मकवानपुर । नेकपा एमाले मकवानपुरले बलियाे र सशक्त संगठन बनाउने भएको छ । पार्टी सुदृढ र विस्तार गरि सबैभन्दा बलियाे र सशक्त संगठन बनाउने नेकपा एमाले, मकवानपुरले निर्णय गरेकाे हो ।
पार्टी केन्द्रीय कमिटीले सञ्चालन गरेकाे २ महिने मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान-२०७९) कार्यान्वयन गर्न बुधबार बसेकाे जिल्ला कमिटीकाे साताैँ पूर्ण बैठकले यस्तो निर्णय गरेकाे हाे ।
बैठकले पार्टी सदस्य नवीकरण तथा विस्तार, पार्टीले टाेल, जनसंगठनहरूकाे वडा, प्रतिष्ठान र विद्यालयसम्म संगठन चुस्तदुरूस्त बनाउने, अवधि पुगेका र निष्कृय कमिटीहरूकाे अधिवेशन गर्ने, जनप्रतिधिहरूलाई जनताकाे काम र दिगाे विकास अभियानकाे लागि प्रभावकारी रूपमा परिचालन गर्ने, सामुदायिक र सामाजिक संघसंस्थाहरूलाई व्यापक जनताकाे पक्ष र सामाजिक रूपान्तरणकाे लागि परिचालन गर्ने निर्णय गरेकाे नेकपा एमाले जिल्ला कमिटीका सचिव नवीन सिग्देलले बताए ।
बैठकले फागुन १५ गतेभित्र पालिका र विशेष ईलाका कमिटीकाे बैठक, फागुन २० गतेभित्र सबै जनसंगठनकाे बैठक तय गर्दै चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई विजयी गराउन जिल्ला कमिटीका उपसचिव तथा जनसंगठन संयन्त्र प्रमुख हिदम लामाकाे संयाेजकत्वमा स्ववियु निर्वाचन परिचालन संयाेजन समिति समेत जिल्लास्तरमा गठन गरेकाे सचिव सिग्देलले जानकारी दिए ।
प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटीका सदस्य तथा बाग्मती ईन्चार्ज काशिनाथ अधिकारीले जनताकाे समस्या समाधानकाे नेता पार्टी बनाउन पार्टीका नीति, विचार र मुद्वालाई बाेक्ने जनतामा पुर्याउने सशक्त पार्टी संगठन निर्माण गर्ने मिसन ग्रासरूटकाे उद्देश्य रहेकाे बताए । अधिकारीले पार्टीभित्र देखापर्ने गलत, वेथिति, अवसरवाद र अराजकताकाे अन्त्य गर्दै विचारले स्पष्ट र निर्णय कार्यान्वयन समयमै गर्नसक्ने पार्टी पंक्ति तयार गर्नु अभियानकाे मूख्य उदेश्य रहेकाे जानकारी ।
यस्तै स्थायी कमिटीका सदस्य अधिकारीले राजनीतिक क्रान्ति पूरा भएपनि सामाजिक, आर्थिक र साँस्कृतिक क्षेत्रमा रूपान्तरण आवश्यक रहेकाेले आज पनि राजनीतिमा त्याग, निष्ठा र समर्पणलाई अनुशरण गर्दै पार्टी र जनताकाे काममा जुट्न बैठकमा निर्देशन दिएका थिय ।
पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठकाे अध्यक्षतामा बसेकाे बैठकमा मकवानपुर जिल्लाका मिसन ग्रासरूट अभियानका केन्द्रीय प्रतिनिधिहरू केन्द्रीय पाेलिटव्यूराे सदस्य देवि ज्ञवाली, केन्द्रीय सदस्यहरू खेम लाेहनी, वालिका गिरी, कमलजंग राई, केन्द्रीय सदस्यहरू जुनेली श्रेष्ठ, भारती पाठक, प्रदेश कमिटी उपसचिव तथा प्रतिनिधिसभा संसद महेश बर्ताैला, राष्ट्रिय सभा संसद रामचन्द्र राईलगायतकाे उपस्थिति रहेकाे थियाे ।

