मकवानपुर। नेपाल कुरियर सेवा संघ बागमती अध्यक्षमा विनोद बहादुर पाख्रिन चयन भएका छन् । शनिबार हेटौंडामा भएकाे संघकाे प्रथम प्रदेश अधिवेशनले मकवानपुरका पाख्रिनको अध्यक्षमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षद्वयमा चितवनका अर्पणवावु सुवेदी र मकवानपुरका केदारनाथ गौतम चयन हुँदा सचिवमा मकवानपुरका रामप्रसाद पुडासैनी, सहसचिवमा चितवनका श्रीभद्र खनाल चयन भएका छन् । यसैगरी कोषाध्यक्षमा मकवानपुरकै कर्णराज गौतम चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा सिन्धुलीका कपिलकुमार श्रेष्ठ, धादिङका प्रेमबहादुर नेपाल क्षेत्री, चितवनका प्रवल भट्टराई, आईत गुरुङ र मकवानपुरका दिपकप्रसाद खनाल चयन भएका छन् । अधिवेशनले समितिको सल्लाहकारमा रामकृष्ण ढुंगानालाई चयन गरेको छ । नेपाल कुरियर सेवा संघ केन्द्रीय उपाध्यक्ष अनिलराज भण्डारीको प्रमुख आतिथ्यतामा भएकाे अधिवेशनमा केन्द्रीय उपाध्यक्ष सञ्जय मण्डल, केन्द्रीय सदस्य किरण थापा लगायतको आतिथ्यता रहेको थियो ।

