हेटौंडा । मकवानपुरमा एकै दिन थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा एकै दिन यति धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको पहिलो पटक हो ।
कोरोना संक्रमण पुष्टि भएकामा १७ जना पुरुष र अरु ६ जना महिला रहेका छन् । पुरुष मध्यमा ४ जना नेपाल प्रहरीमा कार्यरत समेत रहेका हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । आज संक्रमित देखिएका मध्य हेटौंडा उपमहानगरपालिकाका १६ जना रहेका छन्।
कोरोना संक्रमित पुष्टि भएका हेटौंडा २ का एक जना, हेटौंडा ४ का ४ जना, हेटौंडा ५ का ४ जना, हेटौंडा ६ का एक जना हेटौंडा ११ का २ जना रहेकाे चाैलागाइले बताउनु भयाे । हेटाैडा ११ थाना
भ-याङमा कार्यरत मजदुरको घर विराटनगर भएकाे बताइएकाे छ ।
हेटौंडा १३ का एक एक जना, हेटौंडा ९ का ३ जना, भीमफेदी गाउँपालिकाका १ जना, मकवानपुर गढीका १ जना, बकैयाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।

