मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले पार्टीका नेता कार्यकर्ताहरु जनताको अवस्था परिवर्तन गर्न लाग्नुपर्ने बताएका छन् । ब्यवस्था परिवर्तन गर्न जनताले दशकौ योगदान गरेकाे छन्’ बानियाँले ‘बकैया गाउँपालिका हात्तसुँढेमा गाउँपालिकास्तरीय सम्मेलन बोल्दै नेता बानियाँले भने– ‘जनताको पटक/पटक योगदान गरेर ब्यवस्था परिवर्तन भैसकेकोले अब पार्टीको संगठन सुदृढीकरण गर्दै जनताको अबस्था परिवर्तन गर्न लाग्नु पर्छ।’
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिदै बानियाँले सम्मेलनमा गाउँपालिकाका वडासभापति, जनप्रतिनिधि, स्थानीय नेता तथा कार्यकर्ता पंक्तिबाट उठेका जिज्ञासाको जवाफ दिएका थिए । नेता बानियाँले विगतमा नमिलेको असन्तुष्ट मनहरु मिलाएर कांग्रेसले स्थानीयस्तरमा गरेका विकास निर्माण र जनताको पक्षमा गरेका काम जनतालाई बुझाउँदै तिव्ररुपमा संगठन विस्तारमा लागि देशकै नमूना गाउँपालिका बनाउनु पर्ने बताए ।
कांग्रेसको केन्द्रिय निर्देशन बमोजिम वडा, पालिका, जिल्ला र प्रदेशको भेला गर्ने कार्यक्रमअन्तर्गत कांग्रेसले बकैया गाउँपालिकामा शनिबार सम्मेलन भएको हो । कांग्रेस बकैया गाउँपालिका सभापति दिलबहादुर भोम्जनको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति बानियाँको प्रमुख आतिथ्यतामा भएको गाउँपालिका सम्मेलनमा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, उपसभापति धर्म लामिछाने, सहसचिव ताराचन्द्र बजगाई निशान, संघीय सभापति दामोदर खनाल, कांग्रेस नेता चन्द्र राई, बकैया गाउँपालिका उपसभापति लोकेन्द्र माझीलगायतकाे उपस्थिति रहेकाे थियो ।

