्राप्त गर्न सकेको छैन् । सरकारलाई त्यस्को कुनै चासो छैन् । सरकार कुम्भकर्ण झै निन्द्रामा प¥यो ।’

