मकवानपुर । मौसमको तापक्रम नघटेपछी हेटौंडा उपमहानगर भित्र बिदा लब्याईएको छ ।

उपमहानगरपालिकाले यसअघि २६ गतेसम्म दिइएको बिदा २ दिन थपेर जेठ २७ र २८ गते पनि बिदा दिएको हो । जेठ ३० गतेदेखि भने बिहानी कक्षा सञ्चालनका लागि आवश्यक तयारी गर्न विद्यालयलाई आग्रह गरिएको छ ।
हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाले शनिबार दिउँसो एक सूचना प्रकाशित गर्दै गर्मी मौसममा सुधार नआएको र सरोकारवालासँग छलफलपछि विद्यालय दुई दिन बिद्यालय बन्द रहेको जनाएको छ ।
विद्यालय बिदा रहेको समयमा बालबालिकालाई दिउँसो घाममा बाहिर निस्कन नदिई घरमै सुरक्षितरुपमा रहने व्यवस्था मिलाउन, बालबालिकालाई रचनात्मक र सिर्जनात्मक कार्यमा सहभागी हुन प्रोत्साहन गर्ने, बालबालिकालाई पोषणयुक्त खाना खुवाउने, जंकफुड, स्वास्थ्यलाई प्रतिकुल असर गर्ने खानेकुराहरु खान नदिन, नखुवाउन, स्वच्छ पानी पिउने व्यवस्था मिलाउन पनि महाशाखाले आग्रह गरेको छ ।

