मकवानपुर । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकोले देशभर आँशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल सुदुर पश्चिम प्रदेश, कार्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको महाशाखाको भनाइ छ । कोशी तथा मधेश प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
सोमबार दिउँसो देशभर आंशिक बदली रहने छ। अपरान्ह पछि देशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राती भने लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको तथा अपरान्ह पछि तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको समेत महाशाखाले जानकारी दिएको छ ।
मेघगर्जन,चट्याङ्ग, हावा-हुरीबाट हुन सक्ने क्षति,जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु समेत महाशाखाले आग्रह गरेको छ ।

